काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विद्यार्थी संगठन

Auto Added by WPeMatico

unnamed 1
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी संगठन, विशेष

सरकार र विद्यार्थी संगठन आमने-सामने



१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस र विभागहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दियो ।

सोमबार त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरी सरकारको निर्णयअनुसार संरचना हटाउन भनेको हो ।

‘दलीय विद्यार्थीको संगठनका संरचना भए हटाउन भनेको हो,’ रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले भने ।

त्रिविको निर्णयमा विद्यार्थी संगठनले भने असन्तुष्टि जनाएका छन् । सरकारले ६० दिनभित्र विद्यालय-विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो । सोहीअनुसार त्रिविले संरचना हटाउन निर्देशन दिएको हो ।

No description available.

संगठनका कारण शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप भएको, विद्यार्थीको वास्तविक आवाज नसमेटिएको र शैक्षिक गुणस्तरमा गिरावट आएको निष्कर्ष सरकारको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको हकमा भने अहिले कुनै निर्णय भएको छैन । यो विषय अदालतमा विचाराधीन भएकाले अदालतको निर्णय पर्खनु पर्ने त्रिविको भनाइ छ ।

‘स्ववियुको सवालमा अहिले केही बोल्न मिल्दैन । यो अदालतमा विचाराधीन रहेको विषय हो । अदालतले जे निर्णय गर्छ त्यही हुने हो,’ रजिस्ट्रार चालिसेले भने । त्रिवि सभामा स्ववियु सभापतिहरूमध्येबाट २ जना सदस्य हुने व्यवस्था छ ।

क्याम्पसमा दल निकट संघ-संगठनका संरचना नभएको स्ववियुको दाबी छ । ‘विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) लगायतका संगठनहरूको कुनै पनि भौतिक संरचना छैन,’ त्रिवि, विश्वविद्यालय क्याम्पसका स्ववियु सभापति दीपक जोशीले भने ।

विद्यार्थी संगठन खारेजको विषयलाई लिएर सरकार र संगठनका नेताहरू आमनेसामने भएका छन् ।

विद्यार्थी संगठनलाई संरचना दिएको छैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संगठनहरूलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो ।

‘क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी सठनहरूलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपभोग गर्न दिइएको छैन । यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन मिति २०८३/०३/१५ मा पत्राचार गरिएको छ,’ त्रिविको पत्रमा भनिएको छ ।

विद्यार्थीको अधिकारमाथि हस्तक्षेप : विद्यार्थी संगठन

विद्यार्थी संगठनको संरचना हटाउने त्रिविको निर्णयमा विद्यार्थी नेताहरूले आपत्ति जनाएका छन् । १० वटा विद्यार्थी संगठनले दलीय विद्यार्थी संगठनका नाममा विज्ञप्ति जारी गरी विद्यार्थीको अधिकारमाथि हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।

‘सरकार, अनुदान आयोग र त्रिभुवन विश्वविद्यालय प्रशासनलाई चेतावनी दिन चाहन्छौँ- आफ्नो निरंकुश, स्वेच्छाचारी तथा न्यायालयको अवज्ञा गर्ने निर्णय तत्काल फिर्ता गरियोस् । विद्यार्थी अधिकारमाथिको हस्तक्षेप, न्यायालयको अवहेलना र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको प्रहार कुनै हालतमा स्वीकार्य हुने छैन,’ विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतको मिति २०८३ वैशाख २८ गतेको अल्पकालीन अन्तरिम आदेशको अवहेलना भएको ठहर विद्यार्थी संगठनको छ ।

‘दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन जारी गर्नु न्यायिक मर्यादा, संवैधानिक व्यवस्था तथा लोकतान्त्रिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ ।

संरचना हटाउने निर्णय गैरकानुनी : स्ववियु

राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस र विभागबाट विद्यार्थी संगठन हटाउने निर्णय गैरकानुनी भएको टिप्पणी गरेको छ ।

‘सरकारको यो गैरकानुनी, अदालतको आदेशको बर्खिलाप तथा संविधानको मर्म र विधिको शासनविपरीत रहेको नीतिलाई सम्मानित सर्वोच्च अदालतले बदर गर्नेछ भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ,’ विश्वविद्यालय क्याम्पसका स्वविय अध्यक्ष दीपक जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप भएको निष्कर्ष स्ववियुको छ । ‘यो कदम वर्तमान सरकारको अज्ञानताको पराकाष्ठा हो । विश्वविद्यालय ज्ञानको भण्डार र विचार विमर्श हुने प्राज्ञिक थलो हो । यहाँका वर्तमान पदाधिकारीहरूले सरकारलाई विश्वविद्यालयमा दलीय संरचना नरहेको यथार्थ जानकारी गराउन नसक्नुले विश्वविद्यालय अब स्वायत्त रहेन भन्ने स्पष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउन स्ववियुले माग गरेको छ । ‘उच्च शिक्षाको बेथिति अन्त्यका लागि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य हुनुपर्छ,’ स्ववियुले भनेको छ ।

विश्वविद्यालयको ऐनले पनि दलका भ्रातृ संस्थालाई चिनेको छैन । तर स्ववियुमा दलीय संगठनसँग नजिक भएका विद्यार्थी स्ववियुमा निर्वाचित हुने गरेका छन् । साथै, स्वतन्त्र समूह बनाएर पनि स्ववियुमा सहभागी हुने गरेका छन् ।

सरकारले स्ववियुको सट्टामा स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्र बनाउने योजना अगाडि सारेको छ ।




लेखक

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
मेन स्टोरी, विद्यार्थी संगठन

विद्यार्थी संगठनमा प्रतिबन्धको तयारीविरुद्ध प्रदर्शन (तस्वीरहरू)

१ जेठ, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका छन् । ६२औँ विद्यार्थी दिवसको अवसरमा संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्‍याली प्रदर्शन गरेका हुन् । विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्‍याली गरेका हुन् । ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’ भन्ने शुक्रबार विद्यार्थी दिवस मनाइँदै छ । विरोध र्‍यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता […]
unnamed 1
राष्ट्रिय समाचार, विद्यार्थी संगठन, सर्वोच्च अदालत

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठनहरु खारेज नगर्न आज अल्पकालीन अन्तरिम आदेश दिएको हो । […]
unnamed 1
राष्ट्रिय समाचार, विद्यार्थी संगठन, सरकार, सर्वोच्च अदालत

खारेज गर्ने निर्णयविरुद्ध अदालत पुगे आठ विद्यार्थी संगठन

उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् ।
unnamed 1
इम्मानुएल कान्ट, देवीप्रसाद सुवेदी, मिसेल फुको, राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठन, विद्यार्थी संगठन खारेजी, विश्वविद्यालय

शैक्षिक संस्थाबाट राजनीति प्रतिबन्धको भ्रम

शिक्षालयहरूलाई ‘राजनीति निषेधित क्षेत्र’ होइन, ‘दलीय हस्तक्षेप मुक्तक्षेत्र’ बनाउनुपर्दछ। किनभने, विद्यार्थी संगठनहरू ‘पार्टीका क्याडर’ बाट ‘शिक्षाका पहरेदार’ मा रूपान्तरित भए मात्र हाम्रा विश्वविद्यालयले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सचेत जनशक्ति उत्पादन गर्न सक्नेछन्।
unnamed 1
खारेज, राष्ट्रिय समाचार, विद्यार्थी संगठन, विपक्षी दल

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन विपक्षीको माग

सरकारले आफ्नो शासकीय सुधारको कार्योजनामा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
unnamed 1
कोमल भट्टराई, दलीय विद्यार्थी संगठन प्रतिबन्ध, बालेन सरकार, राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठन

विद्यार्थी संगठनमाथि हस्तक्षेप: सरकारको प्रत्युत्पादक कदम

विद्यार्थी जैविक क्रियाका कारण स्वत्व स्थापित गर्न समाज र संगठनहरूमा आइपुगेका हुन्छन्। तिनीहरूको गन्तव्य बालेन सरकारका फर्मान र लाठीहरूको प्रहारबाट रोकिंदैन।
unnamed 1
राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठन

‘विद्यार्थी संगठनलाई प्रतिबन्ध होइन, नियमन गरौं’

विश्वविद्यालयमा विद्यार्थी संगठनहरूको अति राजनीतीकरण भएको छ । यसलाई त नियमन गर्ने हो । संगठनलाई प्रतिबन्ध लगाउने होइन ।
unnamed 1
प्रधानमन्त्री, राष्ट्रिय समाचार, विद्यार्थी संगठन

विद्यार्थी संगठन खारेजीबाट सरकार पछि नहट्ने

सिंहदरबारमा प्रधानमन्त्री बालेनले ३ घण्टा छलफल गरे । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहसँग उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या पनि सुनाए । 
unnamed 1
नेकपा, राष्ट्रिय समाचार, विद्यार्थी संगठन

नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन

२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । […]
Scroll to Top