सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि हुने मतदानको सबै तयारी पूरा भएको जानकारी दिए ।
लहडको भरमा मतदान गर्न हुँदैन । राजनीतिक संस्कार नभएका व्यक्ति संसद अथवा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुनसक्छ । त्यस कारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो ।
२० फागुन, काठमाडौं । निर्वाचनसँग सम्बन्धित ऐनअनुसार निर्वाचनको समयमा कानुनले बर्जित गरेका कार्य गरे दण्डनीय हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आयोग ऐन २०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ मा कसूर र सजाय सम्बन्धी व्यवस्था छ । यी ऐनहरू र निर्वाचन आचारसंहिता विपरीतको कार्य भए/नभएको निर्वाचन आयोग स्वयमले अनुगमन र […]
अहिले मतदान स्थलमा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने काम भइरहेको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन प्रक्रियाअन्तर्गत नै पर्ने मौन अवधिलाई राम्रो व्यवस्थाका रूपमा व्याख्या गरे । ‘यो इलेक्सनको सिस्टमभित्र नै पर्ने कुरा हो,’ उनको भनाइ छ, ‘कतिपयले मौन अवधिलाई खराब पनि भन्छन् । तर, मौन अवधि राम्रो हो ।’
१९ फागुन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू नर्वाचनका दिन २१ फागुनमा नियमित उडान सञ्चालन गर्ने भएका छन् । यसअघि नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गरी चुनावका दिन आन्तरिक उडान नहुने बताएको थियो । सोही अनुसार आन्तरिक वायुसेवा कम्पनीहरूले निर्वाचनका दिन उडान नगर्ने मनस्थितिमा थिए । तर, निर्वाचन आयोग र नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक […]
बिहीबार हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।