मन्त्रालयमा परेका प्रस्ताव र नगरपालिका संघको अध्ययन प्रतिवेदन हेर्ने हो भने स्थानीय तहहरूको संख्या अझै घटाउन अनि सेवा दिने वडा कार्यालयहरूको थप विस्तार गरेर उनीहरूलाई बलियो बनाउन आवश्यक रहेको देखाएको छ ।
भट्टले १ लाख कित्ता नबिल डिबेन्चर–८५ लाई कुल १० करोड ८० लाखमा किनेर आफ्ना निकटका कम्पनीलाई ११ करोड ८१ लाख २१ हजारमा बेचेको प्रतिवेदनले उल्लेख गरेको छ ।
अन्तिम समयसम्म आईजीपी बढुवा नगरी राख्नु भनेको सरकारले नै वैधानिक रूपमा चलखेलको बाटो खुला गरेको रूपमा बुझ्नुपर्ने प्रहरी प्रशासनबारेका जानकार पूर्वएसपी रवीन्द्रनाथ रेग्मी बताउँछन् ।
प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको नयाँ नियमावली मंगलबार सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । नयाँ नियमावलीमा थपिएको एउटा ‘नियम २५९’ अर्थपूर्ण छ ।
निर्देशिका मार्फत सरकारले सवारीसाधनमा अनिवार्य जीपीएस नियम ल्याउन लागेको हो । यस्तो उपकरण जडान गर्न यातायात व्यवस्था विभागले प्राविधिक सहयोग उपलब्ध गराउने गरी प्रस्ताव गरिएको छ ।
८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ । विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् । सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप गरेको उनीहरूको आरोप छ । […]
८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार, उनीहरूबीच मंगलबार दिउँसो मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो । ‘चुनावपछिको पहिलो भेट हो । समसामयिक विषयमा छलफल भएको हो,’ दाहालले भनिन् । भेटवार्तामा सामान्य […]