काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

उपभोक्ता

Auto Added by WPeMatico

unnamed 1
उपभोक्ता, नमुना परीक्षण, बिजनेस प्रमुख, विजनेश होम, विषादी

विषादी जोखिममा उपभोक्ताको भान्सा : २२ हजार नमुना परीक्षण, ११६ पटक अयोग्य तरकारी र फलफूल नष्ट



News Summary

Generated by OK AI. Editorially reviewed.

  • चालु आर्थिक वर्षको आठ महिनामा २२ हजार ८ सय ६० नमुनामध्ये १ सय १६ अत्यधिक विषादीयुक्त फेला परेका तरकारी र फलफूल नष्ट गरिएका छन् ।
  • आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार परीक्षण गरिएकामध्ये ४६ नमुनालाई तत्काल खान अयोग्य ठहर गर्दै केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षणको प्रक्रियामा लगिएको छ ।
  • गत वर्ष १४ हजार ३ सय ६५ नमुना परीक्षण गरिएकामा यस वर्ष परीक्षणको दायरा बढाएर २२ हजार ८ सय ६० पुर्‍याइएको छ ।

१५ जेठ, काठमाडौं । नेपाली उपभोक्ताको भान्सामा पुग्ने तरकारी र फलफूलमा विषादी अवशेषको जोखिम अझै धेरै चुनौतीपूर्ण देखिएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांक अनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्ममा ठूलो परिमाणमा तरकारी तथा फलफूलका नमुना उपभोगका लागि अयोग्य फेला परेका छन् ।

केन्द्रीय कृषि प्रयोगशाला मातहत देशका विभिन्न १२ वटा संघीय कृषि थोक बजारमा सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइहरूले गरेको नियमित परीक्षण क्रममा चालु आव ८ महिना अवधिमा मात्रै २२ हजार ८ सय ६० वटा ताजा तरकारी तथा फलफूलका नमुनाको सूक्ष्म विश्लेषण गरिएको थियो ।

विशेषगरी मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने ‘कार्बामेट’ र ‘अर्गानोफोस्फेट’ समूहका कीटनाशक विषादीको मात्रा जाँच गर्दा १ सय १६ नमुनामा विषादीको अवशेष अत्यधिक भेटिएकाले ती वस्तुलाई तत्कालै नष्ट गरिएको छ ।

यसबाहेक अन्य ४६ नमुना भने केही दिन क्वारेन्टिनमा राखेरमात्र पुन: परीक्षण गर्ने प्रक्रियामा लगिएको छ, जसको अर्थ ती उत्पादन तत्काल खानयोग्य थिएनन् तर केही दिनको पर्खाइपछि विषादीको असर घट्न सक्ने अवस्थामा थिए ।

विगत वर्षहरूको तुलनामा यस वर्ष विषादी परीक्षणको दायरा उल्लेख्य बढाइएको पाइएको छ । गत आव २०८१/८२ को सोही अवधिमा जम्मा १४ हजार ३ सय ६५ नमुनामात्र परीक्षण गरिएको थियो, जसमा ७२ नमुना उपभोगका दृष्टिले अयोग्य देखिएर नष्ट गरिएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षण गरिएका नमुना संख्यामा झन्डै ८ हजारले वृद्धि हुनुले सरकारले बजार अनुगमनमा सक्रियता बढाएको त देखिन्छ, तर सँगसँगै नष्ट गरिएका नमुना संख्यामा भएको बढोत्तरीले उत्पादक तहमा विषादीको प्रयोग अझै नियन्त्रण बाहिर रहेको देखाउँछ ।

सरकारले देशभरिका मुख्य कृषि बजारहरूमा यस्ता परीक्षण इकाइ सञ्चालन गरेर उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउने दाबी गरे पनि ग्रामीण क्षेत्रबाट सिधै बजार पुग्ने र परीक्षणको दायरामा नआउने कृषि उपजहरूमा विषादीको जोखिम अझै उच्च रहने विज्ञहरूको चिन्ता छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
उपभोक्ता, राष्ट्रिय समाचार, राहत

उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न सरकारसँग विपक्षीको माग

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपभोक्ताका लागि राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् ।
unnamed 1
आपूर्ति श्रृङ्खला, उद्योग/वाणिज्य, उपभोक्ता, प्रमुख समाचार (Home), फिचर (Home Main), बजार तह निर्धारण समिति, बिचौलिया, बिजनेस विशेष, महँगी, मूल्यवृद्धि, विजनेश होम, विजनेश-फिचर

बजारमा महँगी र बिचौलिया, के गर्दै छ बजार तह निर्धारण समिति ?

नेपाली उपभोक्ता यतिबेला दोहोरो मारमा छन् । एकातिर अन्तर्राष्ट्रिय कारणले हुने लागत वृद्धि छ भने अर्कातिर आन्तरिक बजारमा व्याप्त बिचौलियाको सेटिङ र कृत्रिम महँगी छ ।
unnamed 1
उद्योग/वाणिज्य, उपभोक्ता, प्रमुख समाचार (Home), बिजनेस विशेष, भान्सादेखि यातायात, मूल्यवृद्धि, विजनेश होम, विजनेश-फिचर

बजारमा मूल्यवृद्धि ‘सुनामी’, भान्सादेखि यातायातसम्म चौतर्फी मार

इन्धन मूल्यवृद्धिसँगै सुरु भएको शृङ्खलाबद्ध असरले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायात भाडासम्म छोएको छ, जसले आम उपभोक्ताको भान्साको बजेट नराम्ररी खलबलिएको छ ।
unnamed 1
उपभोक्ता, किसान, केरा, राष्ट्रिय समाचार

किसानले ५० रूपैयाँ दर्जनमा बेच्ने केरा उपभोक्तालाई ३०० !

केराको उत्पादन लागत, श्रम र जोखिम किसानहरुले व्यहोरिरहे पनि अन्तिम मूल्यको ठूलो हिस्सा बिचौलियाले लिइरहेका छन् ।
unnamed 1
इन्धन कर, उपभोक्ता, पेट्रोलियम पदार्थ मूल्यवृद्धि, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

सरकारले घटायो इन्धन कर, उपभोक्तालाई के हुन्छ ?

सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको करमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै कुन इन्धनमा कति कर घट्छ भन्ने चासो बढेको छ ।
unnamed 1
उद्योग/वाणिज्य, उपभोक्ता, ग्यास अभाव, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, विद्युतीय चुलो

८ महिनामा डेढ लाख विद्युतीय चुलो आयात, इन्डक्सनमा उपभोक्ता आकर्षण उच्च

चालु आव फागुन मसान्तसम्म १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो नेपाल भित्रिएको छ ।
unnamed 1
आयल निगम, उद्योग/वाणिज्य, उद्योगी, उपभोक्ता, ग्याँस, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, विजनेश-फिचर

ग्यास ल्याउन नसक्ने आयल निगम र उद्योगी, दोषजति उपभोक्तालाई

सिलिन्डर सीमा तोक्ने, रेकर्ड राख्ने र बजारमा भएका अतिरिक्त सिलिन्डर फिर्ता गराउने सामान्य तर प्रभावकारी कदम चाल्नबाट आयल निगमलाई कसले रोकेको थियो ?
unnamed 1
अन्तर्वार्ता, अर्थ-वार्ता, उपभोक्ता, ग्यास आपूर्ति व्यवस्था, डा. चण्डिकाप्रसाद भट्ट, डिजेल, नेपाल आयल निगम, पेट्रोल, बिजनेस विशेष, मध्यपूर्व युद्ध, राष्ट्रिय समाचार, विजनेश होम

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन

हामीलाई औसतमा प्रतिदिन १ लाख १० हजार सिलिन्डर भए पुग्छ । हामीले प्रतिदिन १ लाख ४५ हजारदेखि १ लाख ५० हजार सिलिन्डरसम्म बजारमा पठायौं, तै पनि सहज हुन सकेन ।
unnamed 1
अन्डाको मूल्य, उद्योग/वाणिज्य, उपभोक्ता, बिजनेस विशेष, महँगो, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

फार्ममा सस्तो, पसलमा महँगो, अन्डाको मूल्यमा बिचौलियाको लुट

घटेको मूल्यमा अन्डा पाउनु त कता हो कता, उपभोक्ता उल्टै पुरानो मूल्यभन्दा बढी तिर्न बाध्य छन् ।
Scroll to Top