काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

हावाहुरी

Auto Added by WPeMatico

unnamed 1
मौसम पूर्वानुमान, विशेष, हावाहुरी

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह



News Summary

Generated by OK AI. Editorially reviewed.

  • जल तथा मौसम विज्ञान विभागले १२ जेठ दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
  • हावाहुरीले घरको छाना उडाउन सक्ने तथा रुख र पोल ढल्न सक्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले भनेको छ ।
  • हावाहुरीबाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका मुख्य जिल्लाहरू बढी प्रभावित हुने अनुमान गरिएको छ ।

१२ जेठ, काठमाडौं । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरी चल्ने जानकारी दिएको हो ।

हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज हावा हुरीबाट प्रभावित हुने जिल्लाहरु यी हुन्–

कोशी प्रदेश : झापा र मोरङ सहित आसपासका जिल्ला

मधेश प्रदेश : बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला

बागमती प्रदेश : मकवानपुर र चितवन सहित आसपासका जिल्ला

गण्डकी प्रदेश : नवलपुर र तनहुँ सहित आसपासका जिल्ला

लुम्बिनी प्रदेश : रुपन्देही सहित आसपासका जिल्ला ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
अन्तर्राष्ट्रिय समाचार, उत्तर प्रदेश, मेन स्टोरी, राजस्थान, हावाहुरी

उत्तर प्रदेशमा हावाहुरीले ९४ जनाको मृत्यु, राजस्थानमा गर्मीको ‘रेड अलर्ट’

३१ वैशाख, काठमाडौं । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको प्रयागराज-अयोध्यासहित ३० जिल्लामा बुधबार हावाहुरी र आँधीका कारण ९४ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै प्रयागराजमा १७ र भदोहीमा १६ जनाको मृत्यु पुष्टि भएको छ। यहाँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको भारतका सञ्चार माध्यमहरूले खबर लेखेका छन् । बरेलीमा एक युवकलाई जस्तापातासँगै हावाले उडाएको बताइएको […]
unnamed 1
असिनापानी, चनुकाँडा, डोटी, राष्ट्रिय समाचार, हावाहुरी

डोटीको चनुकाँडामा हावाहुरी र असिनापानीले ठूलो क्षति

हावाहुरीले विद्यालय भवन र दर्जनौं घरका छाना उडाएको र त्यसपछि असिनापानीले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।
unnamed 1
गाई गोठ, राष्ट्रिय समाचार, हावाहुरी

हावाहुरी छल्न ओत लागेको गोठ भत्किँदा एक जनाको मृत्यु

२६ वैशाख, जनकपुरधाम । महोत्तरीमा गाईगोठ भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ । पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाकी श्रीमती ५० वर्षीया सुनिता सदाको मृत्यु भएको हो । सुनिता शुक्रबार साँझ साढे ५ बजेतिर आएको हावाहुरीमा स्थानीय झगरु मुखियाको गाई गोठमा ओत लाग्न गएकी थिइन् । त्यसैबेला हावाहुरीले गोठ भत्काउँदा उनको घटनास्थलमै मृत्यु […]
unnamed 1
मधेश प्रदेश, राष्ट्रिय समाचार, लुम्बिनी प्रदेश, हावाहुरी

आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण

२२ वैशाख, काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गरी आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । यसैगरी आज राति कपिलवस्तु, रुपन्देही, […]
unnamed 1
प्रमुख समाचार (Home), मौसम, वर्षा, हावाहुरी

हावाहुरीसहित पानी पार्ने प्रणाली पश्चिमबाट पूर्व सर्दै, केही ठाउँमा भारी वर्षाको सम्भावना

२१ वैशाख, काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमश: पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ । विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम […]
unnamed 1
पठनपाठन, राष्ट्रिय समाचार, हावाहुरी

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित   

कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो ।        
unnamed 1
प्रमुख समाचार (Home), हावाहुरी

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा, साँझ ५ बजे नै अँध्यारो

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौं उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ ।
unnamed 1
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय समाचार, हावाहुरी

मौसम विभागद्वारा हावाहुरी सुरु हुने समय र प्रभावित हुनसक्ने जिल्लाको विवरण अध्यावधिक

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ ।
unnamed 1
राष्ट्रिय समाचार, हावाहुरी

आज हावाहुरी चल्ने सम्भावना, सकेसम्म घरबाहिर हिँडडुल नगर्न सुझाव

१६ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख […]
Scroll to Top