काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

प्रतिनिधिसभा नियमावली

Auto Added by WPeMatico

unnamed 1
प्रतिनिधिसभा नियमावली, मेन स्टोरी

प्रतिनिधिसभा नियमावली मस्यौदाको प्रस्तावनाको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन माग



News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रतिनिधि सभा नियमावली मस्यौदाको प्रस्तावनामा रहेको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले माग गरे ।
  • फौजदारी अभियोग लागेका सांसदहरूको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न नेपाल कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले माग गरे ।
  • प्रतिनिधि सभा बैठकमा आइतबार नियमावली मस्यौदाको प्रतिवेदनमाथि भएको दफावार छलफलमा विपक्षी दलका सांसदहरूले विभिन्न प्रावधान संशोधन गर्न सुझाव दिएका छन् ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदाको प्रस्तावनमा भएको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्था हटाउन सांसदहरूको माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा, २०८३ को प्रतिवेदनमाथि भएको दफावार छलफलमा भग लिँदै विपक्षी दलका सांसदहरूले नियमावलीका विभिन्न प्रावधानमा संशोधन गर्न सुझाव दिएका हुन् ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नियमावलीको प्रस्तावनामै प्रश्न उठाए । उनले प्रस्तावनामा समावेश गरिएको ‘बाधा अड्काउ फुकाउ’ सम्बन्धी व्यवस्था सरकारका लागि संसद छल्ने माध्यम बन्न सक्ने बताए ।

नियमावलीमा ‘असंसदीय शब्द’ सँगै ‘असंसदीय संकेत’ भन्ने व्यवस्था पनि समावेश गर्नुपर्ने उनले बताए । शून्य, विशेष तथा आकस्मिक समयमा उठाइएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले तीन दिनभित्र दिनुपर्ने व्यवस्था गर्नुपर्ने उनको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले विधेयक निर्माणका क्रममा जनताको सुझाव अनिवार्य रूपमा लिनुपर्ने बताए । उनले सामाजिक तथा सांस्कृतिक उत्पीडनसम्बन्धी घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्ने व्यवस्था नियमावलीमै समावेश गर्नुपर्ने उल्लेख गरे ।

साथै, फौजदारी अभियोग लागेका सांसदहरूको पद स्वत: निलम्बन हुने व्यवस्था गर्नुपर्ने माग गर्दै हाल तीन वर्ष कैद सजाय तोकिएका सांसदको मात्रै पद निलम्बन हुने व्यवस्था गरिएकोप्रति आपत्ति जनाए ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नियमावलीलाई थप लोकतान्त्रिक बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले प्रत्येक साताको बुधबार प्रतिपक्षका लागि थप एक घण्टा समय उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रश्ताव गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नियमावली संसदभन्दा बाहिर लागू हुने गरी बनाउन नहुने बताइन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
प्रतिनिधिसभा नियमावली, राप्रपा, राष्ट्रिय समाचार, श्रम संस्कृति

राप्रपा र श्रम संस्कृतिले हटाउन माग गरेको नियम २५९ मा के छ ?

संविधानको धारा १०३ अनुसार संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन ।
unnamed 1
प्रतिनिधिसभा नियमावली, प्रमुख समाचार (Home)

प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा संशोधनका लागि समय खुला

४ जेठ, काठमाडौं । प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा संशोधनका लागि समय खुला भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै सभामुखले यसमा संशोधन राख्ने सांसदका लागि समय खुला भएको घोषणा गरेका हुन् । छलफलमा विपक्षी दलहरूले प्रस्तावित व्यवस्थामा रहेका […]
unnamed 1
प्रतिनिधिसभा नियमावली, मेन स्टोरी

विपक्षी सांसदलाई बाँडिएको ‘प्रतिनिधिसभा नियमावली २१९’ खाली

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए । 
unnamed 1
प्रतिनिधिसभा नियमावली, प्रमुख समाचार (Home)

प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि नेकपाले संशोधन पेश गर्ने

२८ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको पार्टीको संघीय संसदीय दलको बैठकले आजबाट सुरु हुने संसद् अधिवेशनमा पार्टीले गर्ने विविध विषयमा छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । उनका अनुसार संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान […]
unnamed 1
छुटाउनुभयो कि?, प्रतिनिधिसभा नियमावली, राष्ट्रिय समाचार, सिफारिस

प्रतिनिधिसभा नियमावलीको २५९ : सांसदलाई विशेषाधिकार, अन्य कानुन नलाग्ने !

प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको नयाँ नियमावली मंगलबार सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । नयाँ नियमावलीमा थपिएको एउटा ‘नियम २५९’ अर्थपूर्ण छ ।
unnamed 1
प्रतिनिधिसभा नियमावली, राष्ट्रिय समाचार

यस्तो बन्यो प्रतिनिधिसभा नियमावलीको मस्यौदा

प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो ।
unnamed 1
प्रतिनिधिसभा नियमावली, मेन स्टोरी

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइँदै

८ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइँदै छ । मस्यौदा समितिले पाएको समयावधि आजबाट सकिने भएकाले आज सभामुखलाई मस्यौदा बुझाउने तयारी गरिएको हो । मध्याह्न १२ बजे बस्ने मस्यौदा समितिको बैठकबाट सहमति जुट्न बाँकी विषयमा सहमति जुटाएर दिउँसो ३ बजे सभामुखलाई मस्यौदा बुझाउने तयारी रहेको समिति सदस्य यज्ञमणि न्यौपानेले जानकारी दिए । प्रतिनिधिसभाको […]
unnamed 1
प्रतिनिधिसभा नियमावली, मेन स्टोरी

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिबाट पारित गर्ने तयारी

७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिबाट आज पारित गर्ने तयारी छ । मस्यौदा समितिका सभापति गणेश पराजुलीका अनुसार महाभियोग लगायतका विषयसँग सम्बन्धित केही काम आजका लागि राखिएको छ । अन्य सबै विषय टुंगोमा पुगिसकेको छ । मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा पनि मंगलबार सकिँदैछ । अधिकांश विषयमा सहमति जुटिसकेकाले आजको बैठकबाट मस्यौदालाई […]
Scroll to Top