काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

छुटाउनुभयो कि?

Auto Added by WPeMatico

राजनीतिक हैसियत अनुसार ‘डिपार्चर’ भुलेको बजेट
अर्थतन्त्र, अर्थनीति, छुटाउनुभयो कि?, डिपार्चर, फिचर (Home Main), बजेट, बिजनेस विशेष, राजनीतिक हैसियत, विजनेश होम, विजनेश-फिचर, विशेष

राजनीतिक हैसियत अनुसार ‘डिपार्चर’ भुलेको बजेट



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेका छन् ।
  • बजेट मार्फत आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन र सिप प्रवर्द्धनसहित ५ वटा नयाँ शुल्क थप गरिएको छ ।

१५ जेठ, काठमाडौं । इतिहासकै सबैभन्दा बलियो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो ‘डिपार्चर’ हुने अपेक्षा धेरैको थियो । तर, तपाईंले सडक वा यातायातमा कुनै रूपान्तरणकारी परियोजना देख्नुभयो ? अहँ, देख्नुभएन । बरु गत वर्षभन्दा बजेट नै घट्यो । जलविद्युत् वा सिँचाइमा त्यस्तो कुनै ठूलो परियोजना देख्नुभयो ? त्यो पनि देख्नुएन ।

शिक्षाले देशको भविष्य निर्माण गर्छ । शिक्षामा त्यस्तो रूपान्तरणकारी कुनै योजना आयो ? आएन । शिक्षामा बजेटको अनुपात घट्यो । शिक्षामा २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने मान्यता छ । तर, बजेट जम्मा १० प्रतिशत मात्रै विनियोजन भएको छ ।

सरकारले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने भनेको छ । अर्थात्, हरेक वर्ष ३ लाख रोजगारी । रोजगारी सिर्जना हुन ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुनुपर्छ । तर, वैदेशिक लगानी ल्याउनका लागि कुनै आकर्षक योजना सुन्नुभयो ? त्यो पनि सुन्नुभएन ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफूले रूपान्तरणकारी बजेट ल्याउने भनेर पटक–पटक भन्ने गर्थे । जेनजी आन्दोलनको बलमा भएको चुनावले लगगभ प्रचण्ड बहुमत दिएको यो सरकारलाई साँच्चै डिपार्चर गर्ने सुविधा पनि थियो । तर, अर्थमन्त्री वाग्लेले डिपार्चरको त्यो अवसर गुमाएका छन् ।

अर्थमन्त्री वाग्लेले यो बजेटमा परिवर्तन सुरुदेखि नै गरेका छन् । त्यो हो– बजेट लेखनको परम्परागत शैली छाडेर नयाँ शैली अपनाउनु । उद्यम–व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्र गतिशील बनाउन भन्दै उनले करका दरमा बृहत पुनरावलोकन गरेको घोषणा गरेका छन् ।

उनले व्यक्तिगत आयकर छुटको सीमा १० पुर्‍याउने तथा अधिकतम दर ३९ बाट २९ प्रतिशतमा झार्ने घोषणा गरेका छन् । २ सय ७३ प्रकारका कच्चापदार्थको भन्सार घटाएको, ११ तहको भन्सार सात तहमा ल्याएको, ३ सय ६० वस्तुमा अन्त:शुल्क खारेज गरेको जस्ता आकर्षक विषय वक्तव्यमा उल्लेख छ ।

तर, करसम्बन्धी कानुनी व्यवस्था गर्ने आर्थिक विधेयक हेर्‍यो भने त्यहाँ कर सुधार होइन, प्रतिगामी कर नीति लागु गरिएको छ ।

नेपालले २०५४ सालमा अनेक नाममा रंगीचंगी कर खारेज गरेर एकल बिक्री करका रूपमा भ्याट सुरु गरेको थियो । तर, यो बजेटले मिठा नाम राखेर फेरि नयाँ पाँच रंगीन कर थपेको छ ।

ती हुन्– आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन शुल्क, सिप प्रवर्द्धन शुल्क, स्वच्छ पूर्वाधार शुल्क, शिक्षा समता शुल्क र स्वास्थ्य प्रवर्द्धन शुल्क ।

२ सय ६० वस्तुमा अन्त:शुल्क खारेज गरेको घोषणा गर्ने अनि अन्त:शुल्क जस्तै नयाँ पाँच कर नै प्रतिपादन गर्ने अचम्मको सुधार  वाग्लेले गरेका छन् ।

एकातिर बजेट वक्तव्यमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दोहोरो दर लगाउने बारे अध्ययन गर्ने भन्ने घोषणा गर्ने, अर्कातिर आर्थिक विधेयकबाट बिजुली र राइड सेयरिङमा दोहोरो भ्याट लागु नै गरेर सरासर झुट कुरा गरेका छन् ।

‘बजेटले मध्यम वर्गलाई राहत दिने भन्यो तर प्रत्यक्ष करमा छुट दिएर अप्रत्यक्ष कर भने अत्यधिक वृद्धि गरेको छ,’ एक करविज्ञले अनलाइनखबरसँग भने, ‘यसरी प्रत्यक्ष कर घटाएर अप्रत्यक्ष कर बढाउनु भनेको निम्न वर्गका जनताको छातीमा लात हान्ने कदम हो ।’

यसरी प्रत्यक्षबाट अप्रत्यक्ष करतर्फ जाँदा त्यसले करदातालाई न्याय नगर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले ६० वटा सरकारी संरचना खारेज, हस्तान्तरण वा पुनर्संरचना गरेर सरकारलाई चुस्त बनाउने घोषणा गरेका छन् । यो सकारात्म कुरा हो । तर, यसबाट बचाएको पैसा उनले बढाएको बजेटको आकार धान्न पर्याप्त हुने खालको देखिँदैन ।

लगानी प्रवर्द्धन गर्न भनेर घोषणा गरिएका कार्यक्रम कुनै पनि नयाँ छैनन् । त्यसमा विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था वा बहुराष्ट्रिय कम्पनीको शाखा वा आवास प्रयोजनका लागि कुनै अपार्टमेन्टको २५ प्रतिशतसम्म लिजमा लिन पाइने व्यवस्था चाहिँ नयाँ हो ।

दोस्रो चरणको आर्थिक सुधारको एजेन्डा बोकेका अर्थमन्त्री वाग्ले राष्ट्रिय वाणिज्य बैंकबाट सरकारी लगानी विनिवेशको कुरा गर्दैनन्, बरु सरकारले नै लगानी थप गर्ने कुरा गर्छन् । अर्कातिर, नेपाल आवास विकास कम्पनी मार्फत घरजग्गा विकासको काम पनि सरकारले नै गर्ने कुरा गर्छन् ।

नेपाल टेलिकममा ६६ प्रतिशत मात्रै सरकारी स्वामित्व कायम राखी बाँकी सेयर बेच्दाको आम्दानी नेपाललाई टेकहब बनाउन लगानी गर्ने आकर्षक योजना वाग्लेले ल्याएका छन् । तर, टेलिकम कम्पनी आफैं अस्तित्वको संकटमा रहेकाले यो योजना आफैंमा आकर्षक चाहिँ होइन ।

वर्षमान पुनले गण्डकी त्रिभुज भनेजस्तै  वाग्लेले मध्य–मधेस चतुर्भुज, गण्डकी चतुर्भुज र कर्णाली चतुर्भुज जस्ता योजना घोषणा गरेका छन् । सुन्दा आकर्षक लाग्ने यी योजनाको चारै दिशामध्ये कतैबाट पनि अध्ययन विश्लेषण, डीपीआर, ईआईए भएको छैन । विगतमा गण्डकी त्रिभुज जसरी खरानी जसरी हरायो, यी चतुर्भुज योजना पनि त्यसैगरी हराउने जोखिम उत्तिकै छ ।

लगानी आकर्षण गर्न लगानी एक्स्प्रेस नामको घोषणा गरिएको छ । तर, नेपाललाई लगानीकर्ताको सुरक्षा र लगानीको प्रतिफलका हिसाबले कसरी सुरक्षित मुलुक बनाउन सकिन्छ भन्नेमा भने उनले कुनै योजना घोषणा गरेका छैनन् ।

खासगरी आईटी, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम आकर्षक देखिन्छन् । ठूलो आकारको डेटा सेन्टर बनाउनेदेखि नेपालका आइटी उत्पादन विदेश निर्यात गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएका छन् । तर, त्यसका लागि आवश्यक जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी गर्ने कुनै योजना छैन ।

भौतिक पूर्वाधारका क्षेत्रमा चाहे सडक होस्, चाहे पुल, चाहे विद्युत् होस्, चाहे सिँचाइ कुनै पनि क्षेत्रमा न बजेट विनियोजन बढाइएको छ, न कुनै रूपान्तरणकारी योजना नै घोषणा गरिएको छ ।

सबै पुराना आयोजनालाई निरन्तरता दिइएको छ । कतिसम्म भने विगतकै सरकारहरूले घोषणा गरेका काठमाडौं जस्ता ठूला सहरमा मेट्रो रेल चलाउनका लागि अध्ययन गर्नेसम्म बजेटले भनेको छैन ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कषि, विद्युत्, सिँचाइ लगायत सबैजसो क्षेत्रमा बजेट घटाइएको छ । समग्रमा बजेटको आकार बढाएर २१ खर्ब २४ अर्ब पुर्‍याइएको छ । तर, त्यसरी बढेको रकम विकास निर्माणका लागि होइन, प्रशासनिक खर्च र ऋणको सावाँब्याज भुक्तानीका लागि हो ।

चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ६० अर्ब बजेटको आकार बढेको छ । तर, पूँजीगत बजेट जम्मा २४ अर्ब मात्रै बढेको छ । बाँकी चालु र वित्तीय व्यवस्था शीर्षकमा बढेको छ ।

सरकारकै स्रोत समितिले प्रदान गरेको बजेट सीमाभन्दा करिब अढाइ खर्ब ठूलो बजेट कार्यान्वयनका लागि अनुमान गरेको स्रोत पनि भरपर्दो छैन । हुन त सरकारले गत आवको अनुमानको तुलनामा राजस्वको लक्ष्य घटाएर १४ खर्ब ५ अर्बको मात्रै लक्ष्य राखेको छ ।

तर, विगत सात–आठ वर्षको प्रवृत्ति हेर्दा यो लक्ष्य पनि हासिल हुन सक्ने देखिँदैन । ‘सरकारले आयकरमा छुट दिने, अन्त:शुल्क लाग्ने वस्तुको सूची घटाउने लगायत कुरा गरेको छ तर राजस्व बढाउने कुनै उपाय लगाएको छैन, यस्तो अवस्थामा राजस्व बढ्दैन,’ एक चार्टर्ड एकाउन्टेन्टले भने ।

अर्कातिर, विदेशी अनुदान र ऋण पनि अनुमान अनुसार उठ्ने गरेको छैन । वैदेशिक ऋण नै लक्ष्यको करिब ५२ प्रतिशत मात्रै उठ्ने गरेको प्रवृत्ति छ ।

यस्तो अवस्थामा आन्तरिक ऋणबाहेक स्रोत भरपर्दा देखिँदैनन् । ‘सरकारले व्यवहारवादी भएर बजेट निर्माण गर्नुपर्छ भनेर १८ खर्ब ९० अर्बको सीमा निर्धारण गरेका थियौं,’ योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्, ‘चुनावपछि नयाँ जनादेशका साथ आएको सरकारले त्यसभन्दा ठूलो बजेट ल्याएको छ, जनताको अपेक्षा पूरा गर्न उहाँहरूले त्यसो गर्नुभएको होला तर एक वर्षपछि समीक्षा गर्दा अहिलेकै जस्तो नियति नदोहोरियोस् भन्न चाहन्छु ।’

अहिले वित्तीय क्षेत्रमा ठूलो मात्रामा तरलता थुप्रिएको हुँदा सरकारले ऋण उठाउँदैमा त्यसले निजी क्षेत्रलाई ठूलो असर भने परिनहाल्ने उनको भनाइ छ । यद्यपि, सरकारको ठूलो बजेट कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उनी बताउँछन् ।

अर्कातिर, सरकारले अत्यधिक ऋण उठाएर चालु खर्च गर्दा त्यसले अर्थतन्त्रलाई नै अप्ठ्यारोमा पार्न सक्ने पनि विश्लेषक बताउँछन् ।

सरकारले कर्मचारीको तलब बढाउँदा पनि बजेटको आकार बढेको बुझ्न सकिन्छ । ‘चार वर्षदेखि नबढेको सरकारी कर्मचारीको तलब बढाउनुलाई नकारात्मक भन्न मिलेन, यद्यपि एकातिर सरकारी कर्मचारीको तलब बढाउने, अर्कातिर व्यक्तिगत आयकरको सीमामा व्यापक फेरबदल गर्ने गर्दा मानिसको हातमा धेरै पैसा पुग्ने देखिन्छ,’ एक आर्थिक विश्लेषकले भने, ‘यसले मूल्यवृद्धि त बढाउने छ नै, आफ्नो उत्पादन नभएका कारण आयात पनि बढाउँछ ।’

सरकारले आगामी आव ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । त्यो हासिल हुनका लागि पनि लगानी विस्तार हुन आवश्यक छ । एकातिर सरकारको खर्च गर्न सक्ने क्षमता कमजोर छ, अर्कातिर निजी लगानी पनि प्रोत्साहित गरिएको छैन । त्यसो हुँदा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने सम्भावना पनि कम छ ।

२३ र २४ भदौको आन्दोलन र २१ फागुनको निर्वाचनले दिएको सबैभन्दा बलियो सन्देश भनेको विकास र सुशासन हो । त्यो आन्दोलनको भावनालाई नै चाहिँ यो बजेटले समेट्यो कि समेटेन त ?

युवा अर्थशास्त्री ऊर्जा सिंह थापा भन्छिन्, ‘युवाले माग गरेको अनुरूप सुशासनको एजेन्डालाई बजेटले समेटेको छ, सुशासन कायम गर्ने दिशामा बजेटका प्रतिबद्धता सकारात्मक छन्,’ उनी भन्छिन्, ‘दोस्रो, यहाँ नै काम पाउने र जीवन निर्वाह हुने तलब पनि पाउने वातावरण युवाले खोजेका हुन्, लगानी वृद्धि तथा स्टार्टअप प्रवर्द्धन गर्ने बजेटमा रहेका कार्यक्रमले रोजगारी सिर्जनामा योगदान गर्न सक्छ ।’

अर्थमन्त्री वाग्लेले भने जस्तै यो बजेट रूपान्तरणकारी हो कि होइन त ? ‘यो बजेटले पुरानै कार्यक्रम दोहोर्‍याएको छ, केही नयाँ कार्यक्रम पनि छन्, यही बजेट पनि कार्यान्वयनमा गयो भने रूपान्तरण हुन्छ,’ अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्, ‘तर, रूपान्तरण भयो कि भनेर अर्को वर्षको जेठ १५ गते भन्न सकिन्छ ।’

सीए सुदर्शनराज पाण्डे पनि यो बजेटमा आएका कार्यक्रम राम्रै भए रूपान्तरणकारी हुने–नहुनेबारे कार्यान्वयन हेर्नुपर्ने बताउँछन् । ‘यो रूपान्तरणकारी हुने–नहुने भन्ने विषय पुस ३० मै देख्न पाउँछौं,’ पाण्डे भन्छन् ।

युवा अर्थशास्त्री थापा भने यो बजेट कार्यान्वयन गर्न सकियो भने दीर्घकालीन रूपमा यो बजेटले योगदान गर्ने बताउँछिन् ।




लेखक

जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


फिर्के खोलामा पूर्वमाओवादी नेताको ५ तले घर, भन्छन्- जुवा खेलेको थिएँ, हारेँ
छुटाउनुभयो कि?, फिर्के खोला, विशेष

फिर्के खोलामा पूर्वमाओवादी नेताको ५ तले घर, भन्छन्- जुवा खेलेको थिएँ, हारेँ



News Summary

Generated by OK AI. Editorially reviewed.

  • पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर अवैध रूपमा बनाइएका भौतिक संरचनाहरू भत्काउन डोजर चलाउन शुरू गरेको छ ।
  • पूर्वमाओवादी नेता ज्ञानबहादुर कोइरालाले नियमविपरीत फिर्के खोलामाथि पाँचतले घर बनाएको स्वीकार गरेका छन् ।
  • फिर्के खोला मिचेर ३५ जना व्यक्ति र ११ वटा संस्थाले अवैध रूपमा पक्की संरचनाहरू निर्माण गरेका छन् ।

११ जेठ, पोखरा । ‘ओहो ! खोलामाथि ५ तले घर ? कसरी बनाउन सकेको होला ?’  पोखरा महानगरपालिकाले सोमबार डोजर हानिरहेको ठाउँमा जम्मा भएका नागरिकहरूले जिब्रो टोक्दै भनिरहेका थिए । हुन पनि पोखराको फिर्के खोलामै पर्ने गरी सिंगो ५ तले घर ठडिएको थियो ।

वडा नम्बर ५ मा पर्स्याङको  पछाडिपट्टी लक्ष्मी टोलमा फिर्के खोलामाथि बनेको कोठै–कोठा, झ्यालै–झ्याल देखिएको अलिसान महल कसको होला ? त्यो क्षेत्रका अधिकांशलाई जानकारी भए पनि त्यहाँ पुग्ने अन्य धेरैको चासो थियो । त्यो महल बनाउने व्यक्ति हुन्-ज्ञानबहादुर कोइराला ।

ज्ञानबहादुर पूर्वमाओवादी नेता हुन् । जो माओवादी शान्ति प्रक्रियामा आएपछि लामो समय पोखरा महानगरकै सर्वदलीय संयन्त्रमा बसेर काम गरेका थिए ।

देशमा स्थानीय तहको चुनाव हुनुअघि सर्वदलीय संयन्त्रले महानगरका नीतिगत र विकास निर्माणमा भूमिका खेल्थे ।

महानगरको विकास, नियमन र सुशासनका लागि भूमिका खेल्नुपर्ने व्यक्तिले नै राज्यको कानुनको धज्जी उडाउँदै खोलामाथि संरचना बनाएका हुन् ।

त्यो पनि एउटा होइन, २ वटा । पोखरा महानगरले आइतबारबाट डोजर चलाउने अभियानको एउटा सुरुवात विन्दु थियो, फिर्केखोला पुलभन्दा मुनिको क्षेत्र ।

वडा नम्बर ४ मा पर्ने कोइराला विर्ता टोलमा फिर्के खोला मिचेर बनाइएका संरचनामा आइतबार डोजर हान्दा सबैभन्दा पहिले ज्ञानबहादुरकै घरबाट थालनी भएको थियो ।

मालेपाटन, पर्स्याङ क्षेत्रका धेरैको चासो थियो, ज्ञानबहादुरको घर चाहिँ भत्किएला कि नभत्किएला ? ती सबै चासोलाई जवाफ दिँदै खोलाको सीमाभित्र परेका सबै संरचनामा महानगरले डोजर लगाइरहेको छ ।

ज्ञानबहादुरको घरमा डोजर लाग्ने, नलाग्नेबारे धेरैले शंका गर्नुको पनि जायज कारण छ । ज्ञानबहादुर तिनै व्यक्ति हुन्, जो समानता, परिवर्तन र अन्यायका विरुद्ध १० वर्षे माओवादी युद्धमा होमिएका थिए ।

२०५८, २०५९ सालतिरै माओवादीमा भूमिगत भएर लडेका ज्ञानबहादुर आफैंले चाहिँ राज्य र कानुनकै धज्जी उडाउँदै खोलामाथि महल ठड्याएका थिए ।

ज्ञानबहादुर तत्कालीन माओवादीको इलाका इन्चार्ज हुँदै प्रदेश कमिटी सदस्य र केन्द्रीय सल्लाहकारसमेत भएका व्यक्ति हुन् । करिब ४ वर्ष अगाडिबाट भने उनले पार्टी सदस्यता नवीकरण नै गराएका थिएनन् ।

उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै उसको विचारलाई समर्थन गर्न खुलेको गण्डकी मिडिया हाउस सञ्चालन गर्ने माछापुच्छ्रे सञ्चार सहकारीका उपाध्यक्षसमेत थिए । पछि पोखरा–५ कै स्थानीयवासी र धनी परिवारकै ज्ञानबहादुरले खोलाको बहाव छेकिने गरी नै घर बनाउँदा धेरैले प्रश्न उठाएका थिए । तर, राजनीतिक शक्तिका कारण राज्य नै नियमन गर्नबाट डराएको थियो ।

ज्ञानबहादुरलाई महानगरले समेत पटक-पटक पत्र काटेको र छलफलका लागि बोलाएको वरिष्ठ कानुन अधिकृत नारायण शर्माले जानकारी दिए ।

‘हामीले पत्र पठायौं, ४–५ पटक त छलफलकै लागि बोलाइएको हो,’ वरिष्ठ कानुन अधिकृत शर्माले भने, ‘उहाँले कागजात भने देखाउनुभएको थियो । महानगरले नापजाँच भने गरेको थिएन ।’

ज्ञानबहादुर घर, सम्पत्ति नभएर खोलामाथि घर बनाएका होइनन् । उनले त बाटोको छेऊमा एउटा घर हुँदाहुँदै त्यसैको पछाडि खोलाबाट उठाएर भाडा खानकै लागि अर्को घर बनाएका थिए । उनी आफैंले यो कुरा अनलाइनखबरसँगको कुराकानीमा स्वीकारसमेत गरेका छन् ।

ज्ञानबहादुर भन्छन्- ‘जुवा खेलें, एक दिन हार्छु भन्ने थाहा थियो ।’

फिर्के खोलामाथि ४ वर्षअगाडिमात्र घर बनाएको ज्ञानबहादुरले बताए । मापदण्डअनुसार घर बनाउन नदिएपछि अनुमति नलिइ बनाएको उनले स्वीकारे । उनले आफूलाई नराम्रो नलागेको र महानगरकै पक्षमा रहेकोसमेत बताए ।

खोलाभित्र पर्छ भन्ने थाहा नभएर त होइन होला ?  भन्ने प्रश्नमा ज्ञानबहादुरले भने, ‘मापदण्ड भनेर घर बनाउन नदिएपछि पछि जे त होला भनेर बनाएको हो ।’

खोलाको सीमाभित्रै २ वटा घर बनाइनु ज्ञानबहादुरको नियत नै देखिएको छ । यसबारे पनि उनले स्वीकार गरे । भाडा खानकै लागि खोला मिचेर घर बनाउने त ? उनले भने ‘जुवा खेलेको जुवा ।’

ज्ञानबहादुरले राज्यसँग अवैध जुवा खेल्दा आर्थिक र सामाजिक दुवै रूपमा क्षति बेहोरेका छन् । राज्यसँग खेलिएको यो जुवा हारिन्छ एक दिन भन्ने ज्ञान थियो कि थिएन त ? भन्ने प्रश्नमा उनले भने, ‘जुवामा जित्ने–हार्ने सम्भावना बराबरजस्तो हुन्छ । अझै धेरैजसो हारिन्छ । एक दिन हारिन्छ भन्ने मज्जाले थाहा थियो ।’

तत्कालीन माओवादी केन्द्रले खरिद गरेकाे घर पनि अहिले ज्ञानबहादुरकै नाममा रहेकाे नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामजी बरालले बताए ।

शिवालय चाेकमा पार्टीका लागि भनेर सहयाेग उठाएर करिब डेढ कराेड रूपैयाँमा किनिएकाे घर ज्ञानबहादुरकै नाममा गरिएकाे र त्याे पार्टीका नाममा ल्याउन उनीसँग छलफलसमेत भएकाे बरालले जानकारी दिए ।

फिर्केमाथि छन् ज्ञानबहादुरका जस्तै व्यक्तिका ३५ घर र  संस्थाका ११ भवन

फिर्के खोलाको मापदण्ड मिचेर अवैध रूपमा पक्की संरचना खडा गर्नेमा ज्ञानबहादुरसहित ३५ जना छन् भने ११ वटा संस्थाका अलिसान भवन पनि फिर्केमै ठडिएका छन् । व्यक्ति र संस्थामात्रै होइन, सरकारी निकायले समेत फिर्के खोलाको दोहन गरेका छन् ।

फिर्के खोलाको मापदण्ड मिचेर सरकारी र अर्ध–सरकारी प्रकृतिका अन्य ठूला शैक्षिक तथा सामाजिक संघ–संस्थाहरूले समेत स्थायी संरचना ठड्याएका छन् ।

खोला मिच्नेमा पोखरा इन्जिनियरिङ कलेज र लिटिल स्टेप स्कुल जस्ता शैक्षिक संस्थाहरू समेत छन्, जसले खोलाको ठूलो हिस्सा ओगटेका छन् । सरकारी सहयोग लिएरै बनेका संरचनाहरू पनि फिर्केमाथि छन् ।

व्यक्तिगत रूपमा मात्र नभएर बराल समाज घर, पुन मगर समाज घर, कुँवर समाज घर, सोपाल समाज घर, गिरी समाज घर, फिर्के तमु समाज तथा विभिन्न राधाकृष्ण आश्रम, शिव मन्दिर र क्रियापुत्री भवनहरूले समेत खोलाघरमै पक्की भवन र कम्पाउन्ड खडा गरेपछि फिर्के खोला कतै साँगुरो नाली जस्तो त कतै अस्तित्व नै हराउने अवस्थामा पुगेको छ ।

शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल तालिम केन्द्र (साविक पश्चिमाञ्चल प्रहरी गणको क्षेत्र समेत) को भवन नै फिर्के खोलाको खोलाघर र मापदण्ड मिचेर निर्माण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ गाईघाटस्थित सो तालिम केन्द्रको संरचना खोलाको बहाव क्षेत्रभित्रै रहेको प्रतिवेदनले पुष्टि गरेको हो ।

सरकारकै सहयोगमा सामुदायिक भवन, क्रियापुत्री भवन, समाज घर निर्माण भएका छन् । प्रहरी कार्यालयदेखि क्याम्पस र विद्यालयसम्मले फिर्के खोलाको सीमाभित्रै घर बनाएका छन् ।

पोखरा–१८ सराङकोटको फेदी अँधेरीकुनादेखि मध्यशहरबाट बग्दै–बग्दै वडा नम्बर १७ सँग जोडिएको गाईघाटमा पुगेर फिर्के खोलाको अस्तित्व फेवातालमा मिसिन्छ ।

यसरी करिब ८ किलोमिटर बग्ने फिर्केखोला पछिल्ला दशकमा चपेटामा पर्ने क्रमको विकासमात्रै भएन सधैं चर्चा र विवादको केन्द्रमा पनि रहँदै आएको छ ।

राजनीतिक स्वार्थको रोटी सेक्ने काम हुँदा फिर्केको खोला घरभित्रै १६० संरचना बनेका थिए । महानगरले पटक पटकको छलफल, अदालतको आदेश हुँदै आइतबारदेखि खोलाको सीमाभित्रका संरचनामा डोजर लगाउन थालेको हो ।

अहिले खोला घरभित्र निर्माण भएका संरचनामा मात्रै डोजर लगाइएको हो । यो खोलाको १० मिटरबाट घटाएर ६ मिटरमात्रै मापदण्ड तय गरिएको छ । त्यो मापदण्ड लगाउने हो भने पनि ३०० संरचना यसभित्र पर्ने महानगरकै अध्ययनले देखाएको छ ।




लेखक

अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


भीआईपीको गैरकानूनी उपचार खर्च : रकम फिर्ता गर्दैमा उन्मुक्ति मिल्छ ?
उपचार खर्च, छुटाउनुभयो कि?, भीआईपी, राष्ट्रिय समाचार

भीआईपीको गैरकानूनी उपचार खर्च : रकम फिर्ता गर्दैमा उन्मुक्ति मिल्छ ?

एमालेले पूर्वभीआईपीहरूको उपचार खर्च राज्यकोषमा फिर्ता गरेपछि प्रश्न उठाउनेहरू भन्छन्, ‘रकम फिर्ता गर्दैमा भ्रष्टाचारको आरोपबाट उन्मुक्ति मिल्ने भए अरुमाथि किन मुद्दा चलाएको ?’
रविको मुद्दा संशोधनमा अदालतले लिएका ६ आधार
छुटाउनुभयो कि?, मुद्दा संशोधन, रवि लामिछाने, राष्ट्रिय समाचार, सिफारिस

रविको मुद्दा संशोधनमा अदालतले लिएका ६ आधार

जिल्ला अदालत कास्कीमा विचाराधीन मुद्दा संशोधन भएपछि अरू जिल्लामा भने रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको अभियोग बाँकी छ। कास्कीबाहेक अन्यत्र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको थिएन।
क्यान्सरको जीवनरक्षक औषधि हाहाकार, बिरामीको अवस्था गम्भीर
अस्पताल, ‍औषधि, किमोथेरापी, क्यान्सर, छुटाउनुभयो कि?, बिरामी, राष्ट्रिय समाचार, हाहाकार

क्यान्सरको जीवनरक्षक औषधि हाहाकार, बिरामीको अवस्था गम्भीर

किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ हाहाकार भएपछि बिरामीको बिचल्ली भएको चिकित्सकले बताएका छन् ।
एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, छुटाउनुभयो कि?, नेकपा एमाले, फिचर (Home Main), भीआईपी, राष्ट्रिय समाचार, सिफारिस

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

भीआईपीहरूले विदेशमा गरेको उपचारखर्च कानून विपरीत भुक्तानी भएको विषयमा उजुरी परेपछि एमालेले राज्यकोषमा रकम फिर्ता गरेको हो ।
व्यक्ति पक्राउमा अदालतका प्रश्नैप्रश्न
अदालत, छुटाउनुभयो कि?, नेपाल प्रहरी, प्रश्न, राष्ट्रिय समाचार, व्यक्ति पक्राउ, सिफारिस, सीआईबी

व्यक्ति पक्राउमा अदालतका प्रश्नैप्रश्न

प्रहरीले पछिल्लो समय व्यक्ति पक्राउमा आक्रामकता देखाएपनि अदालतले बारम्बार प्रश्न उठाएको छ। पहिले पक्राउ अनि पछि अनुसन्धान गर्ने शैलीले प्रहरी राजनीतिक दबाब काम गरेको हो कि भन्ने आशंका पनि बढेको छ ।
 जलनका बिरामी पानी नपाएरै मर्छन्, छैनन् पर्याप्त विशेषज्ञ डाक्टर
अस्पताल, उपचार, कीर्तिपुर अस्पताल, छुटाउनुभयो कि?, जलन, जलन उपचार, फिचर (Home Main), राष्ट्रिय समाचार

 जलनका बिरामी पानी नपाएरै मर्छन्, छैनन् पर्याप्त विशेषज्ञ डाक्टर

जलनमा पर्ने अधिकांश बिरामी दूरदराज क्षेत्रका र आर्थिक रूपमा कमजोर परिवारका हुन्छन्। उपचारमा ढिलाइ, प्राथमिक उपचारको अभाव र लामो दूरीका कारण धेरै बिरामी अस्पताल पुग्नुअघि नै ज्यान गुमाउने अवस्थामा पुग्छन्।
जब बेइजिङमै ट्रम्पलाई भनियो– तिमी त चीनका निर्माता !
छुटाउनुभयो कि?, डोनाल्ड ट्रम्प, बेइजिङ, राष्ट्रिय समाचार, विचार, सिफारिस

जब बेइजिङमै ट्रम्पलाई भनियो– तिमी त चीनका निर्माता !

निकै व्यवस्थित रूपमा इन्जिनियरिङ गरिएको ट्रम्पको चीन भ्रमणको व्यवस्थापन र चिनियाँ राष्ट्रपति सीको उद्घोषले इतिहासमा घटिरहेको यसप्रकारको शताब्दीलाई प्रभावित गर्ने घटनालाई उत्सवको रूपमा परिणत गरिदिएको छ।
श्रम शोषणको मारमा इन्टर्न डाक्टर : निर्वाह भत्ता बढाउनुपर्ने कार्यदलको सिफारिस
इन्टर्न डाक्टर, छुटाउनुभयो कि?, निर्वाह भत्ता, बाराकोटी प्रतिवेदन, मेडिकल कलेज, राष्ट्रिय समाचार

श्रम शोषणको मारमा इन्टर्न डाक्टर : निर्वाह भत्ता बढाउनुपर्ने कार्यदलको सिफारिस

एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकको मासिक निर्वाह भत्ता सम्बन्धमा राय सुझाव दिन मन्त्रालयले गत १४ वैशाखमा कार्यदल गठन गरेको थियो । गत ३० वैशाखमा बुझाएको प्रतिवेदनमा निजी तथा सरकारी सबै कलेज तथा प्रतिष्ठानले निर्वाह भत्ता दिनुपर्ने भन्दै सरकारलाई सिफारिस गरेको छ ।
Scroll to Top