प्रचण्डले म पुरानो होइन भने, नयाँसँग चित्त दुखाए
आज चाहिँ प्रचण्डले संसद्मा ती सीमान्त वर्ग, सुकुमवासी, मधेशी र दलितको धुमधाम सम्झना गरे जसलाई बीचका वर्षहरूमा उनी स्वयंले उपेक्षा गरेका थिए । उनले नेपाल-भारत सीमा क्षेत्रमा प्रहरी प्रशासनको सास्ती भोगिरहेका नागरिकको अनुहार सम्झँदै सरकारलाई प्रश्न गरे, ‘गरिब र निमुखालाई सास्ती दिएर यो सरकारले राजस्व बढाउन सक्छ ?’

