जनवरीको तथ्यांकलाई आधार मान्ने हो भने सरकारले खाडी मुलुकमा रहेका १७ लाख २९ हजार नेपालीलाई ल्याउन स्वदेशी जहाज प्रयोग गर्नुपर्ने भयो भने क्षमताले १९ महिना भन्दा बढी महिना लाग्ने देखिन्छ ।
आर्थिक दृष्टिकोणले यो सङ्कटले नेपाललाई आत्मनिर्भरताको वास्तविक अर्थ बुझाएको छ । ऊर्जामा आत्मनिर्भर हुनु भनेको अब पेट्रोलियम खानीको खोजी गर्नुमात्र होइन, बरु इन्धनको परनिर्भरतालाई स्वदेशी जलविद्युत्ले विस्थापन गर्नु हो भन्ने यथार्थ स्पष्ट भएको छ ।
लहडको भरमा मतदान गर्न हुँदैन । राजनीतिक संस्कार नभएका व्यक्ति संसद अथवा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुनसक्छ । त्यस कारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो ।
२० फागुन, सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन् । जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएको हो । उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए । […]
२० फागुन, काठमाडौं । निर्वाचनसँग सम्बन्धित ऐनअनुसार निर्वाचनको समयमा कानुनले बर्जित गरेका कार्य गरे दण्डनीय हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आयोग ऐन २०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ मा कसूर र सजाय सम्बन्धी व्यवस्था छ । यी ऐनहरू र निर्वाचन आचारसंहिता विपरीतको कार्य भए/नभएको निर्वाचन आयोग स्वयमले अनुगमन र […]
अगुवा मात्रै होइन, सबै पछुवा पनि पागलपना वा सनकीपनाको रोगी हुँदा, उनीहरूसँग आफूलाई पनि एकाकार गर्दा, अगुवाहरूले बुनेका अर्धसत्य, झुट र मिथकमाथि आँखा चिम्लेर विश्वास गर्दा व्यक्ति मात्रै होइन, कहिले समुदाय, कहिले नश्ल–जाति–राष्ट्र–देश नै सामूहिक रूपमा सनकी हुन पुग्छ र संसारले सजाय भोग्नुपर्ने हुन्छ।
अहिले मतदान स्थलमा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने काम भइरहेको छ ।