काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

सुदूरपश्चिम प्रदेश

Auto Added by WPeMatico

unnamed 1
सुदूरपश्चिम प्रदेश

अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित

कञ्चनपुर । अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् ।

भीमदत्त नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ । उहाँका अनुसार उक्त बिदा गर्मी बिदाबाट कट्टा हुनेछ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आइतबारदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ ।

नगर प्रमुख हेमराज ओझाले अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिइएको बताए ।

यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताए ।

गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताउनु भएको छ । “धेरै विद्यालयका कक्षाकोठामा पङ्खा छैनन्, भएका केही पङ्खा पनि बिग्रिएका छन्, जसले पठनपाठन सञ्चालन गर्न समस्या भएको छ, टिनको छाना भएका कक्षाकोठामा बसी नसक्नु छ”, एक शिक्षकले गुनासो गरे । हाल कञ्चनपुर र कैलाली जिल्लामा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ ।

Adblock test (Why?)

unnamed 1
नेपाली कांग्रेस, मुख्यमन्त्री, राष्ट्रिय समाचार, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मुख्यमन्त्री नै फेर्नुपर्ने पक्षमा उभिएका केही सांसदहरूले सरकारले योजना किनबेच गरेको, बजेटमा एमालेका मन्त्री हाबी भएको, पहुँचका आधारमा मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र बजेट खन्याएको आरोप लगाएका छन् ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम, सुदूरपश्चिम प्रदेश

एमाले सुदूरपश्चिम संसदीय दलमा विवाद : छलफल गर्न सांसदलाई गुण्डु बोलाइयो

२३ वैशाख, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा बढ्दै गएको विवादबारे छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका छन् । ओलीको बोलाहटमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहितका सबै (११ जना) प्रदेश सभा सदस्य काठमाडौं पुगेका छन् । उनीहरुलाई प्रदेश संसदीय दलमा देखिएको विवादबारे छलफल गर्न बुधबार गुण्डु […]
unnamed 1
प्रदेशसभा अधिवेशन, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम : प्रदेश प्रमुख-मुख्यमन्त्री भेट, वैशाख १७ मा प्रदेशसभा अधिवेशन

यस्तै मुख्यमन्त्री शाहले वैशाख १७ गते बिहीबार अपराह्न ४ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन् ।
unnamed 1
कमलबहादुर शाह, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको मुख्यमन्त्रीको प्रस्ताव- प्रदेश र स्थानीय निर्वाचन तत्काल हुनुपर्छ

परिवर्तित अवस्था र परिवेशमा सरकारले काम गर्न जनताको ताजा जनमत र भावना समेट्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
unnamed 1
निर्वाचन समीक्षा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, शेरबहादुर देउवा, सुदूरपश्चिम प्रदेश

देउवाको गृहप्रदेशमा कांग्रेसले गर्ने भनेको निर्वाचन समीक्षा स्थगित

यसअघि कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा ३ वैशाखका लागि तय भएको चुनावी समीक्षा कार्यक्रम पनि स्थगित गरेको थियो ।
unnamed 1
कमलबहादुर शाह, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सन्तुलित बजेट बन्छ, प्रदेशका सबै स्थानीय तहका योजना समेटिन्छन् : मुख्यमन्त्री शाह

यस्तै मुख्यमन्त्री शाहले २५ लाख भन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने पनि बताए ।
unnamed 1
प्रमुख समाचार (Home), शिवराज भट्ट, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको वन मन्त्रीमा कांग्रेसका भट्ट नियुक्त, आजै शपथ

आर्थिक विवादमा परेपछि तत्कालीन वनमन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।
unnamed 1
प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवबारे केन्द्र सरकारको निर्देशनपछि निर्णय लिने

१९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवको ६ महिनाको तलब निकासा गर्दै तत्काललाई निरन्तरता नदिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ असोजमा संघीय सरकारको निर्देशनमा रोकिएको स्वकीय सचिवहरुको पारिश्रमिक निकासा गर्ने निर्णय गरेको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती योजना अन्तरगत मन्त्री तथा सांसदहरुले […]
unnamed 1
पेट्रोलियम पदार्थ, मेन स्टोरी, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्तिबारे मुख्यमन्त्रीको चासो

मुख्यमन्त्री शाहले बुधबार प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका प्रशासन एवं आपूर्तिसँग सम्बन्धित क्षेत्रका सरोकारसँग बैठक बसेर आपूर्ति प्रणालीको अवस्थाबारे चासो व्यक्त गरेका छन् ।
Scroll to Top