काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

मधेश

Auto Added by WPeMatico

unnamed 1
मधेश, मधेश प्रदेश, विशेष

मधेशमा नयाँ सत्ता गठबन्धनमा खटपट : ९ बुँदे सहमति पत्र कार्यान्वयनमा भएन हस्ताक्षर




११ जेठ, जनकपुरधाम । मधेशमा आइतबार अपराहन्न सरकार विस्तारको तयारी थियो । शपथ ग्रहण गर्न नेकपा एमालेबाट मन्त्री बन्ने तीन सम्भावित प्रदेश सांसद पनि मुख्यमन्त्री कार्यालयमा आइपुगेका थिए ।

एमालेले तीनजना मन्त्रीको नामसमेत दिइसकेको छ । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच्किदा सरकार विस्तार नै रोकिएको छ । अबेर साँझ मन्त्रीको शपथ लिन आएका प्रदेश सांसदहरु निराश भई रित्तै फर्किएका छन् ।

एमालेबाट मन्त्री बन्ने सम्भावित लिस्टमा प्रदेश सांसदहरु सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास आएका थिए । उनीसँगै गत बिहीबार विनाविभागीय मन्त्रीको शपथ लिएका मोहमम्मद समिर पनि आएका थिए ।

‘हामीलाई शपथ खान भनेर चार बजे नै बोलाएको थियो । हामी आएर मुख्यमन्त्री कार्यालयमा बसिरह्यौं । तर, नेकपाका नेता नै आएन । बाटो कुर्दाकुर्दा आज अबेर साँझ हामी फर्कियौं’, शपथ लिन आएका एक प्रदेश सांसदले सुनाए ।

गत बिहीबार मात्र मधेशमा सत्ता समीकरण फेरिएको थियो । कांग्रेसबाट मुख्यमन्त्री रहेका कृष्णप्रसाद यादवले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनजना मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराउन मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ खुवाएका थिए ।

तर नयाँ समीकरण बनेको तीन दिनमै सत्ता गठबन्धनमा खटपट आएको हो । एक प्रदेश सांसदका अनुसार तीन दलीय सत्ता गठबन्धन बन्दा नौं बुँदे सहमति भएको थियो । तर, त्यो सहमति पत्रमा हस्ताक्षर भने भएको छैन । नौं बुँदे सहमति पत्रमा हस्ताक्षर र कार्यान्वयनका बुँदामै मतभेद भएको छ । नेकपा उक्त सहमतिमा हस्ताक्षर र कार्यान्वयन पहिलो सर्त राखेको छ ।

सहमतिमा आगामी बजेट एक करोडभन्दा कमको नबनाउने, खुल्ला प्रतिस्पर्धामार्फत योजना कार्यान्वयन गर्ने, भौतिक पूर्वाधार तर्फ कम र शिक्षा, स्वास्थ्य र कृषि तर्फ बढी बजेट विनियोजन गर्ने, सुशासनमा जोड दिने लगायतको नौं बुँदे सहमति छ । तर त्यसमा हस्ताक्षर गर्न र कार्यान्वयन गर्न काँग्रेस र एमाले तयार नरहेको ती सांसदको दाबी छ ।

‘विगतका बेतिथि नियन्त्रण गर्न नौ बुँदे सहमति कार्यान्वयनमा हाम्रो जोड छ । तर काँग्रेस र एमाले विगत जस्तै टुक्रे योजना बनाउने, उपभोक्ता समिति मार्फत काम गर्ने तर्फ जोड दिइरहेका छन्’, सुनाउँदै उनले प्रश्न गरे, ‘यदि यही अवस्था रह्यो भने यो सरकारमा रहेको के औचित्य । बरु यसको विकल्प खोज्छौं ।’

अर्थ मन्त्रालयमै बार्गेनिङ भन्दा नीतिगत कुरामा मतभेद छ । अर्थ मन्त्रालय दिएपनि विगतको बेथितिलाई रोक्न नसके त्यसको अपजसको भारी नेकपालाई पनि पर्ने नेताहरु बताउँछन् । आफ्नो सर्त पालना नभए सरकारबाट समर्थन फिर्ता लिने चेतावनी समेत नेकपाले दिएको छ । यसले सरकार संकटमा पुगेको छ ।

हिजोदेखि कांग्रेस, एमालेका नेताहरुसँग नेकपाको संवाद समेत रोकिएको छ । एमालेका एक सांसदका अनुसार नौ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भए अहिलेको जटिलता आउने थिएन ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


<# } #>

unnamed 1
मधेश, राष्ट्रिय समाचार

मधेशमा एमालेका मोहम्मद समिर मन्त्री नियुक्त, जसपाका तीन जना बर्खास्त

जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
unnamed 1
मधेश, राष्ट्रिय समाचार

मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

जनमतले गत वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए ।
unnamed 1
नगरपालिका, प्रमुख समाचार (Home), मधेश, विपन्न छात्रा

विद्यालयमा टिकाइराख्न विपन्न छात्रालाई नगरपालिकाको सहयोग

४ जेठ, सिरहा । ‘मेरो मनमा कहिल्यै विद्यालय जान पाइन्छ भन्ने लागेको थिएन। गाउँमै म्याडमहरूले पढाउन थालेपछि पढ्ने रहर जाग्यो। अहिले विद्यालयमा नाम पनि लेखियो, आज झोला र पोशाक पनि पाएँ। अब म नियमित विद्यालय जान्छु’, कर्जन्हा नगरपालिका–५ की अञ्जली सदायले खुशी सुनाइन्। विद्यालय पोशाक र झोला पाएपछि कर्जन्हा नगरपालिकाका विपन्न तथा दलित परिवारका किशोरीहरू […]
unnamed 1
कृष्णप्रसाद यादव, जनमत पार्टी, प्रमुख समाचार (Home), मधेश, मधेश प्रदेश

मधेशका मुख्यमन्त्री यादवको विपक्षमा मतदान गर्न जनमतको ह्वीप

१ जेठ, जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । उसले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन […]
unnamed 1
कृष्णप्रसाद यादव, प्रमुख समाचार (Home), मधेश, मधेश प्रदेश, विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

१ जेठ, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बोलाइएको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो […]
unnamed 1
प्रदीप यादव, प्रमुख समाचार (Home), बौधीमाई नगरपालिका, मधेश, मधेश प्रदेश, योजनाका चिठी बिक्री’, रानीकुमारी तिवारी

योजनाका ‘चिठी बिक्री’ प्रकरण : मधेशका शिक्षामन्त्री र मेयरबीच विवाद

३० वैशाख, जनकपुरधाम । विभिन्न योजनाका ‘चिठी बेचेको’ विषयलाई लिएर मधेशको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी र रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवबीच विवाद भएको छ । मन्त्री तिवारीकै कार्यकक्षमा सोमबार दुईजनाबीच विवाद भएको हो । बिचौलियाले चिठीका लागि फोन गर्ने गरेको विषयमा गुनासो गर्न जाँदा विवाद भएको मेयर यादवले बताए । मेयर यादवका […]
unnamed 1
दुर्घटना, प्रदेश समाचार, प्रमुख समाचार (Home), मधेश, सर्लाही

सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२८ वैशाख, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८:१५ बजे […]
unnamed 1
दुर्घटना, प्रदेश समाचार, प्रमुख समाचार (Home), मधेश, सर्लाही

सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२८ वैशाख, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८:१५ बजे […]
Scroll to Top