काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

फिचर (Home Main)

Auto Added by WPeMatico

mahalekha parikshak ko office
अर्थनीति, अर्थमन्त्री, असारे बजेट खर्च, प्रवृत्ति, फिचर (Home Main), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, विशेष

दुई विज्ञ अर्थमन्त्रीको जोडबलमा पनि टरेन ‘असारे बजेट खर्च’ प्रवृत्ति



२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संयोगवश तीन अर्थमन्त्रीले कार्यान्वयन गर्ने मौका पाए ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट भदौ २०८२ पछि अर्थविद् रामेश्वर खनालले कार्यान्वयन गरे । चैत २०८२ देखि भने अर्थविद् डा. स्वर्णिम वाग्लेले सोही बजेट कार्यान्वयन गरिरहेका छन् ।

दुई विज्ञ अर्थमन्त्रीले असारमा केन्द्रित खर्च प्रवृत्ति हटाउन नीतिगत तथा व्यावहारिक पहल समेत गरेका छन् । त्यति हुँदाहुँदै असारे खर्च पुन: स्थापित भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आव जेठ मसान्तसम्म १३ खर्ब ४६ अर्ब रुपैयाँमात्र रहेको बजेट खर्च २३ असारसम्म १५ खर्ब १४ अर्ब नाघिसकेको छ । अर्थात्, यस अवधिमा १ खर्ब ६८ अर्ब २२ करोड खर्च भइसकेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष सकिनु कम्तीमा सात दिनअघि नै भुक्तानी दिई निकासा र खर्च अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने प्रावधान छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार यस वर्ष बिहीबार राति १२ बजेदेखि निकासा बन्द हुनेछ । सोहीकारण अहिले अन्तिम केही घण्टामा सरकारी प्रणालीमा भुक्तानीको अत्यधिक चाप छ ।

महालेखाका अनुसार पछिल्लो दुई दिन (सोमबार र मंगलबार) मात्र सरकारले ४० अर्ब ३२ करोड भुक्तानी गरिसकेको छ । यसले सरकारको असारे भुक्तानी यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै स्थापित हुन पुगेको छ ।

नेपालमा असारे खर्च र हतारहतारमा गरिने विकासको यो प्रवृत्ति हालै मौलाएको भने होइन । महालेखाका अनुसार आव २०८१/८२ मा असार महिनामा मात्र कुल पूँजीगत बजेट खर्चको ३१.१८ प्रतिशत खर्च भएको थियो । त्यसमध्ये ५४ प्रतिशत पूँजीगत खर्च चौथो त्रैमासमा भएको थियो ।

सोही आव पहिलो त्रैमासमा १३, दोस्रोमा १२ र तेस्रो त्रैमासमा २१ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । यस्तै प्रवृत्ति चालु आवसमेत देखिएको छ ।

महालेखाका अनुसार मंगलबारसम्म कुल विनियोजनको ३८.३५ प्रतिशतमात्र पूँजीगत बजेट खर्च भएको छ । आइतबारसम्म १ खर्ब ४९ अर्ब २९ करोड बराबर रहेको पूँजीगत बजेट खर्च तीन दिनमा ७ अर्ब १३ करोडले मात्र बढेर १ खर्ब ५६ अर्ब पुगेको छ ।

महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन विश्लेषण अनुसार स्रोत उपलब्धता र खर्च गर्न सक्ने क्षमता दृष्टिगत गरी बजेट तर्जुमा यथार्थपरक बनाउन नसक्दा सरकारले समयमै बजेट खर्च गर्न नसकेको हो । यसका लागि आर्थिक वर्षको बीचमा गरिने सुधारले समेत काम गर्न नसकेको अवस्था छ ।

नीतिगत सुधार प्रभाव व्यवहारमा न्यून

सरकारले विकास निर्माणमा वर्षान्तमा हुने भुक्तानीलाई गति दिन र अन्तर मन्त्रालय प्रक्रिया घटाएर बजेट खर्च बढाउन यस वर्ष आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन गरेको थियो । सोही नियमावलीमा भएको संशोधनले पूँजीगत बजेट रकमान्तरका लागि अर्थ मन्त्रालय धाइरहनु नपर्ने र सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृत (सम्बन्धित मन्त्रालयका सचिव वा निकाय प्रमुख)लाई दिने गरी अधिकार प्रत्यायोजन गरेको थियो ।

यसले रकमान्तरका फाइल अर्थ मन्त्रालयमा थुप्रिने प्रवृत्ति हट्दै भुक्तानीले गति लिने अपेक्षा अर्थ मन्त्रालयको थियो । तर, यो नीतिगत सहजीकरण प्रभाव तथ्यांकमा भने देखिएको छैन ।

सार्वजनिक खर्चले गति नलिनुमा के छ अर्थको विश्लेषण ?

चालु आवको बजेटको अर्धवार्षिक समीक्षामा अर्थ मन्त्रालयले सार्वजनिक खर्च अपेक्षाकृत हुन नसक्नुका कारण खोतल्ने प्रयास गरेको थियो ।

मन्त्रालयका अनुसार वार्षिक बजेट तर्जुमा गर्दा पूर्वतयारी सम्पन्न भएका आयोजनामा न्यून बजेट विनियोजन गरी नयाँ आयोजनालाई प्राथमिकता दिने प्रवृत्ति छ । यसले वर्षान्तमा आफूखुसी रकमान्तरको जोखिम निम्त्याउँछ ।

अर्कातर्फ, आयोजना स्थलको जग्गा प्राप्ति, मुआब्जा निर्धारण र वितरण, वन क्षेत्र उपयोग, क्षतिपूर्ति लगायत प्रक्रिया पूरा नभएका आयोजनामा समेत पर्याप्त बजेट राखिएको थियो ।

चालु आव २३ र २४ भदौको आन्दोलनका कारण १ हजार ६ सय ९३ सरकारी कार्यालयका २ हजार १ सय ३४ भवनमा क्षति पुगेको थियो । सोही क्रममा अभिलेखमा समेत क्षति पुगेको थियो ।

यसले विकास निर्माण र भुक्तानीका कतिपय प्रक्रिया पछाडि धकेलेको छ । विस्तृत आयोजना प्रतिवेदन, आयोजना निर्माण मोडालिटी, कुल लागत र आयोजनाका आर्थिक, सामाजिक, वित्तीय तथा प्राविधिक, वस्तुगत विश्लेषण एवं मूल्यांकन गरी बजेट प्रस्ताव गर्न नसक्दा बजेट कार्यान्वयन कार्ययोजना परिपालना हुन नसकेको अर्थ मन्त्रालयको विशलेषण छ ।

स्रोत सहमति भएका आयोजनामा न्यून बजेट प्रस्ताव गर्ने र प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजना संख्या बढाउँदै जाँदा सिर्जित दायित्व भुक्तानीमा समस्या आएको छ ।

यसले अधुरा आयोजना संख्या बढ्ने र खर्च व्यवस्थापनमा समेत कठिनाइ आउने गरेको छ । चालु आवको बजेटमा १६ जेठदेखि नै  आयोजना कार्यान्वयन गर्न सक्ने प्रावधान राखिएको थियो ।

तर, सोही मितिदेखि नै आयोजना कार्यान्वयन क्रियाकलाप लगायत काम प्राथमिकतामा राखी कार्यान्वयन भने गरिएन । नयाँ आयोजना तथा कार्यक्रमका लागि अबन्डामा राखेको रकम समयमा बाँडफाँट हुन नसक्दा समेत आयोजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको अर्थ मन्त्रालयको विश्लेषण छ ।

के छ आगामी वर्षको तयारी ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष पूँजीगत खर्च लक्ष्य अनुसार हुने, पुस मसान्तमा बजेट आकार संशोधन गर्नु नपर्ने र सार्वजनिक खर्चका बेथिति हटाउने प्रतिबद्धता पटक–पटक व्यक्त गरेका छन् । उनले यसका लागि बजेटमा सुधारका केही सूत्र प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री वाग्लेका अनुसार खरिद प्रक्रियामा सुधार योजना छ । रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता नीति आगामी आवमा समेत निरन्तर रहने छ । वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिसन मोडमा काम गराउने सरकारको योजना छ । चालु आवभित्र विकास आयोजना सम्बन्धी सनसेट कानुन संसद्मा पेस हुने घोषणा गरिएको छ ।

मोबिलाइजेसन पेश्की रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ व्यवस्था मिलाउने बजेटको घोषणा छ । हाइब्रिड एनयूटी मोडेलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन तीन महिनाभित्र बनाउने भनिएको छ ।

पश्चिम एसियाको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइ सम्बोधनको घोषणा बजेटले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ३ असारमा बसेको सचिव बैठकले आगामी आवको बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लागत अनुमान र बोलपत्र आह्वान लगायत तयारीका काम असार मसान्त भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ ।




लेखक

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


swarnim wagle 1 2
अर्थतन्त्र, अर्थनीति, छुटाउनुभयो कि?, डिपार्चर, फिचर (Home Main), बजेट, बिजनेस विशेष, राजनीतिक हैसियत, विजनेश होम, विजनेश-फिचर, विशेष

राजनीतिक हैसियत अनुसार ‘डिपार्चर’ भुलेको बजेट



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेका छन् ।
  • बजेट मार्फत आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन र सिप प्रवर्द्धनसहित ५ वटा नयाँ शुल्क थप गरिएको छ ।

१५ जेठ, काठमाडौं । इतिहासकै सबैभन्दा बलियो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो ‘डिपार्चर’ हुने अपेक्षा धेरैको थियो । तर, तपाईंले सडक वा यातायातमा कुनै रूपान्तरणकारी परियोजना देख्नुभयो ? अहँ, देख्नुभएन । बरु गत वर्षभन्दा बजेट नै घट्यो । जलविद्युत् वा सिँचाइमा त्यस्तो कुनै ठूलो परियोजना देख्नुभयो ? त्यो पनि देख्नुएन ।

शिक्षाले देशको भविष्य निर्माण गर्छ । शिक्षामा त्यस्तो रूपान्तरणकारी कुनै योजना आयो ? आएन । शिक्षामा बजेटको अनुपात घट्यो । शिक्षामा २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने मान्यता छ । तर, बजेट जम्मा १० प्रतिशत मात्रै विनियोजन भएको छ ।

सरकारले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने भनेको छ । अर्थात्, हरेक वर्ष ३ लाख रोजगारी । रोजगारी सिर्जना हुन ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुनुपर्छ । तर, वैदेशिक लगानी ल्याउनका लागि कुनै आकर्षक योजना सुन्नुभयो ? त्यो पनि सुन्नुभएन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफूले रूपान्तरणकारी बजेट ल्याउने भनेर पटक–पटक भन्ने गर्थे । जेनजी आन्दोलनको बलमा भएको चुनावले लगगभ प्रचण्ड बहुमत दिएको यो सरकारलाई साँच्चै डिपार्चर गर्ने सुविधा पनि थियो । तर, अर्थमन्त्री वाग्लेले डिपार्चरको त्यो अवसर गुमाएका छन् ।

अर्थमन्त्री वाग्लेले यो बजेटमा परिवर्तन सुरुदेखि नै गरेका छन् । त्यो हो– बजेट लेखनको परम्परागत शैली छाडेर नयाँ शैली अपनाउनु । उद्यम–व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्र गतिशील बनाउन भन्दै उनले करका दरमा बृहत पुनरावलोकन गरेको घोषणा गरेका छन् ।

उनले व्यक्तिगत आयकर छुटको सीमा १० पुर्‍याउने तथा अधिकतम दर ३९ बाट २९ प्रतिशतमा झार्ने घोषणा गरेका छन् । २ सय ७३ प्रकारका कच्चापदार्थको भन्सार घटाएको, ११ तहको भन्सार सात तहमा ल्याएको, ३ सय ६० वस्तुमा अन्त:शुल्क खारेज गरेको जस्ता आकर्षक विषय वक्तव्यमा उल्लेख छ ।

तर, करसम्बन्धी कानुनी व्यवस्था गर्ने आर्थिक विधेयक हेर्‍यो भने त्यहाँ कर सुधार होइन, प्रतिगामी कर नीति लागु गरिएको छ ।

नेपालले २०५४ सालमा अनेक नाममा रंगीचंगी कर खारेज गरेर एकल बिक्री करका रूपमा भ्याट सुरु गरेको थियो । तर, यो बजेटले मिठा नाम राखेर फेरि नयाँ पाँच रंगीन कर थपेको छ ।

ती हुन्– आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन शुल्क, सिप प्रवर्द्धन शुल्क, स्वच्छ पूर्वाधार शुल्क, शिक्षा समता शुल्क र स्वास्थ्य प्रवर्द्धन शुल्क ।

२ सय ६० वस्तुमा अन्त:शुल्क खारेज गरेको घोषणा गर्ने अनि अन्त:शुल्क जस्तै नयाँ पाँच कर नै प्रतिपादन गर्ने अचम्मको सुधार  वाग्लेले गरेका छन् ।

एकातिर बजेट वक्तव्यमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दोहोरो दर लगाउने बारे अध्ययन गर्ने भन्ने घोषणा गर्ने, अर्कातिर आर्थिक विधेयकबाट बिजुली र राइड सेयरिङमा दोहोरो भ्याट लागु नै गरेर सरासर झुट कुरा गरेका छन् ।

‘बजेटले मध्यम वर्गलाई राहत दिने भन्यो तर प्रत्यक्ष करमा छुट दिएर अप्रत्यक्ष कर भने अत्यधिक वृद्धि गरेको छ,’ एक करविज्ञले अनलाइनखबरसँग भने, ‘यसरी प्रत्यक्ष कर घटाएर अप्रत्यक्ष कर बढाउनु भनेको निम्न वर्गका जनताको छातीमा लात हान्ने कदम हो ।’

यसरी प्रत्यक्षबाट अप्रत्यक्ष करतर्फ जाँदा त्यसले करदातालाई न्याय नगर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले ६० वटा सरकारी संरचना खारेज, हस्तान्तरण वा पुनर्संरचना गरेर सरकारलाई चुस्त बनाउने घोषणा गरेका छन् । यो सकारात्म कुरा हो । तर, यसबाट बचाएको पैसा उनले बढाएको बजेटको आकार धान्न पर्याप्त हुने खालको देखिँदैन ।

लगानी प्रवर्द्धन गर्न भनेर घोषणा गरिएका कार्यक्रम कुनै पनि नयाँ छैनन् । त्यसमा विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था वा बहुराष्ट्रिय कम्पनीको शाखा वा आवास प्रयोजनका लागि कुनै अपार्टमेन्टको २५ प्रतिशतसम्म लिजमा लिन पाइने व्यवस्था चाहिँ नयाँ हो ।

दोस्रो चरणको आर्थिक सुधारको एजेन्डा बोकेका अर्थमन्त्री वाग्ले राष्ट्रिय वाणिज्य बैंकबाट सरकारी लगानी विनिवेशको कुरा गर्दैनन्, बरु सरकारले नै लगानी थप गर्ने कुरा गर्छन् । अर्कातिर, नेपाल आवास विकास कम्पनी मार्फत घरजग्गा विकासको काम पनि सरकारले नै गर्ने कुरा गर्छन् ।

नेपाल टेलिकममा ६६ प्रतिशत मात्रै सरकारी स्वामित्व कायम राखी बाँकी सेयर बेच्दाको आम्दानी नेपाललाई टेकहब बनाउन लगानी गर्ने आकर्षक योजना वाग्लेले ल्याएका छन् । तर, टेलिकम कम्पनी आफैं अस्तित्वको संकटमा रहेकाले यो योजना आफैंमा आकर्षक चाहिँ होइन ।

वर्षमान पुनले गण्डकी त्रिभुज भनेजस्तै  वाग्लेले मध्य–मधेस चतुर्भुज, गण्डकी चतुर्भुज र कर्णाली चतुर्भुज जस्ता योजना घोषणा गरेका छन् । सुन्दा आकर्षक लाग्ने यी योजनाको चारै दिशामध्ये कतैबाट पनि अध्ययन विश्लेषण, डीपीआर, ईआईए भएको छैन । विगतमा गण्डकी त्रिभुज जसरी खरानी जसरी हरायो, यी चतुर्भुज योजना पनि त्यसैगरी हराउने जोखिम उत्तिकै छ ।

लगानी आकर्षण गर्न लगानी एक्स्प्रेस नामको घोषणा गरिएको छ । तर, नेपाललाई लगानीकर्ताको सुरक्षा र लगानीको प्रतिफलका हिसाबले कसरी सुरक्षित मुलुक बनाउन सकिन्छ भन्नेमा भने उनले कुनै योजना घोषणा गरेका छैनन् ।

खासगरी आईटी, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम आकर्षक देखिन्छन् । ठूलो आकारको डेटा सेन्टर बनाउनेदेखि नेपालका आइटी उत्पादन विदेश निर्यात गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएका छन् । तर, त्यसका लागि आवश्यक जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी गर्ने कुनै योजना छैन ।

भौतिक पूर्वाधारका क्षेत्रमा चाहे सडक होस्, चाहे पुल, चाहे विद्युत् होस्, चाहे सिँचाइ कुनै पनि क्षेत्रमा न बजेट विनियोजन बढाइएको छ, न कुनै रूपान्तरणकारी योजना नै घोषणा गरिएको छ ।

सबै पुराना आयोजनालाई निरन्तरता दिइएको छ । कतिसम्म भने विगतकै सरकारहरूले घोषणा गरेका काठमाडौं जस्ता ठूला सहरमा मेट्रो रेल चलाउनका लागि अध्ययन गर्नेसम्म बजेटले भनेको छैन ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कषि, विद्युत्, सिँचाइ लगायत सबैजसो क्षेत्रमा बजेट घटाइएको छ । समग्रमा बजेटको आकार बढाएर २१ खर्ब २४ अर्ब पुर्‍याइएको छ । तर, त्यसरी बढेको रकम विकास निर्माणका लागि होइन, प्रशासनिक खर्च र ऋणको सावाँब्याज भुक्तानीका लागि हो ।

चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ६० अर्ब बजेटको आकार बढेको छ । तर, पूँजीगत बजेट जम्मा २४ अर्ब मात्रै बढेको छ । बाँकी चालु र वित्तीय व्यवस्था शीर्षकमा बढेको छ ।

सरकारकै स्रोत समितिले प्रदान गरेको बजेट सीमाभन्दा करिब अढाइ खर्ब ठूलो बजेट कार्यान्वयनका लागि अनुमान गरेको स्रोत पनि भरपर्दो छैन । हुन त सरकारले गत आवको अनुमानको तुलनामा राजस्वको लक्ष्य घटाएर १४ खर्ब ५ अर्बको मात्रै लक्ष्य राखेको छ ।

तर, विगत सात–आठ वर्षको प्रवृत्ति हेर्दा यो लक्ष्य पनि हासिल हुन सक्ने देखिँदैन । ‘सरकारले आयकरमा छुट दिने, अन्त:शुल्क लाग्ने वस्तुको सूची घटाउने लगायत कुरा गरेको छ तर राजस्व बढाउने कुनै उपाय लगाएको छैन, यस्तो अवस्थामा राजस्व बढ्दैन,’ एक चार्टर्ड एकाउन्टेन्टले भने ।

अर्कातिर, विदेशी अनुदान र ऋण पनि अनुमान अनुसार उठ्ने गरेको छैन । वैदेशिक ऋण नै लक्ष्यको करिब ५२ प्रतिशत मात्रै उठ्ने गरेको प्रवृत्ति छ ।

यस्तो अवस्थामा आन्तरिक ऋणबाहेक स्रोत भरपर्दा देखिँदैनन् । ‘सरकारले व्यवहारवादी भएर बजेट निर्माण गर्नुपर्छ भनेर १८ खर्ब ९० अर्बको सीमा निर्धारण गरेका थियौं,’ योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्, ‘चुनावपछि नयाँ जनादेशका साथ आएको सरकारले त्यसभन्दा ठूलो बजेट ल्याएको छ, जनताको अपेक्षा पूरा गर्न उहाँहरूले त्यसो गर्नुभएको होला तर एक वर्षपछि समीक्षा गर्दा अहिलेकै जस्तो नियति नदोहोरियोस् भन्न चाहन्छु ।’

अहिले वित्तीय क्षेत्रमा ठूलो मात्रामा तरलता थुप्रिएको हुँदा सरकारले ऋण उठाउँदैमा त्यसले निजी क्षेत्रलाई ठूलो असर भने परिनहाल्ने उनको भनाइ छ । यद्यपि, सरकारको ठूलो बजेट कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उनी बताउँछन् ।

अर्कातिर, सरकारले अत्यधिक ऋण उठाएर चालु खर्च गर्दा त्यसले अर्थतन्त्रलाई नै अप्ठ्यारोमा पार्न सक्ने पनि विश्लेषक बताउँछन् ।

सरकारले कर्मचारीको तलब बढाउँदा पनि बजेटको आकार बढेको बुझ्न सकिन्छ । ‘चार वर्षदेखि नबढेको सरकारी कर्मचारीको तलब बढाउनुलाई नकारात्मक भन्न मिलेन, यद्यपि एकातिर सरकारी कर्मचारीको तलब बढाउने, अर्कातिर व्यक्तिगत आयकरको सीमामा व्यापक फेरबदल गर्ने गर्दा मानिसको हातमा धेरै पैसा पुग्ने देखिन्छ,’ एक आर्थिक विश्लेषकले भने, ‘यसले मूल्यवृद्धि त बढाउने छ नै, आफ्नो उत्पादन नभएका कारण आयात पनि बढाउँछ ।’

सरकारले आगामी आव ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । त्यो हासिल हुनका लागि पनि लगानी विस्तार हुन आवश्यक छ । एकातिर सरकारको खर्च गर्न सक्ने क्षमता कमजोर छ, अर्कातिर निजी लगानी पनि प्रोत्साहित गरिएको छैन । त्यसो हुँदा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने सम्भावना पनि कम छ ।

२३ र २४ भदौको आन्दोलन र २१ फागुनको निर्वाचनले दिएको सबैभन्दा बलियो सन्देश भनेको विकास र सुशासन हो । त्यो आन्दोलनको भावनालाई नै चाहिँ यो बजेटले समेट्यो कि समेटेन त ?

युवा अर्थशास्त्री ऊर्जा सिंह थापा भन्छिन्, ‘युवाले माग गरेको अनुरूप सुशासनको एजेन्डालाई बजेटले समेटेको छ, सुशासन कायम गर्ने दिशामा बजेटका प्रतिबद्धता सकारात्मक छन्,’ उनी भन्छिन्, ‘दोस्रो, यहाँ नै काम पाउने र जीवन निर्वाह हुने तलब पनि पाउने वातावरण युवाले खोजेका हुन्, लगानी वृद्धि तथा स्टार्टअप प्रवर्द्धन गर्ने बजेटमा रहेका कार्यक्रमले रोजगारी सिर्जनामा योगदान गर्न सक्छ ।’

अर्थमन्त्री वाग्लेले भने जस्तै यो बजेट रूपान्तरणकारी हो कि होइन त ? ‘यो बजेटले पुरानै कार्यक्रम दोहोर्‍याएको छ, केही नयाँ कार्यक्रम पनि छन्, यही बजेट पनि कार्यान्वयनमा गयो भने रूपान्तरण हुन्छ,’ अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्, ‘तर, रूपान्तरण भयो कि भनेर अर्को वर्षको जेठ १५ गते भन्न सकिन्छ ।’

सीए सुदर्शनराज पाण्डे पनि यो बजेटमा आएका कार्यक्रम राम्रै भए रूपान्तरणकारी हुने–नहुनेबारे कार्यान्वयन हेर्नुपर्ने बताउँछन् । ‘यो रूपान्तरणकारी हुने–नहुने भन्ने विषय पुस ३० मै देख्न पाउँछौं,’ पाण्डे भन्छन् ।

युवा अर्थशास्त्री थापा भने यो बजेट कार्यान्वयन गर्न सकियो भने दीर्घकालीन रूपमा यो बजेटले योगदान गर्ने बताउँछिन् ।




लेखक

जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


swarnim wagle 1 1
अर्थनीति, ऋण भुक्तानी, फिचर (Home Main), बजेट, बिजनेस विशेष, विकास बजेट, विजनेश होम, विजनेश-फिचर, विशेष, साधारण खर्च, स्रोत दबाब

स्रोत दबाबले विकास बजेट स्थिर, साधारण खर्च र ऋण भुक्तानी चाप



News Summary

Generated by OK AI. Editorially reviewed.

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरे ।
  • सरकारले आगामी आर्थिक वर्षको कुल बजेटमध्ये पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
  • बजेटमा प्रशासनिक खर्च कटौतीका लागि ३१ वटा बोझिला सरकारी निकाय खारेज गर्ने घोषणा गरिएको छ ।

१५ जेठ, काठमाडौं । कुल बजेटमा पूँजीगत खर्चको हिस्सा घटाउँदै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

सरकारले चालु आव २०८२/८३ को संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले आकार बढाएर बजेट ल्याएको छ । तर, आकार त्यसरी तन्काउँदा पनि पूँजीगत बजेटको हिस्सा भने बढ्न सकेन ।

आगामी आव पूँजीगत खर्चका लागि कुल बजेटको २०.३ प्रतिशत अर्थात् ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आवको बजेटमा पूँजीगत बजेटको हिस्सा २०.८ प्रतिशत थियो । सरकारले बजेटमा आकर्षक सुधारका कार्यक्रम समेटेको छ । तर, त्यसले पनि बजेटको संरचनागत समस्या भने यस पटक पनि सुधार नहुने स्पष्ट देखिएको छ ।

किनकि, सरकारले आफ्नो कुल स्रोतको ७९.७ प्रतिशत बजेट साधारण प्रकृतिको खर्च र ऋण भुक्तानीमा खर्च गनुपर्ने भएको छ । सोहीकारण विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटको आकारलाई लिएर विज्ञ र जानकारहरू सन्तुष्ट छैनन् ।

अर्थविद् प्रा. डा. रेशम थापा ठूलो मात्रामा आन्तरिक ऋण लिएर बजेटको आकार बढाउने प्रवृत्ति दीर्घकालीन रूपमा सही नहुने टिप्पणी गर्छन् ।

विज्ञहरूका अनुसार राज्यको खर्च सामान्यतया अनुत्पादक हुन्छ । त्यसमाथि निजी क्षेत्रले परिचालन गर्ने रकमलाई आन्तरिक ऋणका रूपमा सरकारले खिच्दा त्यसले अर्थतन्त्रलाई फाइदा भने गर्दैन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष १२ खर्ब ७० अर्ब रुपैयाँ बराबर चालु खर्च हुने अनुमान गरेका छन् । जुन चालु आवको तुलनामा ९० अर्ब धेरै हो । यस वर्ष कुल बजेटको ५९.८ प्रतिशत बजेट सरकारले चालु प्रकृतिको बजेटमा विनियोजन गरेको छ ।

यस वर्ष सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । केही सामाजिक भत्ता दोब्बर गरेको सरकारले सामाजिक सुरक्षाको बढ्दो खर्च कटौतीमा भने कैँची चलाउने आँट गरेन ।

पूर्वअर्थमन्त्री डा. प्रकाशरण महत राजस्व लक्ष्य र वैदेशिक ऋण प्राप्तिको लक्ष्य व्यावहारिक नभएको बताउँछन् । कर्मचारीको तलब वृद्धि र क्षेत्रगत सुधारका प्रयास सकारात्मक भए पनि खर्च गर्ने क्षमता र स्रोत व्यवस्थापनमा ठूलो चुनौती रहेको उनको प्रतिक्रिया छ ।

यस पटक सरकारले ६ खर्बमाथिको घाटा बजेट ल्याएको छ । आकर्षक कार्यक्रम र नाराले त्यस्तो चुनौती छायामा पारे पनि कार्यान्वयनमा समस्या देखिने उनको भनाइ छ । उनी भन्छन्, ‘राजस्व जुटाउन पनि गाह्रो हुन्छ र खर्च गर्ने क्षमता पनि जतिसुकै हामी सुधार गर्छौं, अब हामी दुई तिहाइको सरकार हो, हामी सक्छौं भने पनि त्यो सम्भव छैन ।’

सरकारले आगामी आव २१ खर्ब २४ अर्बको बजेटका लागि राजस्वबाट १४ खर्ब ५ अर्बमात्र स्रोत जुट्ने अनुमान गरेको छ । वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड अनुमान गरिएको छ । चालु आव सरकारले ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान अनुमान गरेको थियो ।

सोही अनुमानलाई अर्थमन्त्री स्वयंले असम्भव भन्दै आलोचना गरेका थिए । आगामी वर्ष सरकारले आन्तरिक ऋण ४ खर्ब १० अर्ब र वाह्य ऋण २ खर्ब ४७ अर्ब परिचालन लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आव २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबर सीमा तोकेको थियो । अर्थविद् तथा राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ बजेट यथार्थ बनाउनुपर्छ र कार्यान्वयनयोग्य बनाउनुपर्छ भन्ने मान्यता सहित सीमा दिइएको बताउँछन् ।

तर नयाँ सरकार, नयाँ म्यान्डेट र नयाँ वाचापत्र सहित आएको सरकारले आकार बढाएर ल्याएको उनी बताउँछन् । यो बजेट खर्च गर्न सक्ने हो भने असम्भव भने नहुने उनको विश्लेषण छ ।

उनी भन्छन्, ‘हिजो जस्तै बजेट ल्याउने बेला विस्तारकारी ल्याउने र कार्यान्वयन गर्न नसकेर मध्यावधि मूल्यांकन गर्दा १८ खर्बमै झार्ने स्थिति नआओस ।’

सुधार प्रयासले आशावादी बजेट

सरकारले यस पटक सुधारलाई प्राथमिकता दिएको छ । पूर्वअर्थमन्त्री रामेश्वर खनाल बजेटमा टिप्पणी गर्दै एक वाक्यमा लेख्छन्, ‘बजेटमा सुधारका कार्यक्रम मुख्य विशेषताका रूपमा देखिएका छन् ।’

उनले भने जस्तै अर्थमन्त्री वाग्लेले यसपालि सुधारका योजनामा बढी मिहिनेत गरेका छन् । मध्यम वर्ग विस्तार गर्ने वाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आयकरको तल्लो सीमा हटाएर बहुसंख्यक व्यक्तिलाई लाभ दिने प्रयास गरेको छ । कर्मचारीको पारिश्रमिक वृद्धिलाई समेत विज्ञहरू सकारात्मक कदम मान्छन् ।

सरकारले औद्योगिक कच्चापदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह हुने गरी भन्सार दर घटाएको छ । यसले २ सय ७३ वस्तुको भन्सार दर घट्ने छ । ३ सय ६० वस्तुमा लाग्ने गरेको अन्त:शुल्क खारेज गरिएको छ ।

सरकारले भन्सार बिन्दुमा संकलन हुने विभिन्न नामका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छ । पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको छ । मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने घोषणा सरकारले गरेको छ ।

कर परिपालनलाई दण्ड नभई विकासको सहयात्री बनाउने घोषणा गर्दै अर्थमन्त्रीले कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरुपण गरी व्यावसायिक वातावरण बनाउने बताएका छन् ।

बोझिलो संगठन संरचना खारेज गरी चुस्त बनाउने घोषणा गरिएको छ । यसबीच ३१ निकाय खारेज गरिने भएको छ । ६ मर्जर, ६ हस्तान्तरण र १८ निकायको पुनर्संरचना गरिने घोषणा बजेटमा गरिएको छ ।

सरकारले लागत न्यूनीकरण र दक्षता अभिवृद्धिमा संस्थागत सुधार गर्ने भनेको छ । लगानी प्रवर्द्धन, आर्थिक सुधार, सहज सेवा प्रवाहको समुचित नीतिगत कानुनी प्रबन्ध गर्ने भन्दै अर्थमन्त्रीले विभिन्न कानुन सुधारको घोषणा गरेका छन् । कार्यगत सुधारमा सुधार गरी पूँजीगत खर्चको गति र लय फेर्ने उनको प्रतिबद्धता छ ।

उद्यमी अम्बिकाप्रसाद पौडेल विनियोजन भएको पूँजीगत खर्च पूरै खर्च हुने व्यवस्थामा अर्थमन्त्रीले पहल गर्नुपर्ने बताउँछन् । विगतमा समेत बजेट सुनेर धेरै पटक खुसी भएको प्रसङ्ग उल्लेख गर्दै पौडेलले लेखेका छन्, ‘अहिले त्योभन्दा बढी मनैबाट खुसी छु तर, मात्र एउटा चाहना अर्थमन्त्रीज्यूले पूँजीगत खर्च पूरै हुने व्यवस्थामा पहल गरिदिनुहोला, कर कानुन कार्यान्वयन गर्दा कँहीँ कतै दोहोरो अर्थ लाग्ने अनि दुबिधा भएका सबै विषयको निराकरण गरी विगतमा अर्थको कुल बेरुजुमा ७० प्रतिशत घटाएर हजुरको पालामा ७ प्रतिशत कायम गर्नुहोला ।’

पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले ६ खर्ब ५७ अर्ब ऋण थपेर ल्याइएको बजेटमा ४ खर्ब ३१ अर्बमात्र पूँजीगत खर्च छुट्याइएको भन्दै प्रतिक्रिया दिएका छन् ।

सार्वजनिक ऋण २२.४१ प्रतिशतले बढाइएको भन्दै उनी उत्पादन, रोजगारी र व्यापार घाटा घटाउने विषयमा बजेट असाध्यै कमजोर रहेको बताउँछन् ।

२२ प्रतिशत ठूलो आकारको बजेट सुन्नमा महत्त्वाकांक्षी रहेको र कार्यान्वयन क्षमताको धरातल हेर्दा धेरै प्रश्न उठ्ने उनको प्रतिक्रिया छ ।




लेखक

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, छुटाउनुभयो कि?, नेकपा एमाले, फिचर (Home Main), भीआईपी, राष्ट्रिय समाचार, सिफारिस

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

भीआईपीहरूले विदेशमा गरेको उपचारखर्च कानून विपरीत भुक्तानी भएको विषयमा उजुरी परेपछि एमालेले राज्यकोषमा रकम फिर्ता गरेको हो ।
unnamed 1
डाेलप्रसाद अर्याल, प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीको खोजी, फिचर (Home Main), बालेन शाह, राष्ट्रिय समाचार, संसद् अवरोध

प्रधानमन्त्रीको खोजीमा खर्च भइरहेको छ संसद्को ऊर्जा

प्रतिनिधिसभाको यो अधिवेशनमा हालसम्म ८ वटा बैठक बसे । राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्दा गर्दै बैठक छाडेर हिँडेपछि निरन्तर विपक्षीले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरिरहेका छन् । तर प्रधानमन्त्री संसद्‌मा जान मानेका छैनन् । त्यसको विरोधमा संसद्को महत्त्वपूर्ण ऊर्जा खर्च भइरहेको छ ।
unnamed 1
अस्पताल, उपचार, कीर्तिपुर अस्पताल, छुटाउनुभयो कि?, जलन, जलन उपचार, फिचर (Home Main), राष्ट्रिय समाचार

 जलनका बिरामी पानी नपाएरै मर्छन्, छैनन् पर्याप्त विशेषज्ञ डाक्टर

जलनमा पर्ने अधिकांश बिरामी दूरदराज क्षेत्रका र आर्थिक रूपमा कमजोर परिवारका हुन्छन्। उपचारमा ढिलाइ, प्राथमिक उपचारको अभाव र लामो दूरीका कारण धेरै बिरामी अस्पताल पुग्नुअघि नै ज्यान गुमाउने अवस्थामा पुग्छन्।
unnamed 1
अर्थनीति, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, उद्योग/वाणिज्य, निजी क्षेत्र, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, रूपान्तरणकारी बजेट, विजनेश होम, विजनेश-फिचर

‘रूपान्तरणकारी’ भनिएको आगामी बजेटमा के चाहन्छ निजी क्षेत्र ?

सरकारले रूपान्तरणकारी भनेको आगामी बजेटका लागि निजी क्षेत्रले समेत आफ्नो कर्मकाण्ड पूरा गरिसकेको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले अर्थमन्त्रीलाई भेटेरै आफ्ना सुझाव दिइरहेका छन् ।
unnamed 1
अर्थनीति, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अल्पविकसित, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, स्तरोन्नति

स्वर्णिम संयोग : पहिले अल्पविकसितबाट स्तरोन्नति धकेले, अहिले तयारी अवधि सार्न सिफारिस

सन् २०१८ मै नेपाल स्तरोन्नति हुन योग्य थियो । तर, मुलुक त्यसका लागि तयार नभएको भन्दै निर्णय प्रक्रिया नै तीन वर्ष धकेल्न सरकारले अनुरोध गरेको थियो । त्यसबेला योजना आयोग उपाध्यक्ष रहेका डा. स्वर्णिम वाग्ले अहिले अर्थमन्त्री छन् । अहिले भने पूर्वतयारीका लागि ५ वर्षको तयारी पर्याप्त नभएको भन्दै सरकारले त्यो समय थपिदिन राष्ट्र संघलाई अनुरोध गर्ने भएको छ ।
unnamed 1
छुटाउनुभयो कि?, प्रतिनिधिसभा, प्रधानमन्त्री बालेन, फिचर (Home Main), बहिष्कार, बालेन्द्र शाह, राष्ट्रिय समाचार, सिफारिस

संसद्‌मा खोजी भइरहँदा कहाँ थिए प्रधानमन्त्री बालेन ?

राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारको हो । सरकारको मूल नेता प्रधानमन्त्री हो । छलफलमा भाग नलिने, त्यसमा उठेका प्रश्नको जवाफ नदिने गर्दा सरकारले आफ्नै नीति तथा कार्यक्रमको स्वामित्व नलिएको सन्देश जाने जानकारहरू बताउँछन् ।
unnamed 1
अर्थतन्त्र, किसान, खेती क्षेत्रफल, गहुँ, दोब्बर उत्पादकत्व, प्रमुख समाचार (Home), फिचर (Home Main), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर

गहुँ अर्थतन्त्र : दोब्बर उत्पादकत्व, घटे किसान र खेती क्षेत्रफल

नेपालमा वार्षिक करिब २१ लाख टन गहुँ उत्पादन भए पनि देश अझै यसमा पूर्णरूपले आत्मनिर्भर हुन सकेको छैन ।
Scroll to Top