उनीहरूसँग गरिएको सम्झौतापत्रमा मासिक ३ सय अमेरिकी डलर तलब पाउने, दैनिक ८ घण्टा काम गर्नुपर्ने र सातामा ६ दिन काम हुने भनिएको छ । तर, उनीहरूले पाएका छैनन् ।
अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
नेपाली उपभोक्ता यतिबेला दोहोरो मारमा छन् । एकातिर अन्तर्राष्ट्रिय कारणले हुने लागत वृद्धि छ भने अर्कातिर आन्तरिक बजारमा व्याप्त बिचौलियाको सेटिङ र कृत्रिम महँगी छ ।
सरकारले सुशासनका कुरा गरिरहँदा वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने र स्वदेशमै अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा नराखेसम्म नागरिकमा वास्तविक परिवर्तनको महसुस नहुने श्रम विज्ञहरूको भनाइ छ ।
अनुभवी र विशेषज्ञ आरोहीहरू (आइसफल डाक्टर) को टोली यसपालि वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने रुटमा डोरी र भर्याङ टाँग्न अप्रिल पहिलो साता आधार शिविर पुगेका थिए ।
१५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । यसअघि वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए । बोर्ड अध्यक्षमा आवेदन दिन चाहनेले ७ दिनभित्र […]
विगतमा राम्रा कामलाई जस दिन कन्जुस्याइँ नगरेका वाग्लेले नेपाली अर्थतन्त्रको मुख्य चुनौती स्रोत अभावमात्र नभई अवधारणागत अस्पष्टता, संस्थागत कमजोरी र फितलो कार्यान्वयन रहेको उल्लेख गरे ।