अत्यधिक प्रतिस्पर्धा र एलिट क्रेडेन्सियलमा आधारित शुद्ध मेरिटोक्रेसीले सामाजिक असमानता बढाउँछ। एक अध्ययनले मेरिटोक्रेसीको अवधारणाले नै सीमान्तकृत समुदायप्रति नकारात्मक धारणा बलियो बनाउने सम्भावना देखाएको छ।
२ चैत, उदयपुर । आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले […]
३ चैत, लन्डन । बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानलाई सम्मान गर्दै उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार एक पत्र […]
नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष)ले जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउनेछन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ ।
भूमिका आफैंमा ट्रान्सजेन्डर हुन् । जन्मदा उनी छोरो थिए । नाम थियो, कैलाश । पछि उनले आफ्नो भावनासँगै रुपरंग बदलिन् । नाम बदलिन् । अनि भइन्, भूमिका । उनै भूमिका अब राज्यको नीति निर्माण तहमा बसेर लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज बन्नेछिन् ।