२१ फागुनको निर्वाचनबाट मतदाताले ९० प्रतिशत नयाँ जनप्रतिनिधि चयन गरेका छन् । अनुभव र परिपक्वताका प्रश्नहरू सामना गर्दै जनमुखी काम गर्नु उनीहरूको चुनौती हो ।
सरकारले तत्कालका लागि इन्धन र खाद्यान्नको ठूलो संकट नहुने आश्वासन दिए पनि दीर्घकालीन योजना अभावमा युद्ध लम्बिए उपभोक्ताले थप सास्ती भोग्नुपर्ने जोखिम भने कायमै देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले जित हात पारे । यो क्षेत्रलाई ‘हट सिट’ मानिन्थ्यो । कारण – यहाँ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा जस्ता शीर्ष नेताहरूबीच प्रतिस्पर्धा थियो । तर, २९ वर्षीय सस्मितले सबैलाई फराकिलो मतान्तरले पछि पारे । उनले […]
२७ फागुन, इनरुवा (सुनसरी) । सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको […]
२७ फागुन, काठमाडौं । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ । दूतावासले आज जारी गरेको अनुरोध पत्रमा भनिएको छ, ‘आधिकारिक रुपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर […]
चार महिना अघि गठन भएको श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टीको रूपमा उदाएको छ । प्रत्यक्षमा ३ तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा पनि अब करिब ४ सिट जित्ने गरी मत ल्याएको छ ।
२७ फागुन, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ७ महिना अवधिमै यस्तो सञ्चिति २३.३ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको सञ्चिति रकम माघ मसान्तसम्म आउँदा ३३ खर्ब २ अर्ब रुपैयाँ बराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक […]