२४ फागुन, हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् । निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित […]
काठमाडौं । सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी विपक्षी समूह र इराकका कुर्दिस नेताहरूलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा उनीहरूसँग सक्रिय छलफल गरिरहेको सीएनएन दाबी छ । इरानी कुर्दिस सशस्त्र समूहका हजारौं लडाकुहरू इराक-इरान सीमा क्षेत्रमा, विशेष गरी इराकको कुर्दिस्तान क्षेत्रमा […]
२४ फागुन,काठमाडौं । महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी भएकी छन् । जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । विजयी भएकी गौरीले ३० हजार १३२ मत पाइन् भने जसपा नेपालका यादवले ८७४२ मत मात्रै पाए । तेस्रो भएका कांग्रेसका महेन्द्रकुमार रायले ६९४४, एमालेकी निलम अधिकारीले ६१९२ र नेकपाका भरतप्रसाद साहले ५३३६ […]
कहिलेकाहीँ यात्राहरू केवल ठाउँ बदल्नका लागि हुँदैनन् । ती यात्राहरू सम्बन्धको गहिराइ महसुस गर्न र जीवनका केही मौन कर्तव्य पूरा गर्नका लागि पनि हुन्छन् । जीवनभर खेत, माटो, गाईभैँसी र मौसमसँगै बाँच्नुभएका मेरा आमाबुबालाई लिएर म त्यस्तै एउटा यात्रामा निस्कँदै थिएँ-समुद्रपारको एउटा टापुतिर, चारधाममध्ये एक धाम, रामेश्वरमतिर । यो केवल तीर्थयात्रा मात्र थिएन । सायद […]
४ फागुन, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाएका छन् । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]
२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि कडा टिप्पणी गर्दै बेलायतलाई अब अमेरिकाको युद्धमा विमानवाहक जहाज पठाउन आवश्यक नरहेको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले बेलायतले मध्यपूर्वमा आफ्ना दुईवटा विमानवाहक जहाज पठाउने सोच बनाइरहेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन् , “हामीलाई अब ती […]
२४ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशनमाथि प्रश्न उठ्न सुरू भएको छ । विशेष महाधिवेशनबाट चयन भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सभापति गगन थापासहितका पदाधिकारीहरू सबै पराजित भएपछि नियमित पक्षधर नेताहरूले प्रश्न उठाउन थालेका हुन् । कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले विशेष महाधिवेशनको औचित्य समाप्त […]