काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

हर्क साम्पाङ

Auto Added by WPeMatico

unnamed 1
विशेष, श्रम संस्कृति पार्टी, सीमा विवाद, हर्क साम्पाङ

सभामुखलाई हर्क साम्पाङले सोधे : सीमा विवादबारे प्रधानमन्त्रीको बोली रेकर्डबाट कहिले हट्छ ?



News Summary

Generated by OK AI. Editorially reviewed.

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।
  • प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा नेपालले समेत भारतको जमीन मिचेको अभिव्यक्ति दिनुभएको थियो ।

१ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्नुपर्ने माग निरन्तर राख्दै आएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोधे, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

हर्क साम्पाङले भने– प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दा राम्रो

प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै हर्क साम्पाङले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’
unnamed 1
बालेन, राष्ट्रिय समाचार, संसद्‌मा बालेन, हर्क साम्पाङ

संसद्‌मा बालेन खोजिरहेका हर्क

प्रधानमन्त्री बालेनको खोजी गर्दै हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा पर्चासहित विरोध प्रदर्शन गरिरहेको छ । सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै चेतावनी दिएका छन् । हर्क भन्छन्- जनताका कुरा उठाउँदा निलम्बन हुन्छ भने तयार छौं ।    
unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

प्रधानमन्त्री संसद्‌मा नआएसम्म विरोध गरिरहन्छौं : हर्क साम्पाङ

६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिए । गृह मन्त्रालयमाथि सुकुमवासी बस्ती खाली गराए […]
unnamed 1
मेन स्टोरी, हर्क साम्पाङ

सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्बन हुन तयार छौं : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्बन हुनपनि तयार रहेको बताएका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), हर्क साम्पाङ

सभामुखले बोल्ने समय नदिएपछि हर्क साम्पाङ बैठक छाडेर हिँडे

‘प्रधानमन्त्रीलाई प्रश्न सोध्यो भन्ने हिसाबले यहाँहरूले जे खेलिरहनुभएको छ, यो नियममुताबिक छैन । संसद्को भावनामुताविक छैन ।’
unnamed 1
प्रतिनिधिसभा, प्रतिपक्षी दल, प्रधानमन्त्री, बालेन शाह, मुकदर्शक संसद्, राष्ट्रिय समाचार, रास्वपा, हर्क साम्पाङ

प्रधानमन्त्री संसद्‌मा आउँदैनन्, मन्त्री समितिमा जानुपर्दैन

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको अनुपस्थिति र संसदीय समितिमा विभागीय मन्त्री उपस्थित नभए पनि बैठक बस्न सक्ने गरी बनाउन लागिएको नयाँ नियमले संसद्‌लाई मूकदर्शक बनाउने खतरा बढाएको छ।  
unnamed 1
प्रमुख समाचार (Home), हर्क साम्पाङ

छातीमा पर्चा टाँसेर संसद्को रोस्टममा हर्क साम्पाङ

छलफलमा भाग लिँदै आफ्ना सुझाव राख्न रोस्टमको प्रयोग गर्दा उनले छातीमा टाँसेको पर्चा कायमै राखेका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ

उनले भने, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ । काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन ।’
unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

सदनमा हर्क साम्पाङको प्रश्न : ‘यो सरकारमा प्रधानमन्त्री छन् कि छैनन् ?’

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका छन् ।
Scroll to Top