प्रतिपक्षको प्रतिवाद गर्न संसद्मा नियमापत्तिको सहारा लिँदै रास्वपा

News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका विषयमा रास्वपा सांसदहरूले नियमापत्ति जनाएका छन् ।
- सांसद रमेश कुमार मल्लको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले राज्यको प्रतिष्ठामा आँच आएको भन्दै आपत्ति जनाइन् ।
- कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई श्री ८ को संज्ञा दिएपछि रास्वपाका सांसद शिव शंकर यादवले सो भाषा रेकर्डबाट हटाउन माग गरे ।
३० असार, काठमाडौं । प्रतिपक्षको प्रतिवाद गर्न प्रतिनिधिसभामा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्तिको सहारा लिएका छन् ।
सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस अगाडि शंकास्पद गाडी पार्किङको विषयमा प्रतिपक्षी दलहरूले सरकारसँग दजवाफ मागिरहेका छन् । सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा पनि विपक्षी प्रश्न छँदैछ ।
सरकारलाई विपक्षीले गरेका प्रश्नको मर्म छाडेर सत्तारुढ रास्वपाका सांसदहरू सरकारको विरोधमा व्यक्त अभिव्यक्तिको शब्दमा गएर नियमापत्तिमा केन्द्रित भएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले ‘राज्य संरक्षित मान्छेहरूबाट न्युरोड लगायतका सडकहरूमा दिनभर जसो सडक जाम गरिएको’ बताए ।
साथै मिडिया हाउस अगाडि र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङ भएको बताए ।
‘प्रकारान्तरले देखियो राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो’ मल्लले भने ।
यो विषयको प्रतिवाद गर्दै रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गरिन् । उनले भनिन्, ‘विभिन्न स्थानमा पार्किङ गरिएका गाडीहरूको विषयलाई लिएर यसमा सिंगो राज्यको अपमान हुने गरी’ अभिव्यक्ति आएको बताइन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ को घ र ङ मा राज्यको प्रतिष्ठा र अपमान हुने गरी बोलेको बताएकी हुन् ।
‘राज्यको नैतिकता र शिष्टाचार प्रतिकुल हुने गरी उहाँले राज्यले परिचालन गरेको भन्ने शब्द प्रयोग गर्नुभयो । म यो शब्दप्रति घोर आपत्ति जनाउन चाहन्छु’ उनले भनिन्, ‘र नियमापत्ति यसकारण गर्न चाहन्छु, एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न पाइँदैन् ।’
सिंगो राज्यले परिचालन गरेको हो भने त्यो प्रमण संसद्मा दिनुपर्ने उनको माग छ । सरकारले यो घटनामा संलग्नलाई कारबाही गर्छु भनिसकेको अवस्थामा त्यसलाई विश्वास गर्नुपर्ने पनि उनको आग्रह छ ।
यसैगरी, नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङको विषयले सरकारको चरित्र देखाउने व्याखया गरे ।
त्यसक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई श्री ८ को संज्ञा दिए ।
उनले भने, ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’
उनका अनुसार सरकार यो पनि भन्दैछ, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’
सांसद राईको यस्तो अभिव्यक्ति लगत्तै रास्वपाका सांसद शिव शंकर यादवले नियमापत्ति गरे ।
उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ । संविधानले त्यो भाषा स्वीकार्दैन । सनदे त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
प्रतिपक्षको प्रतिवाद गर्न संसद्मा नियमापत्तिको सहारा लिँदै रास्वपा

News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका विषयमा रास्वपा सांसदहरूले नियमापत्ति जनाएका छन् ।
- सांसद रमेश कुमार मल्लको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले राज्यको प्रतिष्ठामा आँच आएको भन्दै आपत्ति जनाइन् ।
- कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई श्री ८ को संज्ञा दिएपछि रास्वपाका सांसद शिव शंकर यादवले सो भाषा रेकर्डबाट हटाउन माग गरे ।
३० असार, काठमाडौं । प्रतिपक्षको प्रतिवाद गर्न प्रतिनिधिसभामा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्तिको सहारा लिएका छन् ।
सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस अगाडि शंकास्पद गाडी पार्किङको विषयमा प्रतिपक्षी दलहरूले सरकारसँग दजवाफ मागिरहेका छन् । सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा पनि विपक्षी प्रश्न छँदैछ ।
सरकारलाई विपक्षीले गरेका प्रश्नको मर्म छाडेर सत्तारुढ रास्वपाका सांसदहरू सरकारको विरोधमा व्यक्त अभिव्यक्तिको शब्दमा गएर नियमापत्तिमा केन्द्रित भएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले ‘राज्य संरक्षित मान्छेहरूबाट न्युरोड लगायतका सडकहरूमा दिनभर जसो सडक जाम गरिएको’ बताए ।
साथै मिडिया हाउस अगाडि र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङ भएको बताए ।
‘प्रकारान्तरले देखियो राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो’ मल्लले भने ।
यो विषयको प्रतिवाद गर्दै रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गरिन् । उनले भनिन्, ‘विभिन्न स्थानमा पार्किङ गरिएका गाडीहरूको विषयलाई लिएर यसमा सिंगो राज्यको अपमान हुने गरी’ अभिव्यक्ति आएको बताइन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ को घ र ङ मा राज्यको प्रतिष्ठा र अपमान हुने गरी बोलेको बताएकी हुन् ।
‘राज्यको नैतिकता र शिष्टाचार प्रतिकुल हुने गरी उहाँले राज्यले परिचालन गरेको भन्ने शब्द प्रयोग गर्नुभयो । म यो शब्दप्रति घोर आपत्ति जनाउन चाहन्छु’ उनले भनिन्, ‘र नियमापत्ति यसकारण गर्न चाहन्छु, एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न पाइँदैन् ।’
सिंगो राज्यले परिचालन गरेको हो भने त्यो प्रमण संसद्मा दिनुपर्ने उनको माग छ । सरकारले यो घटनामा संलग्नलाई कारबाही गर्छु भनिसकेको अवस्थामा त्यसलाई विश्वास गर्नुपर्ने पनि उनको आग्रह छ ।
यसैगरी, नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङको विषयले सरकारको चरित्र देखाउने व्याखया गरे ।
त्यसक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई श्री ८ को संज्ञा दिए ।
उनले भने, ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’
उनका अनुसार सरकार यो पनि भन्दैछ, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’
सांसद राईको यस्तो अभिव्यक्ति लगत्तै रास्वपाका सांसद शिव शंकर यादवले नियमापत्ति गरे ।
उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ । संविधानले त्यो भाषा स्वीकार्दैन । सनदे त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
इकोमा सडक भासिंदा तातोपानी नाका पुनः ठप्प

२९ असार, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प भएको छ ।
भोटेकोसी गाउँपालिका-२ कोदारीको इकोमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका सोमबार पुनः ठप्प भएको हो।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो । अहिलेपनि पानी परिरहेकोले सडकमा माथिबाट लेदो बगेकोले काम गर्न समस्या भएको छ ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ ।
वर्षाको समयमा गत बर्ष पनि इको पहिरोमा सडक भासिने, पहिरो जाने समस्या भएको थियो । केही साना फोरह्वीलवाला सवारी र मोटरसाइकललाई ठेलेर पहिरो कटाइएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका र नेपालबाट चिन तर्फ जाने मालवाहक कन्टेनर रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध ६७औं मिनेटमा बराबरी गोल फर्काएको छ।
- खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
- रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।
२८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो ।
रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि गोल गरेका हुन् ।
यसअघि एलेक्सिस म्याक एलिस्टरले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।
मानवताको हृदयमा लागेको ‘ह्विल लक’

News Summary
Generated by OK AI. Editorially reviewed.
- राजधानीमा २५ वर्षीय युवा गणेश नेपालीले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका छन् ।
- राज्य र नागरिकबीचको संरक्षणको सन्धि तोडिँदा नागरिकले पटक-पटक कठोर बाटो रोज्न बाध्य हुनुपरेको छ ।
- अतिवाद र निराशाको चक्रबाट देशलाई जोगाउन राजनीतिक नेतृत्वप्रति नागरिक खबरदारी आवश्यक देखिएको छ ।
ओहो, मन कति विचलित छ । २५ वर्षीय युवा गणेश नेपालीको उर्जाशील जीवनयात्रामा अचानक ‘ह्वील लक’ लागेको छ ।
उनले आत्मदाह गर्दै गरेको भिडियो सोसल मिडियामा जतिपटक आए पनि हेर्न सकिएको छैन । उनका दाइको प्रतिक्रिया भने न छोड्न सकियो, न पूरा हेर्न सकिएको छ ।
उनी भन्दैछन्, ‘हामी त उता दुर्गमको मान्छे, यता खसीको मासु किनेर खान सक्दैनौं ।
त्यसैले भाइले खसीको खुट्टा लिएर आएको रहेछ, मैले बिहान पकाएको थिएँ, तर भाइ आउला आउला भनेर पर्खिरहेको बेला प्रहरीको फोन आयो । तिम्रो मान्छेले पेट्रोल छर्किएर शरीरमा आगो लगायो भनेर खबर गर्यो । त्यसपछि दौड्दै अस्पताल आएको छु ।’
गणेश नेपालीले आफ्नो शरीर मात्र जलाएका छैनन्, आज संवेदनशील मानवताको हृदयमा आगो झोसेर गएका छन् ।
कुनै निलो, रातो, हरियो, कालो वा छिर्केमिर्के क्रान्तिका शब्दजाल र दाउपेचले यो आगो निभाउने छैन । सरकारले दिनदिनै गर्ने उत्पात–उखरमाउला घोषणाले पनि यसलाई मत्थर गर्ने छैन ।
किनकि राज्य भनेको कुनै मन्चन होइन, यो नागरिक र शासकबीचको अविच्छिन्न कानुनी अनुबन्धन हो । राज्यको अवधारणा, स्थापना र अभ्यास जे प्रयोजनका लागि भएको हो, राज्यले त्यही गरे पुग्छ, त्यसको विकल्पमा जे गरे पनि पुग्दैन ।

निःसन्देह आज गणेश नेपालीलाई सरकारले समातेर उनको शरीरमा आगो लगाइदिएको होइन । ठीक त्यसैगरी, हिजो प्रेम आचार्यलाई पनि सरकारले समातेर जलाएको होइन ।
प्रेम आचार्यले आफ्नो जीवन धान्न व्यवसाय र व्यवसाय धान्न अनेक संघर्ष गरेका थिए ।
परिवारको गुजारा सहज बनाउन विकट मुगुबाट राजधानी आएका गणेश नेपाली पनि राजधानीका गल्लीगल्लीमा म्याराथन दौडिरहेका थिए ।
आज गणेश नेपालीले नियम कानून मान्नुपर्थ्यो भनेर सपाट टिप्पणी गर्ने हो भने हिजो प्रेम आचार्यले पनि आफूले खाएको ऋण तिरेर जानुपर्थ्यो भन्ने असंवेदनशील कित्तामा पुगिन्छ । यस्तो मनोविज्ञानले मानवताका जुनसुकै किल्ला भत्काउन सक्छ ।
आधारभूत प्रश्न के हो भने राज्यले लगाएका नियम र निषेध नागरिकले किन मान्छन् ? यो बाटो हिँड भन्दा किन हिँड्छन् ? त्यो बाटो निषेध छ भन्दा किन रोकिन्छन् ? रात पर्नुअघि सटर लगाऊ भन्दा स्वीकार गरेर लुरुलुरु गुँडतिर किन फर्कन्छन् ?
तिमीले कमाएको पैसाबाट कर ल्याऊ भन्दा किन लाइन लागेर तिर्न जान्छन् ? किनकि राज्यले त्यसको बदलामा संरक्षणको जिम्मा लिएको हुन्छ ।
नागरिकलाई भोकै पर्न दिइने छैन, छानो खोसिने छैन र सबैभन्दा ठूलो विषय उसको प्रतिष्ठा हरण गरिनेछैन भनेर राज्यले नागरिकसँग सन्धि गरेको हुन्छ । त्यही दोहोरो सन्धीका भरमा प्रणाली चलेको हुन्छ ।
अप्ठ्यारो परेको बेला राज्य छ भन्ने भरोसामा नै प्रेम आचार्य र गणेश नेपालीजस्ता नागरिक आफ्नो बरकतले भ्याएसम्म हन्डर, ठक्कर, घुस्सा, मुक्का खाँदै आफ्नो लडाइँ आफैं लडिरहेका हुन्छन् । जब कुनै मोडमा नागरिक नाजुक बन्छ, त्यो बेला तिमी सुरक्षित छौं किनकि तिम्रो श्रम, पसिना र करले यो प्रणाली चलेको छ भन्न राज्य सविनय हाजिर हुनुपर्छ ।
त्यसैले प्रेम आचार्यले ऋणमा व्यवसाय गर्दा पनि आफूले बेचेको हरेक ग्राम चियाबाट हिजोको सरकारलाई कर तिरेका हुन्, आज गणेश नेपालीले किस्तामा किनेको मोटरसाइकल ‘राइड सेयर’ मा चलाउँदा पनि हरेक किलोमिटरमा कर थोपर्ने नयाँ सरकारको नयाँ आदेश मानेका हुन् ।
नाजुक नागरिकलाई उल्टै लेखेट्ने, घेर्ने र हतोत्साहित गर्ने हो भने पेट्रोल छर्किएको, आगो सल्काएको र नागरिकलाई जलाएको अभियोग राज्यलाई लाग्छ । त्यो अभियोगबाट न हिजोको सरकारले उन्मुक्ति पाउँछ, न आजको सरकारले ।

तर सरकारको कुर्सीमा बसेका अनुहार हेरेर कहिले आँसुको भेल बगाउने र कहिले नियम कानुनको डन्डा तेर्स्याउने हो भने त्यो समाजको विवेक लिलाम भइसकेको मान्नुपर्छ ।
अझ, हरेक व्यक्तिको ललाटमा जे लेखिएको छ, त्यही भोगेर जाने हो, बाँकी सब मिथ्या हुन् भन्ने हो भने किन चाहियो यो राज्य भन्ने अखडा ?
राज्य भनेको शासन पनि हो, संरक्षण पनि हो । संरक्षणविनाको शासन संसारमा कतै पनि टिकेको छैन, कतै टिकेछ भने राजनीतिशास्त्रमा नयाँ अध्याय थपिनेछ ।
नियम कानुन पनि कहिले, कसलाई लागू हुने यो देशमा ? आज एउटा मजदुरको गरी खाने मोटरसाइकलमा ‘ह्वील लक’ लगाउनु कानूनको परिपालना हो भने हिजो राजधानीका मेयरकी श्रीमती चढेको महानगरको सरकारी गाडी सार्वजनिक बिदाका दिन किन कुदेको हो भनेर सोधपुछ गर्नु ट्राफिक प्रहरीको अपराध कसरी थियो ?
तर, न्यूनतम मानवीय संवेदना, नागरिकको मौलिक अधिकार र राज्यको अनिवार्य जिम्मेवारीलाई आफ्नै तुष्टिका लागि सम्झने र बिर्सने संक्रमणले हामी ग्रस्त छौं भने उपचार पनि त्यति सहज छैन ।
एक दशक पनि भएको छैन, केपी ओली यो देशमा आधुनिक राष्ट्रवादका ‘विभूति’ थिए । वृद्धवृद्धा मात्र होइन ठूलो संख्यामा युवापंक्तिले पनि भारतसँग भिड्ने ओली हुन्, नत्र देश सकिन्छ भन्दै खुलेरै भोट दिएका थिए ।
झण्डै दुई तिहाइको सरकारको नेतृत्व पाएका ओली भने नागरिकका रोजिरोटीका मुद्दालाई झिनामसिना भन्दै चुच्चे रेलको स्टेशन राख्ने ठाउँको सर्भे गर्न रुसुवागढीदेखि कुश्मासम्म फिर्ता लिएर नापजाँचमा कुदिरहेका थिए ।
राजधानी जोड्ने सडककै बिजोग पारेर पानीजहाजको कार्यालय उद्घाटन गर्न वालुवाटारबाट एकान्तकुनातर्फ कुद्दै थिए । तर, आज पनि फर्किएर हेर्दा ओलीले त्यो भीमकाय जहाज एक्लै डुबाएका होइनन् ।
आलोचकहरुले प्वाल परिसक्यो भन्दाभन्दै पनि औंला लिएर थुन्न खोज्ने उनका प्रशंशकहरु ओलीभन्दा कम दोषी छैनन् । त्यो बेला ओलीको आलोचना गर्ने पत्रकार, लेखक, नागरिक र प्रतिपक्षीलाई अरिङ्गाल बनेर डसिहाल्ने र जसले बढि डस्यो त्यही आधारमा पुरस्कार दाबी गर्ने समुदायले नै ओलीको जहाज डुबाएको हो ।
ओली एक्सप्रेस चुर्लुम्म डुबेपछि आज क्याप्टेनको क्याबिनमै पसेर उनलाई पानीमा चोपल्न खोज्नेहरु खुबै फुर्तिला देखिन्छन्, त्यही चेतना कुनै बेला वालुवाटारको तीन किलोमिटर आसपासमा कानेखुसीकै रुपमा पनि प्रकट भएको भए आज ओली जहाजको भग्नावशेष खोज्न पार्टीभित्रैबाट आयोग गठन गर्नुपर्ने थिएन ।
ओलीको उडान र पतनको यति ताजा पाठबाट पनि सिक्दै नसिकी ‘फ्यान’ को शीतल हावामा मदमस्त हुने हो भने नौलो एक्सप्रेसको गति र मति पनि टाइटनिक जहाजको जस्तै हुन सक्छ ।
त्यो दुर्घटनाले कुन नेतालाई र कुन दललाई कहाँ पुर्याउँछ ? धेरै चिन्ताको विषय होइन । देशलाई अर्को अराजकताको ‘ब्ल्याक होल’ मा लग्न सक्छ, त्यो भने गम्भीर चिन्ताको विषय हो ।
प्रचण्डले आफ्नै क्रान्ति तथा सहयोद्धा सिपाही र कार्यकर्ताको सपनालाई निर्मम धोका दिए, देउवाले लोकतन्त्रलाई नै दरबारमा बुझाएका हुन् । त्यसैले उनीहरुले आआफ्नो हिस्साको राजनीतिक तथा कानुनी परिणाम भोगिरहेका छन् ।
उनीहरु केही गुण र अवगुणसहितका मानव थिए । तर खासगरी ओली र प्रचण्डका समर्थकहरुले उनीहरुलाई मानव मात्र रहन दिएनन्, त्यसैले गर्नुपर्ने कामै नगरी राजनीतिक जुनीबाट उनीहरुको अवसान भयो ।
त्यो सचित्र उदाहरण देखेका अहिलेका नेताहरुले गुण र अवगुणसहितको मानव चोला बाँच्न पाउनुपर्छ । तर, उनीहरुलाई तिलस्मी शक्ति बनाउन कुँदिरहेको यही ‘फ्यान क्लब’ ले भोलि दानवीकरण गर्ने जोखिम छ ।
देउता र दानवको खेलमा फेरि थप समय बर्बाद हुने हो भने समाज जुन उत्साहमा छ, त्यही गतिमा निराशाको गर्तमा फस्न सक्छ । निराश समाजले एकपछि अर्को अतिवाद अपनाउँदै जान्छ भन्ने उदाहरण विश्वभर पटकपटक प्रकट भएका छन् ।
दक्षिण अमेरिकी देश पेरुमा छापामार युद्ध दबाउन सफल अल्बर्टो फुजिमोरी देशभित्र राष्ट्रिय एकताका प्रतीक र मित्र राष्ट्रहरुका लागि लोकतन्त्रका ‘पोष्टर ब्वाय’ थिए ।

तर जनताको त्यही विश्वासको धरातलमा अधिनायकवादी शासन चलाउँदा सन् २००० मा उनले जनआक्रोशको आँधीबेहरी सामना गर्नुपर्यो ।
उनी भागेर जापान गए, देश फर्कन सकिन्छ कि भनेर चिली पुगेर चियाउँदा उनलाई पक्राउ गरेर धकेल्दै पेरु लगियो र अदालतले ४० वर्षको जेल सजायको फैसला सुनायो ।
फुजिमोरीलाई जेल पठाउनु मात्र जनताको अभीष्ट थिएन, उनीहरुले आत्सम्मानसहितको रोजिरोटी खोजेका थिए । तर पछिल्लो नौ वर्षमा सात वटा सरकार परिवर्तन भए जसले अर्थतन्त्र र नागरिकको विश्वास तहसनहस बनायो । निराश समाजले के गर्छ ?
हो, पेरुले उनै तानाशाह फुजिमोरीकी छोरी केइको फुजिमोरीलाई देशको राष्ट्रपति निर्वाचित गरेको छ ।
फुजिमोरी देश र जनतालाई धोका दिएको अभियोगमा तीन वर्षअघिसम्म जेलमा थिए, तर उनै फुजिमोरीको सपना पुरा गर्न भन्दै छोरी फुजिमोरी पेरुको राष्ट्रपतिमा निर्वाचित भएको आज एक महिना भएको छ ।
गत शताब्दीका सबैभन्दा भ्रष्ट परिवारको सूचीमा फिलिपिन्सका मार्कोसहरुको नाम अग्रपंक्तिमा आउँछ ।
२० वर्ष शासन गरेका तानाशाह फर्डिनान्ड मार्कोसले अन्तिम घडीमा भाग्नलाई अमेरिकी हेलिकोप्टरको गुहार पाए जसमा राखेर उनले केही नगदका पेटी र गहनाका बाकस हवाईको होनोलुलुसम्म पुर्याए, तर राजनीतिबाट आर्जन गरेको अथाह सम्पत्ति फिलिपिन्समै छुट्यो ।
संसारका महंगा ब्रान्डका करिब तीन हजार जोडा जुत्ता छोडेर भागेकी श्रीमती इमेल्डा मार्कोस विश्वभरका डकुमेन्ट्री मेकरका लागि सबैभन्दा बढी छानिएकी खलपात्रको रुपमा चर्चित रहिन् । तर देशको दुःखले अनेक मोड लिन्छ ।
पछिल्लो समयमा फिलिपिन्समा रोड्रिगो दुतेर्तेजस्ता राष्ट्रपति आए जसले, लागुऔषधविरुद्ध अपरेशन भन्दै अधिनायकवादी शासन चलाए ।
दाभाओ सहरको मेयरको रुपमा कमाएको लोकप्रियताले दुतेर्तेजस्ता व्यक्ति फिलिपिन्सको राष्ट्रपति भए, तर त्यही उत्साह थाम्न नसक्दा दुतेर्तेले अहिले हेगको जेलमा दिन कटाइरहँदा फिलिपिन्सको राष्ट्रपति को छन् ? उनै बिसौं शताब्दीका भ्रष्टतम शासक फर्डिनान्ड मार्कोसका छोरा बोङबोङ मार्कोस ।
बाबु त अमेरिकामा बितिगए, आमा इमेल्डा स्वदेश फर्केर संसद्मा पुगिन् र सँगै आएका छोरालाई देशको राष्ट्रपति बनाउन सफल भइन् । इमेल्डा र बोङबोङ अहिले सिनियर मार्कोसले बाँकी राखेका सुशासनको सपना पूरा गर्दैछन् किनकी जनताले उनीहरुलाई प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतसहित ऐतिहासिक जिम्मेवारी दिएका छन् ।
निराशा र अतिवादमा फस्दै जाँदा राजनीति कहाँ पुग्छ भन्ने बुझ्न धेरै टाढा जानु पर्दैन, हामीसँगै चुनावमा गएको बंगलादेशलाई हेरे पुग्छ । राष्ट्रपति श्रीमान जियाउर रहमानको हत्यापछि राजनीतिमा आएकी वेगम खालिदा जिया सन् १९९१ र २००१ मा प्रधानमन्त्री त बनिन्, तर उनको छवि आदर्श शासकको रुपमा लेखिने कुनै कारण छैन ।
खासगरी दोस्रो कार्यकालमा भ्रष्टाचारका लागि बदनाम भएकी उनलाई पाखा लगाउन प्रतिद्वन्द्वी शेख हसिनाले लोकतन्त्र, कानुन र संविधानका सारा सीमाना उल्लग्घन गरिन् ।
तर गत वर्षको विस्फोटक विद्यार्थी आन्दोलनपछि शेख हसिनाले सत्ताबाट मात्र होइन, देशैबाट बिदा लिनुपर्यो । एउटा भ्रष्ट शासनलाई विस्थापित गरेपछि भएको निर्वाचनले फेरि बेगम खालिदाका छोरा तारिक रहमानलाई दुई तिहाइसहित सत्तामा पुर्याएको छ ।

सन् २००० को सुरुवातताका आमा बेगम खालिदा प्रधानमन्त्री भएका बेला सरकारी ठेक्काका फाइल भने छोरा तारिक रहमानको ‘हावा भवन’ बाट मात्र टुंगो लाग्थे भनेर त्यहीबेला स्थानीय तथा अन्तर्राष्ट्रिय मिडियाले रिपोर्टिङ गरिरहेका थिए ।
तर हिजो सरकारी ठेक्कापट्टाको ‘फिक्सर’ को रुपमा बदनाम तारिक रहमानलाई नै दुई दशकपछि उही समाजले बंगलादेशको नयाँ बिहानीको रुपमा असाधारण शक्ति दिएको छ ।
उनलाई यो जीत शेख हसिनाको भ्रष्ट शासनको विकल्पको रुपमा मात्र होइन, जमात–ए–इस्लामीजस्तो अतिवादी समूहको सहयोगमा पनि प्राप्त भएको छ । एउटा भ्रष्ट शासनबाट आजित बंगलादेशले अर्को अतिवादतर्फ जाने जोखिम पनि सहर्ष स्वीकारेको छ ।
पेरु, फिलिपिन्स र बंगलादेशका उदाहरण अपवाद होइनन्, राजनीतिशास्त्रका नियमित पाठ हुन् । जब कुनै पनि नेताको राप र तापका अगाडि समाज आलोचकको रुपमा होइन, चियर लिडररुपमा प्रकट हुन्छ, त्यो समाज उत्तिकै छिटो निराश हुन्छ र अझ खतननाक अतिवादतर्फ बहकिंदै जान्छ ।
नेपालको नयाँ राजनीतिक नेतृत्वले प्राप्त गरेको जनमतलाई पनि निराशातर्फ संक्रमित हुन नदिन सञ्चारकर्मी, लेखक, नागरिक र युवाहरुको खबरदारी उत्तिकै आवश्यक छ ।
किनकि नेता विशेषको तापले सबैभन्दा बढी सत्तासिन सांसदहरु मुर्झाएका छन् । जब सहकर्मीहरु मुर्झाउँछन्, तब नागरिकको जिम्मेवारी झन् बढि अपरिहार्य हुन्छ ।
नागरिकले शासकहरुलाई सम्झाइरहुनपर्ने एउटा गजबको कविता पाकिस्तानी जनकवी हबिब जालिवले हामीलाई छाडेर गएका छन् । सन् ६० को दशकमै उनले लेखेका थिए :
‘तुम से पहले वो जो इक शख़्स यहाँ तख़्त नशीं था,
उस को भी अपने ख़ुदा होने पे इतना ही यक़ीं था।
(तिमीभन्दा पहिले जो मान्छे त्यो सिंहासनमा बसेको थियो नि,
हो उसलाई पनि आफू अवतार नै हुँ भन्ने यत्तिकै विश्वास थियो)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
शिक्षकको जागिर छाडेर बेरोजगार बनेका विवेकले किन गरे आत्मदाहको प्रयास ?

२७ असार, सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) गरेका सर्लाहीका एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डल गम्भीर घाइते भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको छ ।
शुक्रबार दिउँसो आत्मदाह प्रयासका क्रममा गम्भीर घाइते भएका विवेकलाई सुरुमा प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नै थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।
प्रादेशिक अस्पताल मलंगवाका शल्यचिकित्सक डा. संजीवकुमार झाले विवेकको शरीरको करिब ८५ प्रतिशत भाग जलेको बताए । ‘अस्पताल ल्याउँदा टाउकोदेखि खुट्टासम्म जलेको अवस्था थियो । यति धेरै जलेका बिरामीलाई बचाउन निकै चुनौतीपूर्ण हुन्छ,’ उनले भने, ‘अस्पतालमा प्रारम्भिक उपचारका क्रममा जलेका भागमा ड्रेसिङ, आवश्यक औषधि तथा तरल पदार्थ (फ्लुइड) दिई अवस्था स्थिर बनाउने प्रयास गरिएको थियो ।’
त्यसपछि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा स्वास्थ्य निकायबीच समन्वय भएपछि साँझ करिब ७ बजे हेलिकप्टरमार्फत काठमाडौं पठाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार विवकको आईसीयूमा राखेर उपचार भइरहेको छ । ‘पछिल्लो अवस्थाबारे अस्पतालसँग निरन्तर सम्पर्कमा छौं । उहाँको अवस्था गम्भीर छ,’ उनले भने ।
परिवार स्रोतका अनुसार विवेक विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) उत्तीर्ण थिए । उनले २०७९ सालदेखि महोत्तरीको गौशाला नगरपालिका –१ स्थित श्री माध्यमिक विद्यालय रामनगरमा करार शिक्षकका रूपमा करिब तीन वर्ष अध्यापन गरेका थिए । गत साउनमा जागिर छाडेपछि उनी घर फर्किएका थिए ।
विवेकका बुवा उपेन्द्र मण्डलका अनुसार शिक्षकको जागिर छोडेपछि उनी पछिल्लो समय रोजगारी नपाउँदा चिन्तित रहने गरेका थिए । ‘जागिर छाडेपछि धेरै ठाउँमा आवेदन दियो । लिखित परीक्षामा राम्रो अंक ल्याउँथ्यो तर अन्तर्वार्तामा सफल हुन सकेन,’ विवेकका बुबा उपेन्द्रले भने, ‘‘पढाइका क्रममा भएको खर्च र परिवारको आर्थिक अवस्था सुधार्ने चिन्ता उसलाई सधैं भइरहन्थ्यो ।’
महोत्तरीको गौशाला नगरपालिका–१ का वडाध्यक्ष नवीनकुमार साहले शिक्षकको जागिर छोड्नुको कारणबारे विद्यालयभित्र केही विवाद रहेको बताउँछन् ।
‘उहाँले झन्डै तीन वर्ष विद्यालयमा पढाउनुभयो । तर, पछि केही विवाद उत्पन्न भएपछि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाको शिक्षा शाखाको समन्वयमा सेवा निरन्तरता हुन सकेन,’ उनले भने, ‘त्यसपछि उहाँ विद्यालय छाडेर घर फर्किनुभएको हो ।’

स्थानीय सुरेश राउतका अनुसार मण्डल पछिल्लो करिब एक वर्षदेखि बेरोजगार थिए । रोजगारी नपाउनु, आर्थिक अभाव र अन्य व्यक्तिगत समस्याका कारण उनी मानसिक तनावमा रहेको स्थानीयको भनाइ छ ।
गोडैता नगरपालिका– १० का वडाध्यक्ष वैद्यनाथ मण्डलले पनि विवेक केही समयदेखि मानसिक तनावमा रहेको जानकारी आएको बताए । ‘केही समयअघि मसँग पनि सामान्य विवाद भएको थियो । पछिल्लो समय उहाँ मानसिक रूपमा असहज अवस्थामा रहेको कुरा स्थानीयबाट सुन्ने गरेका थियौं,’ उनले भने ।
प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक रूपमा मण्डल केही समयदेखि मानसिक तनावमा रहेको देखिएपनि घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
डेम्बेलेको गोल, फ्रान्सको अग्रता दोब्बर
यस विश्वकपमा डेम्बेलेको यो पाँचौ गोल हो र उनी सर्वाधिक गोल गर्नेमा पनि पाँचौ स्थानमा छन् ।

Photo Credit : IMAGO / APL
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्को विरुद्ध अग्रता दोब्बर पारेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा उसमान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै प्रान्सको अग्रता दोब्बर पारेका हुन् । डेम्बेलेले कप्तान किलियन एमबाप्पेको पासमा गोल गरेका हुन् ।
यस विश्वकपमा डेम्बेलेको यो पाँचौ गोल हो र उनी सर्वाधिक गोल गर्नेमा पनि पाँचौ स्थानमा छन् ।
त्यसअघि कप्तान किलियन एमबाप्पेले ६०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एमबाप्पेले डिजायर डुएको पासमा यस विश्वपमा आप्नो आठौं गोल गरेका हुन् ।
उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी समान ८ गोल गरेका छन् । डेम्बेलेको गोलमा असिस्ट समेत गरेका एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरेका छन् । जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसी भन्दा अगाडि रहेका छन् ।
मेसीको ८गोल र १ असिस्ट छ । यस्तै एमबाप्पेले विश्वकपमा समग्रमा २० गोल पुर्याएका छन् । जुन मेसीको भन्दा एक गोल कम हो ।
एमबाप्पेले पहिलो हाफमा २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए ।
साविक उपविजेता फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गोलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे ।
खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए ।
२५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो ।
एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए ।
यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।
एमबाप्पेको गोलमा फ्रान्सलाई अग्रता

फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा गोल गरेका हुन् ।
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्को विरुद्ध अग्रता लिएको छ ।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा गोल गरेका हुन् ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा एमबाप्मेले ६०औं मिनेटमा गोल गरेका हुन् ।
एमबाप्पेले पहिलो हाफमा २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए ।
साविक उपविजेता फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गोलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे ।
खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए ।
२५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो ।
एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए ।
यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनलमा

पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
२५ असार, काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन् २०१८ को विजेता तथा साविक उपविजेता प्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।
चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो ।
त्यही खेलको रिम्याचको रुपमा यस पटक प्रान्स र मोरक्को क्वाटरफाइनलमै भेट हुँदा अफ्रिकी टिम मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो ।
पहिलो हाफमा एमबाप्पे सहित फ्रान्सलाई रोक्न सफल भएपनि दोस्रो हाफमा भने मोरक्कोले दुई गोल बेहवर्यो ।
यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।
बोनोको बचाउ
खेलको पहिलो हाफमा मोरक्कोका गोलकिपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गरे । उनले पेनाल्टीसहित तीन सेभ गरे । फ्रान्सका कप्तान एमबाप्पेले पहिलो हाफमा २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए ।
२५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो ।
एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए ।
फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गोलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे । खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए ।
यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।
गोल मेसिन एमबाप्पे
पहिलो हाफमा पेनाल्टीमा गवल गर्न असफल भएमा एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । उनले खेलको ६०औं मिनेटमा डिजायर डुएको पासमा गोल गर्दै प्रान्सलाई अग्रता दिलाएका थिए ।
यस विश्वकपमा एमबाप्पे गोल मेसिनको रुपमा देखिएका छन् र सर्वाधिक गोलकर्ताको होडमा पनि अघि छन् ।
उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी समान ८ गोल गरेका छन् । डेम्बेलेको गोलमा असिस्ट समेत गरेका एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरेका छन् । जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसी भन्दा अगाडि रहेका छन् ।
मेसीको ८ गोल र १ असिस्ट छ । यस्तै एमबाप्पेले विश्वकपमा समग्रमा २० गोल पुर्याएका छन् । जुन मेसीको भन्दा एक गोल कम हो ।
यस्तै एमबाप्पेले गोल गरेको ६ मिनेटपछि उसमान डेम्बेले गोल गर्दै फ्रान्स अग्रता दोब्बर पारे । उनले कप्तान एमबाप्पेको पासमा गोल गरेका हुन् ।
यस विश्वकपमा डेम्बेलेको यो पाँचौ गोल हो र उनी सर्वाधिक गोल गर्नेमा पनि पाँचौ स्थानमा छन् ।
दोस्रो हाफमा फ्रान्सले गोल गर्ने अन्य अवसर पनि बनाएको थियो तर सदुपयोग गर्न सकेन ।
दुई विज्ञ अर्थमन्त्रीको जोडबलमा पनि टरेन ‘असारे बजेट खर्च’ प्रवृत्ति

२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संयोगवश तीन अर्थमन्त्रीले कार्यान्वयन गर्ने मौका पाए ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट भदौ २०८२ पछि अर्थविद् रामेश्वर खनालले कार्यान्वयन गरे । चैत २०८२ देखि भने अर्थविद् डा. स्वर्णिम वाग्लेले सोही बजेट कार्यान्वयन गरिरहेका छन् ।
दुई विज्ञ अर्थमन्त्रीले असारमा केन्द्रित खर्च प्रवृत्ति हटाउन नीतिगत तथा व्यावहारिक पहल समेत गरेका छन् । त्यति हुँदाहुँदै असारे खर्च पुन: स्थापित भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आव जेठ मसान्तसम्म १३ खर्ब ४६ अर्ब रुपैयाँमात्र रहेको बजेट खर्च २३ असारसम्म १५ खर्ब १४ अर्ब नाघिसकेको छ । अर्थात्, यस अवधिमा १ खर्ब ६८ अर्ब २२ करोड खर्च भइसकेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष सकिनु कम्तीमा सात दिनअघि नै भुक्तानी दिई निकासा र खर्च अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने प्रावधान छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार यस वर्ष बिहीबार राति १२ बजेदेखि निकासा बन्द हुनेछ । सोहीकारण अहिले अन्तिम केही घण्टामा सरकारी प्रणालीमा भुक्तानीको अत्यधिक चाप छ ।
महालेखाका अनुसार पछिल्लो दुई दिन (सोमबार र मंगलबार) मात्र सरकारले ४० अर्ब ३२ करोड भुक्तानी गरिसकेको छ । यसले सरकारको असारे भुक्तानी यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै स्थापित हुन पुगेको छ ।
नेपालमा असारे खर्च र हतारहतारमा गरिने विकासको यो प्रवृत्ति हालै मौलाएको भने होइन । महालेखाका अनुसार आव २०८१/८२ मा असार महिनामा मात्र कुल पूँजीगत बजेट खर्चको ३१.१८ प्रतिशत खर्च भएको थियो । त्यसमध्ये ५४ प्रतिशत पूँजीगत खर्च चौथो त्रैमासमा भएको थियो ।
सोही आव पहिलो त्रैमासमा १३, दोस्रोमा १२ र तेस्रो त्रैमासमा २१ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । यस्तै प्रवृत्ति चालु आवसमेत देखिएको छ ।
महालेखाका अनुसार मंगलबारसम्म कुल विनियोजनको ३८.३५ प्रतिशतमात्र पूँजीगत बजेट खर्च भएको छ । आइतबारसम्म १ खर्ब ४९ अर्ब २९ करोड बराबर रहेको पूँजीगत बजेट खर्च तीन दिनमा ७ अर्ब १३ करोडले मात्र बढेर १ खर्ब ५६ अर्ब पुगेको छ ।
महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन विश्लेषण अनुसार स्रोत उपलब्धता र खर्च गर्न सक्ने क्षमता दृष्टिगत गरी बजेट तर्जुमा यथार्थपरक बनाउन नसक्दा सरकारले समयमै बजेट खर्च गर्न नसकेको हो । यसका लागि आर्थिक वर्षको बीचमा गरिने सुधारले समेत काम गर्न नसकेको अवस्था छ ।
नीतिगत सुधार प्रभाव व्यवहारमा न्यून
सरकारले विकास निर्माणमा वर्षान्तमा हुने भुक्तानीलाई गति दिन र अन्तर मन्त्रालय प्रक्रिया घटाएर बजेट खर्च बढाउन यस वर्ष आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन गरेको थियो । सोही नियमावलीमा भएको संशोधनले पूँजीगत बजेट रकमान्तरका लागि अर्थ मन्त्रालय धाइरहनु नपर्ने र सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृत (सम्बन्धित मन्त्रालयका सचिव वा निकाय प्रमुख)लाई दिने गरी अधिकार प्रत्यायोजन गरेको थियो ।
यसले रकमान्तरका फाइल अर्थ मन्त्रालयमा थुप्रिने प्रवृत्ति हट्दै भुक्तानीले गति लिने अपेक्षा अर्थ मन्त्रालयको थियो । तर, यो नीतिगत सहजीकरण प्रभाव तथ्यांकमा भने देखिएको छैन ।
सार्वजनिक खर्चले गति नलिनुमा के छ अर्थको विश्लेषण ?
चालु आवको बजेटको अर्धवार्षिक समीक्षामा अर्थ मन्त्रालयले सार्वजनिक खर्च अपेक्षाकृत हुन नसक्नुका कारण खोतल्ने प्रयास गरेको थियो ।
मन्त्रालयका अनुसार वार्षिक बजेट तर्जुमा गर्दा पूर्वतयारी सम्पन्न भएका आयोजनामा न्यून बजेट विनियोजन गरी नयाँ आयोजनालाई प्राथमिकता दिने प्रवृत्ति छ । यसले वर्षान्तमा आफूखुसी रकमान्तरको जोखिम निम्त्याउँछ ।

अर्कातर्फ, आयोजना स्थलको जग्गा प्राप्ति, मुआब्जा निर्धारण र वितरण, वन क्षेत्र उपयोग, क्षतिपूर्ति लगायत प्रक्रिया पूरा नभएका आयोजनामा समेत पर्याप्त बजेट राखिएको थियो ।
चालु आव २३ र २४ भदौको आन्दोलनका कारण १ हजार ६ सय ९३ सरकारी कार्यालयका २ हजार १ सय ३४ भवनमा क्षति पुगेको थियो । सोही क्रममा अभिलेखमा समेत क्षति पुगेको थियो ।
यसले विकास निर्माण र भुक्तानीका कतिपय प्रक्रिया पछाडि धकेलेको छ । विस्तृत आयोजना प्रतिवेदन, आयोजना निर्माण मोडालिटी, कुल लागत र आयोजनाका आर्थिक, सामाजिक, वित्तीय तथा प्राविधिक, वस्तुगत विश्लेषण एवं मूल्यांकन गरी बजेट प्रस्ताव गर्न नसक्दा बजेट कार्यान्वयन कार्ययोजना परिपालना हुन नसकेको अर्थ मन्त्रालयको विशलेषण छ ।
स्रोत सहमति भएका आयोजनामा न्यून बजेट प्रस्ताव गर्ने र प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजना संख्या बढाउँदै जाँदा सिर्जित दायित्व भुक्तानीमा समस्या आएको छ ।
यसले अधुरा आयोजना संख्या बढ्ने र खर्च व्यवस्थापनमा समेत कठिनाइ आउने गरेको छ । चालु आवको बजेटमा १६ जेठदेखि नै आयोजना कार्यान्वयन गर्न सक्ने प्रावधान राखिएको थियो ।
तर, सोही मितिदेखि नै आयोजना कार्यान्वयन क्रियाकलाप लगायत काम प्राथमिकतामा राखी कार्यान्वयन भने गरिएन । नयाँ आयोजना तथा कार्यक्रमका लागि अबन्डामा राखेको रकम समयमा बाँडफाँट हुन नसक्दा समेत आयोजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको अर्थ मन्त्रालयको विश्लेषण छ ।
के छ आगामी वर्षको तयारी ?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष पूँजीगत खर्च लक्ष्य अनुसार हुने, पुस मसान्तमा बजेट आकार संशोधन गर्नु नपर्ने र सार्वजनिक खर्चका बेथिति हटाउने प्रतिबद्धता पटक–पटक व्यक्त गरेका छन् । उनले यसका लागि बजेटमा सुधारका केही सूत्र प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री वाग्लेका अनुसार खरिद प्रक्रियामा सुधार योजना छ । रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता नीति आगामी आवमा समेत निरन्तर रहने छ । वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिसन मोडमा काम गराउने सरकारको योजना छ । चालु आवभित्र विकास आयोजना सम्बन्धी सनसेट कानुन संसद्मा पेस हुने घोषणा गरिएको छ ।
मोबिलाइजेसन पेश्की रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ व्यवस्था मिलाउने बजेटको घोषणा छ । हाइब्रिड एनयूटी मोडेलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन तीन महिनाभित्र बनाउने भनिएको छ ।
पश्चिम एसियाको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइ सम्बोधनको घोषणा बजेटले गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ३ असारमा बसेको सचिव बैठकले आगामी आवको बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लागत अनुमान र बोलपत्र आह्वान लगायत तयारीका काम असार मसान्त भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय








