राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका समानुपातिक मत र उम्मेदवारको मतबीच तुलना गरिएको छ ।
परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले देशैभर प्रत्यक्षमा कुल १२५ सिट जितेको छ ।
अहिलेको यो चुनाव हेर्दाखेरि परिणाम चाहिँ जनताले चाहेजसरी आउँदो रहेछ भन्ने कुरा प्रमाणित भएको छ। खराब शासनको परिणाम मतदाताले दिन्छन् भन्ने कुरा नेपालमा फेरि एकपटक राम्रोसँग पुष्टि भएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा पराजित हुनुमा बालेन लहर प्रमुख फ्याक्टर रह्यो । त्यसका अतिरिक्त सुरेन्द्र–वीरेन्द्रको छवि, भित्रिएका नेताहरुबाट अपेक्षित मत ट्रान्सफर नहुनु र भाषागत समस्या रहे ।