काभ्रेपलाञ्चोक
+977-9863403002
२ आश्विन २०८३ शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

Auto Added by WPeMatico

unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय समाचार, विष्णुपुर गाउँपालिका

विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



२५ असार, काठमाडौं । सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर  गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूसहित साना किसान कृषि सहकारी संस्था लिमिटेड विरुद्ध मुद्दा दायर गरेको हो ।

महतसहित गाउँपालिकाका इन्जिनियर एवं योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोजकुमार यादव, सहकारी संस्थाका सञ्चालक समितिका तत्कालीन सदस्य राजेश्वरप्रसाद सिंह, सहकारी संस्था अन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि गठित निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव र कोषाध्यक्षद्वय कविता कुमारी र सचिव रामबाबु यादवविरुद्ध मुद्दा दायर गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

उनीहरूविरुद्ध जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

धान प्रशोधन उद्योग स्थापनाका लागि नेपाल सरकारबाट प्राप्त रकम साना किसान कृषि सहकारी संस्था लिमिटेडका बन्धक सञ्चालक समिति लगायतको मिलेमतोमा उपभोक्ता समिति खडा गरी फर्जी मूल्यांकन बनाई रकम भुक्तानी लिएको भन्ने उजुरीको आधारमा आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमुख समाचार (Home)

पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



२५ असार, काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगे पाण्डेयसहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका-१० का महेन्द्र राउतकुर्मीविरुद्ध मुद्दा दायर भएको हो ।

आयोगले उनीहरूविरुद्ध जनही १ लाख ९१ हजार ५२० रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो ।

नगरपालिकाका कर्मचारीले कागजात सच्याई अपाङ्गताको परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, छुटाउनुभयो कि?, नेकपा एमाले, फिचर (Home Main), भीआईपी, राष्ट्रिय समाचार, सिफारिस

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

भीआईपीहरूले विदेशमा गरेको उपचारखर्च कानून विपरीत भुक्तानी भएको विषयमा उजुरी परेपछि एमालेले राज्यकोषमा रकम फिर्ता गरेको हो ।
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा विमानस्थल, राष्ट्रिय समाचार

साढे तीन अर्ब बिगोको पोखरा विमानस्थल मुद्दामा अख्तियारको दाबी के हो ?

३१ वैशाख, काठमाडौं । पोखरा विमानस्थल निर्माणमा ठेक्का सम्झौता विपरीत राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतसाता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । अख्तियारले पोखरा विमानस्थलको तेस्रो मुद्दामा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित दुई पूर्वसचिव र ठेकेदार समेत गरी १४ जनामाथि मुद्दा चलाएको थियो । उनीहरूमाथि अख्तियारको एकमुष्ट आरोप हो, ‘चीनसँगको ठेक्का […]
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय समाचार

पुथा उत्तरगङ्‍गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिठ्ठा, प्रमुख समाचार (Home), भ्रष्टाचार मुद्दा, रौतहट जिल्ला अदालत

जिल्ला अदालत रौतहटका डिठ्ठा सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

२१ वैशाख, काठमाडौं । रौतहट जिल्ला अदालत गौरका डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अदालतको फैसला बमोजिम दाखिला खारेज पुर्जी गरी जग्गा फुकुवा गराई दिएवापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध मुद्दा दायर गरेको हो । हेटौंडाबाट खटिएको आयोगको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीलाई […]
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमुख समाचार (Home)

विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार

१५ वैशाख, काठमाडौं । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रअ उपाध्याय र लेखापाल आचार्य विरुद्ध मुद्दा दायर गरेको हो । दुवै जनाको आपसी मिलोमतोमा करिब १ करोड बराबरको […]
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, घुस लिएको आरोप, राष्ट्रिय समाचार

३० हजार घुस लिएको आरोपसहित पक्राउ परेका कर्मचारीविरुद्ध मुद्दा दायर

आयोगले चौधरीलाई चैत १६ गते उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत मागेर हैरानी दिएको सूचनाका आधारमा पक्राउ गरेको जनाएको थियाे ।
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय समाचार

खानेपानी डिभिजन कार्यालय बाराका तत्कालीन निमित्त प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादव विरुद्ध मुद्दा दायर गरेको हो ।
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, छुटाउनुभयो कि?, नवीनराज बस्नेत, प्रदीप अधिकारी, राष्ट्रिय समाचार, सिफारिस, हेलिपोर्ट निर्माण

प्रदीप अधिकारीको अनुसन्धान ‘राडार’ मा नवीनराज बस्नेत

अधिकारी र बस्नेतको ह्वाट्स एप च्याटमा अख्तियारलाई मिलाउनेबारे कुराकानी भएको प्रष्ट देखिन्छ । जहाँ बस्नेतले राजेश बज्राचार्यमार्फत ‘बा’ लाई भनेर अख्तियारबाट भ्रष्टाचारको केस मिलाउने आश्वासन अधिकारीलाई दिएका छन् । तर अनुसन्धान अधिकारीहरू भने बस्नेतले बासम्मको पहुँच नपुर्‍याएको बताउँछन् ।
Scroll to Top