क्षमताभन्दा बढी बजेट ल्याउँदा सरकार आर्थिक जोखिममा परेको छ । योजना कार्यान्वयन भए ठेकेदार र उपभोक्तालाई भुक्तानी गर्न नसक्ने स्थिति निम्तिने डर सरकारलाई छ ।
१० चैत, सिरहा । सिरहामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौन्धन्दा कार्यमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार, पहिलो घटना लहान नगरपालिका–८ […]
९ चैत, सिरहा । सवारी दुर्घटना न्यूनीकरणका लागि लहानमा विभिन्न सवारी साधनहरुको यान्त्रिक अवस्था जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहा तथा यातायात व्यवस्था कार्यालय लहान, सिरहाको प्राविधिक इन्जिनियर विशेषज्ञ टोलीको संयुक्त सहकार्यमा लहान नगरपालिका–१ स्थित कार्यालय अगाडि सवारी साधनहरुको प्राविधिक परीक्षण गरिएको हो । ट्राफिक प्रहरी वरिष्ठ नायव निरीक्षक अनरुध भुजेलका […]
८ चैत,जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, […]
७ चैत, सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मत गरेको पैसा नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटना ६ चैत अपराह्न करिब ४ : ५० बजेको हो । स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि घटनाले […]
४ चैत, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन महिनाभर अपराध नियन्त्रण, शान्ति सुरक्षा र सेवा प्रवाहमा उल्लेखनीय सक्रियता देखाएको जनाएको छ । प्रहरीद्वारा सार्वजनिक प्रेस विज्ञप्तिअनुसार उक्त अवधिमा विभिन्न क्षेत्रमा कार्यसम्पादन प्रभावकारी देखिएको छ । फागुन महिनामा कुल ७४ वटा विभिन्न प्रकृतिका अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । ज्यानसम्बन्धी, चोरी, सवारी, आर्थिक तथा सामाजिक […]
२८ फागुन, काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ १ लाख ८७ हजार ९०१ मत पाएको छ । तर, मधेश प्रदेशमा एमालेका तर्फबाट उम्मेदवारहरूले पाएको मत जोड्दा भने समानुपातिकतर्फ पाएको भन्दा बढी हुन्छ । एमालेले मधेशका ३२ मध्ये सबै क्षेत्रमा उम्मेदवार उठाएको थियो । प्रत्यक्षतर्फ एउटा क्षेत्रमा पनि जित निकाल्न सकेन । चार क्षेत्रमा दोस्रो, […]
२८ फागुन, काठमाडौं । मधेश प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छ । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० क्षेत्रमा जित हासिल गरेको छ । एउटा क्षेत्रमा उसको उम्मेदवारको उम्मेदवारी नै खारेज भएको थियो भने अर्को एउटा क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए । धनुषा १ मा रास्वपाका तर्फबाट किशोरी साह कमल उम्मेदवार थिए । उनको नाम […]
२१ फागुन, सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमाका चारै निर्वाचन क्षेत्रमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘अहिलेसम्म चारवटै निर्वाचन क्षेत्रमा गरी ५० प्रतिशत भन्दा बढी मत खसिसकेको छ ।’ उनका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्र मध्ये कैदीबन्दीका लागि […]