काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

सिरहा

Auto Added by WPeMatico

unnamed 1
छोटी भन्सार, प्रमुख समाचार (Home), सिरहा

बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै स्थानीयवासीले सडक आन्दोलन जारी राखेका छन् ।
  • सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गरी बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
  • आन्दोलनका संयोजक विनोद यादवले भने- यो आन्दोलन सीमावर्ती क्षेत्रका सर्वसाधारणको जीवन र स्थानीय अर्थतन्त्र जोगाउनका लागि हो ।

१२ जेठ, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय पुन: सञ्चालनको माग गर्दै स्थानीयवासीहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारले छोटी भन्सार बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रका साना व्यापारी, मजदुर तथा दैनिक किनमेल गरेर जीविका चलाउने परिवारहरूले आफूहरु प्रत्यक्ष प्रभावित भएको गुनासो गरेका छन् ।

पटक–पटक आन्दोलन, धर्ना, ज्ञापनपत्र तथा चक्काजाम गर्दा पनि माग सुनुवाइ नभएपछि बाध्य भएर सडक संघर्षमा उत्रिनुपरेको स्थानीयवासीहरूको भनाइ छ ।

आन्दोलनका संयोजक तथा बरियारपट्टी गाउँपालिका–३ का अध्यक्ष विनोद यादवले आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि नभएको स्पष्ट पारे । ‘यो आन्दोलन सीमावर्ती क्षेत्रका सर्वसाधारणको जीवन र स्थानीय अर्थतन्त्र जोगाउनका लागि हो,’ उनले भने, ‘सरकारले तत्काल निर्णय पुनर्विचार गरी छोटी भन्सार पुन: सञ्चालन गर्नुपर्छ, अन्यथा आन्दोलन अझ सशक्त हुन्छ ।’

निर्मला देवी यादवले व्यवस्थित रुपमा छोटी भन्सार सन्चालन हुनुपर्ने बताइन् । ‘यही नाकाबाट सानो व्यापार गरेर छोराछोरी पढायौं, घर चलायौं । अहिले भन्सार बन्द भएपछि चुल्हो बाल्नै समस्या भएको छ,’ उनले भनिन्, ‘व्यवस्थित रूपमा छोटी भन्सार सञ्चालन गरियोस् भन्ने मात्र हाम्रो माग हो ।’

उनका अनुसार भन्सार बन्द भएपछि सीमावर्ती क्षेत्रमा व्यापारिक गतिविधि ठप्पजस्तै बनेको छ भने स्थानीय बजारसमेत सुनसान हुन थालेका छन् ।

स्थानीय रामेश्वर यादवले छोटी भन्सार बन्दले नेपाल–भारतबीचको परम्परागत ‘रोटी–बेटी सम्बन्ध’समेत प्रभावित भएको गुनासो गरे । सीमावर्ती क्षेत्रमा दैनिक आवतजावत र सानो किनमेल जीवनको अभिन्न हिस्सा रहेकाले छोटी भन्सार बन्द हुँदा सामाजिक तथा आर्थिक दुवै क्षेत्रमा असर परेको उनको भनाइ छ ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय स्तरमा आन्दोलन हुँदै आएको छ ।

आन्दोलनकारीहरूले वैशाख २५ गते बिहान ७ बजेदेखि ११ बजेसम्म हुलाकी राजमार्गमा चक्काजाम गरेका थिए । त्यसपछि वैशाख २६ गते र्‍यालीसहित कोणसभा तथा वैशाख २७ गते दिनभर बजार बन्दसहित मसाल जुलुससमेत आयोजना गरिएको थियो ।

तर शान्तिपूर्ण आन्दोलनबाट पनि माग सम्बोधन नभएपछि आन्दोलनकारीहरूले जेठ ११ गते सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
राष्ट्रिय समाचार, सिरहा, सुकुमवासी

त्रासमा सिरहाका सुकुमवासी : ‘हाम्रो मतले बनेको सरकारले हाम्रै घर भत्काउँछु भन्छ !’

‘हामीलाई सडकमा आउन कुनै रहर थिएन,’ रामसौगर देवी सदाय भन्छिन्, ‘दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका छौं । परिवर्तन हुन्छ भन्ने आशामा भोट दिएर जितायौं । तर अहिले उल्टै हाम्रो घर भत्काउँछु भन्छ !’
unnamed 1
जाहेरी दर्ता, राष्ट्रिय समाचार, सिरहा

सडक खोल्न युवक रुखमा बाँधिएको घटनामा वडाध्यक्षविरुद्ध जाहेरी दर्ता

वडाध्यक्ष जीवछ यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो । त्यसक्रममा वीरेन्द्र साहले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधेर त्यहाँ बनेका संरचना डोजरले भत्काइएको भनिएकाे छ ।
unnamed 1
प्रमुख समाचार (Home), वडाध्यक्ष, सडक खाली, सिरहा

सडक खाली गराउने भन्दै वडाध्यक्षले स्थानीयलाई रुखमा बाँधे

सडक अतिक्रमण हटाउने क्रममा वडाध्यक्ष यादवले स्थानीय वीरेन्द्र साहको हात रुखमा बाँधेर अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, लागुऔषध, सिरहा

सिरहाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ गरेको छ ।
unnamed 1
छोटी भन्सार, मधेश, राष्ट्रिय समाचार, सिरहा

सिरहाको छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयको विरोधमा हुलाकीमार्ग अवरुद्ध

आन्दोलनमा सहभागीहरुले बरियारपट्टी छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), सिरहा

सिरहामा उच्च गर्मी, प्रशासनले भन्यो– अनावश्यक घरबाहिर ननिस्किनू

गर्मीले जनजीवन प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र अनावश्यक घरबाहिर ननिस्किन आग्रह गरेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), सिरहा, हावाहुरी

हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु

६ वैशाख, सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ । हावाहुरीले शनिबार राति करिब ८ : ४५ बजे घरको पर्खाल भत्काउँदा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाएपछि […]
unnamed 1
प्रमुख समाचार (Home), सिरहा

सिरहामा कारको ठक्करबाट साइकल यात्री घाइते

२१ चैत, सिरहा । सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार सदायलाई ठक्कर दिएको हो । दुर्घटनापछि गम्भीर अवस्थामा रहेका […]
Scroll to Top