१९ फागुन, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ । मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो । उक्त झडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । […]
१९ फागुन, स्याङ्जा । स्याङ्जाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुर्याइएको छ । जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक सामग्री सोमबार नै पुर्याइएको हो । जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेपछि सामग्री हस्तान्तरण गरेको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले मतदान केन्द्रमा खटिने […]
बिहीबार हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।