काभ्रेपलाञ्चोक
+977-9863403002
७ भाद्र २०८३ आईतवार

सगरमाथा

Auto Added by WPeMatico

unnamed 1
दावा शेर्पा, विशेष, सगरमाथा

सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा ६ दिनपछि भेटिए, उपचारका लागि काठमाडौं ल्याइँदै



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा २१ जेठको बिहान खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन् ।
  • जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका शेर्पालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
  • उनलाई एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाको निजी खर्चमा परिचालित टोलीले हिउँमा घिस्रिँदै गरेको अवस्थामा फेला पारेको हो ।

 २१ जेठ, काठमाडौं । सगरमाथा क्षेत्रमा बेपत्ता ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि फेला परेका छन् । खोजी टोलीले आज बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो ।

उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध थिए । उनको खोजीमा खटिएका एटके एक्सपिडिसनका एमडी पेम्बा शेर्पाका अनुसार हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा दावालाई फेला पारिएको हो ।

उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदैछ । फेसबुकमा सार्वजनिक दावाका तस्वीरहरुमा उनका हातका औंलामा घाउ भएको देखिन्छ ।

दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीमा एटके एक्सपिडिसनका एमडी शेर्पाले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको टोली परिचालन गरेका थिए । आज उनलाई फेला पारेर आधार शिविर हुँदै उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा सम्पर्कविहीन भएका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
प्रमुख समाचार (Home), सगरमाथा

सगरमाथा र लोत्से आरोहण गरेका सशस्त्रका २ महिला कर्मचारी एक तह बढुवा

९ जेठ, काठमाडौं । सगरमाथा र लोत्से हिमाल आरोहण गरेकी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा हुने भएका छन् । सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाईएको छ भने सहायक हवल्दार कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको छ । […]
unnamed 1
प्रमुख समाचार (Home), सगरमाथा, हिमाल आरोहण

सगरमाथा आरोहणको कीर्तिमानी दिन : बुधबार एकै दिनमा २७४ आरोही चुचुरोमा

८ जेठ, काठमाडौं । बुधबार एकै दिन कीर्तिमानी २७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । एक पर्वतारोहण अधिकारीका अनुसार, नेपालतर्फबाट विश्वको सर्वोच्च शिखरमा एकै दिन पुग्ने यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । ८,८४९ मिटर अग्लो सगरमाथा नेपाल र चीनको तिब्बत क्षेत्रको सिमानामा अवस्थित छ र यसको आरोहण दुवैतर्फबाट गर्न सकिन्छ । अभियान सञ्चालकहरूका […]
unnamed 1
प्रमुख समाचार (Home), सगरमाथा, सगरमाथा आरोहण

१८ वर्षीया अष्ट्रेलियन किशोरी सगरमाथाको चुचुरोमा

७ जेठ, काठमाडौं । एक जना १८ वर्षीया अष्ट्रेलियन किशोरीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छिन् । किशोरी आरोही बियान्का एडलरले सगरमाथा आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जानकारी दिएको छ । उसका अनुसा बियान्का नै सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन हुन् । गत वर्ष उनी डेथ जोन (अत्यन्त जोखिमपूर्ण उचाइ क्षेत्र) सम्म पुगेर चुचुरोको […]
unnamed 1
एपीएफ, राष्ट्रिय समाचार, सगरमाथा

सशस्त्रका २ महिला कर्मचारी सगरमाथाको चुचुरोमा

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, मेन स्टोरी, मेसी, शेर्पा, सगरमाथा

सगरमाथाको चुचुरोमा मेसीको तस्वीर, भेटेरै उपहार दिने शेर्पाको इच्छा

३ जेठ, काठमाडौं । सगरमाथा आरोही पेम्बा शेर्पाले विश्वका चर्चित फुटबलर मेसीको तस्वीर सगरमाथाको शिखरमा पुर्‍याएका छन् । मिर्गौला प्रत्यारोपण गराएका शेर्पा २०८२ वैशाख ३० गते सगरमाथा चढ्न सफल भएका थिए । उनी मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोण गर्ने पहिलो व्यक्ति समेत रहेका छन् । सोही समय उनले विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडी मेसीको तस्वीर विश्वको सर्वोच्च […]
unnamed 1
राष्ट्रिय समाचार, शक्ति राष्ट्र, सगरमाथा

सगरमाथा : शक्ति राष्ट्रहरूको प्रविधि परीक्षणस्थल

नेपाल–चीन सीमामा अवस्थित सर्वोच्च शिखर सगरमाथाले विगत एक शताब्दीभन्दा बढी समयदेखि प्रविधि परीक्षण, अन्वेषण, प्रतिस्पर्धा, राष्ट्रिय गौरव र आधुनिक प्रविधिको भूराजनीतिक प्रयोगलाई एउटै शिखरमा जोडेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सगरमाथा, हिमाल

सन् छयानब्बेको सगरमाथा–दुर्घटना सम्झँदै ‘इन्टू थीन एअर’

कतिपय चिठ्ठीमा सगरमाथामा मृत्यु भएकाहरूप्रति समवेदना र जीवित फर्केकाहरूप्रति जीवन्त सहानुभूति थियो भने कतिपय चिठ्ठीमा बाँचेर आएकाहरूले दुर्घटनामा परेकाहरूप्रति लापरवाही गरेको दोषारोपण थियो ।
unnamed 1
आइसफल डाक्टर, आधार शिविर, खुम्बु आइसफल, पर्यटन प्रमुख, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सगरमाथा

सगरमाथा आधार शिविरमाथिको ‘डेडलक’ खुल्यो, अघि बढे आइसफल डाक्टर

अनुभवी र विशेषज्ञ आरोहीहरू (आइसफल डाक्टर) को टोली यसपालि वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने रुटमा डोरी र भर्‍याङ टाँग्न अप्रिल पहिलो साता आधार शिविर पुगेका थिए ।
Scroll to Top