काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

खेलकुद – Home

Auto Added by WPeMatico

इरानको च्याम्पियन शैली (तस्वीरहरू)
काभा महिला भलिबल च्याम्पियनसिप, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार

इरानको च्याम्पियन शैली (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इरानले काजखस्तानलाई ३–१ सेटले हराउँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाइनल खेल जित्दै इरान प्रतियोगितामा अपराजित रहन सफल भयो ।
  • इरानले लगातार दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जितेर सेन्ट्रल एसियामा आफ्नो प्रभुत्व कायम राखेको छ ।

१५ जेठ, काठमाडौं । इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो ।

सन् २०२४ मा काठमाडौंबाट सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणमा इरान तेस्रो स्थानमा सीमित भएको थियो ।

इरानले त्यसपछिको दुई संस्करण अपराजित रहँदै उपाधि जितेर सेन्ट्रल एसियामा आफ्नो प्रभुत्व कायम राखेको छ ।

तस्वीरहरू

Adblock test (Why?)

‘अर्जेन्टिना सधैं च्याम्पियन बन्न चाहन्छ’
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, जुलियन अल्भारेज, फिफा विश्वकप, फिफा विश्वकप २०२६, फुटबल

‘अर्जेन्टिना सधैं च्याम्पियन बन्न चाहन्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेजले सन् २०२६ को विश्वकपमा आफ्नो टोलीको लक्ष्य उपाधि रक्षा गर्दै पुनः च्याम्पियन बन्ने रहेको बताएका छन् ।
  • उनले स्ट्राइकर लाउतारो मार्टिनेजसँगको स्वस्थ प्रतिस्पर्धाले आफूहरू दुवैको खेलमा सुधार ल्याउन र टोलीलाई बलियो बनाउन मद्दत पुगेको उल्लेख गरे ।
  • अल्भारेजले लियोनल मेसीका लागि आगामी विश्वकप अन्तिम हुन सक्ने भएकाले यो उनका सहकर्मी र विश्वभरकै प्रशंसकका लागि विशेष हुने बताए ।

१४ जेठ, काठमाडौं । जुलियन अल्भारेज अर्जेन्टिनाका फरवार्ड हुन् । सन् २०२२ को फिफा विश्वकप अर्जेन्टिनाले जित्दा अल्भारेज महत्वपूर्ण सदस्य थिए ।

हाल स्पानिस क्लब एट्लेटिको मड्रिडबाट खेल्ने यी उत्कृष्ट फरवार्ड फिफा विश्वकप २०२२ मा एक उच्चस्तरीय वैकल्पिक खेलाडीको रूपमा रुपमा टोलीमा सामेल भएका थिए ।

त्यतिबेला म्यानचेस्टर सिटीका फरवार्ड रहका उनी सुरुमा लाउतारो मार्टिनेजभन्दा पछि परेका थिए । मार्टिनेजले सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए । अल्भारेजले भने बेन्चमा बसेर आफ्नो पालो पर्खनुपरेको थियो ।

साउदी अरेबियाविरुद्धको पहिलो खेलमा बेहोरेको पीडादायी हार र मेक्सिकोविरुद्धको जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि, अल्भारेजले पोल्याण्डविरुद्धको समूह चरणको तेस्रो खेलमा सुरुवाती ११ मा मौका पाए । रिभर प्लेट एकेडेमीका यी उत्पादनले उक्त खेलको दोस्रो तथा अन्तिम गोल गरे र त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनले फाइनलसम्मै आफ्नो स्थान सुरक्षित राखे ।

फिफा विश्वकप २०२६ निकै नजिक आइपुग्दा अल्भारेज र मार्टिनेज दुवै लियोनल स्कालोनीको टोलीमा स्थान बनाउन तयार छन् । अल्भारेज अहिले एथ्लेटिको मड्रिडका मुख्य खेलाडी हुन् भने मार्टिनेज इन्टर मिलानको अग्रपंक्ति सम्हाल्छन् । यसले साविक विजेता अर्जेन्टिनासँग खेलाडीहरूको कति ठूलो भण्डार छ भन्ने देखाउँछ । यद्यपी, अल्भारेजको भूमिकामा केही परिवर्तन आएको छ ।

युरोपमा आफूलाई प्रमाणित गरिसकेका यी फरवार्डले कोन्मेबोल कोपा लिबर्टाडोरेस, युईएफए च्याम्पियन्स लिग र कोपा अमेरिका लगायत जित्न सम्भव लगभग सबै उपाधि जितिसकेका छन् । दक्षिण अमेरिकी छनोट खेलहरूमा उच्च प्रदर्शन गरेपछि २६ वर्षीय खेलाडी अहिले अर्जेन्टिनाका लागि एक स्थापित प्रारम्भिक खेलाडी र टोलीको रणनीतिमा एक महत्त्वपूर्ण हिस्सा बनेका छन् ।

उनको उत्कृष्ट लिंक-अप खेल, आक्रामक प्रेसिङ र सटिक फिनिसिङ यसको मुख्य कारण हो । २०२२ को संस्करणमा क्रोएसियाविरुद्ध सेमिफाइनलमा गरेको स्मरणीय दुई गोलसहित उनले कुल चार गोल गरेका थिए ।

अल्भारेज अहिले आउँदै गरेको विश्वकपमा थप अन्तर्राष्ट्रिय सफलताको सपना देखिरहेका छन् । अर्जेन्टिनाले यसपटक समूह जे मा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । जुन र जुलाईमा हुने यस खेलकुदको महाकुम्भ अघि फिफासँग कुरा गर्दै अर्जेन्टिनाका यी ९ नम्बरका खेलाडीले आफ्नो महत्वाकांक्षा व्यक्त गरेका छन् ।

साथै कतारमा आफ्नो देशको यात्राको स्मरण गर्दै त्यसयता आफ्नो खेल र भूमिका कसरी परिवर्तन भएको छ भन्नेबारे चर्चा गरेका छन् ।

लाउतारो जस्तो खेलाडीसँग टोलीमा स्थानका लागि प्रतिस्पर्धा गर्नु कस्तो हुन्छ ?

हामी प्रतिस्पर्धी हौं, तर हामी सँगै खेल्ने अवसर पनि पाउँछौं, जुन मेरा लागि खुसीको कुरा हो । जब हामी सँगै मैदानमा उत्रिएका छौं, हामीले राम्रो गरेका छौं र जब हामीमध्ये एकजनाले मात्र मौका पाउँछौं, तब हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीको हित नै हुन्छ । त्यो आन्तरिक प्रतिस्पर्धाले हामी दुवैलाई हरेक दिन अझ राम्रो हुन र सुधार गर्न मद्दत गर्छ । यो सधैं यस्तै हुन्छ । जब तपाईंसँग बलियो र स्वस्थ प्रतिस्पर्धा हुन्छ, तब सबैको खेल सुध्रिन्छ, जुन सबैभन्दा मुख्य कुरा हो ।

अर्जेन्टिनाको लक्ष्य के हो ?

एक अर्जेन्टिनी हुनुको नाताले, उत्साह सधैं रहिरहन्छ र हामी सधैं च्याम्पियन बन्न चाहन्छौं । यस पटक पनि यो फरक हुनुपर्ने कुनै कारण छैन । हामी फाइनलमा पुग्न चाहन्छौं । हामीलाई थाहा छ यो सजिलो हुने छैन । यसका लागि हाम्रो कडा मिहिनेत आवश्यक छ र खेल ससाना कुराहरूमा निर्धारण हुन सक्छ, तर हामी सकेसम्म राम्रो तयारी गर्नेछौं र प्रत्येक पाइला चाल्नेछौं ।

विश्व च्याम्पियनको रूपमा यस विश्वकपमा प्रवेश गर्नु साँच्चै अविश्वसनीय छ । म निकै गर्व महसुस गर्छु । पक्कै पनि, हामी यो ट्रफी आफूसँगै राख्न र हाम्रा मानिसहरूलाई फेरि एकपटक खुसीले नचाउन चाहन्छौं ।

कतार विश्वकपको तपाईंको सबैभन्दा यादगार क्षण कुन हो ?

म मेक्सिकोविरुद्धको खेललाई रोज्नेछु । मलाई लाग्छ त्यो खेल निकै महत्त्वपूर्ण थियो, किनभने त्यसपछि जे-जति कुराहरू भए र त्यसअघि जे भएको थियो, ती सबैलाई हेर्दा त्यो हाम्रा लागि एउटा मोड थियो । यो साँच्चै टर्निङ प्वाइन्ट थियो । त्यस क्षणपछि सबै कुराहरू ठीक ठाउँमा आए र हामीलाई थाहा भयो कि हाम्रो भाग्य हाम्रै हातमा छ ।

के फेरि विश्वकप जित्नुले यो अर्जेन्टिनाको टोलीलाई अहिलेसम्मकै सबैभन्दा महान् राष्ट्रिय टोली बनाउनेछ ?

यदि हामीले विश्वकपको उपाधि रक्षा गर्न सक्यौं भने, यो इतिहासमा लेखिनेछ किनभने हामी लगातार दुई पटकको विश्व विजेता र सँगसँगै दुई पटकको कोपा अमेरिका विजेता बन्नेछौं । पछिल्ला केही वर्षहरू हाम्रो देशका लागि स्वर्ण युग रहेका छन् । त्यसैले हामी अझ धेरै यस्ता अविश्वसनीय क्षणहरूको आनन्द लिन चाहन्छौं जसले हामी सबैलाई धेरै खुसी दिन्छ ।

यो लियो मेसीको अन्तिम विश्वकप हुन सक्छ । एक टोलीको रूपमा, तपाईंहरू सबैमा उनले पार्नुभएको प्रभावलाई कसरी हेर्नुहुन्छ ?

हामी सबैलाई राम्ररी थाहा छ कि उहाँको उमेरलाई हेर्दा यो लियोको अन्तिम विश्वकप हुन सक्छ, तर अन्त्यमा यो उहाँकै निर्णय हो । यो पक्कै पनि एक विशेष विश्वकप हुनेछ र म यो हाम्रा लागि, उहाँका सहकर्मीहरू र अर्जेन्टिनी जनताका लागि मात्र भनिरहेको छैन, तर उहाँलाई हेर्ने र पछ्याउने संसारका सबैका लागि भन्दैछु, किनकि उहाँ इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुनुहुन्छ । पक्कै पनि, उहाँले विश्वभर नै एउटा ठूलो प्रभाव छोड्नुभएको छ ।

अहिले टोलीमा स्थापित भइसकेपछि, मैदानमा उत्रँदा थप जिम्मेवारी महसुस गर्नुहुन्छ ?

जब तपाईं यो जर्सी लगाउनुहुन्छ, तपाईं फुटबललाई नै आफ्नो जीवन मान्ने र यसप्रति निकै भावुक भएका सम्पूर्ण देशका जनताको प्रतिनिधित्व गरिरहनुभएको हुन्छ । यो जर्सी लगाउनु र हामीले गरेको कामलाई माया गर्ने धेरै मानिसहरूको प्रतिनिधित्व गर्न पाउनुले मलाई गर्वले भर्छ । यो एउटा जिम्मेवारी पनि हो, तर हामी सबै यो काम माया र जोसका साथ गर्छौं ।

२०२२ यता तपाईं एक खेलाडीको रूपमा कसरी परिवर्तन हुनुभएको छ ?

म भन्दिनँ कि २०२२ यता मेरो खेल्ने शैलीमा धेरै परिवर्तन आएको छ, तर मैले केही नयाँ रणनितिहरू सिकेको छु र केही क्षेत्रमा सुधार गरेको छु । पछिल्ला केही वर्षहरूमा मैले खेलेका धेरै खेलहरूका कारण मसँग अहिले बढी अनुभव छ । सबैभन्दा ठूलो कुरा, यो जर्सी लगाउनाले तपाईंलाई छुट्टै ऊर्जा र हौसला दिन्छ र समयसँगै तपाईँ आफैँलाई थाहा नभई तपाईंमा सुधार आउँदै जान्छ ।

Adblock test (Why?)

हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्‍वालिफायरमा
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद

हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्‍वालिफायरमा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • राजस्थान रोयल्सले बुधबार भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
  • राजस्थानका वैभव सूर्यवंशीले २९ बलमा ९७ रन बनाउने क्रममा यस सिजन ६५ छक्का प्रहार गरी क्रिस गेलको सर्वाधिक छक्काको कीर्तिमान तोडेका छन् ।
  • अब फाइनल प्रवेशका लागि राजस्थानले गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

१३ जेठ, काठमाडौं । राजस्थान रोयल्स आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान फाइनलको एक कदम नजिक पुगेको हो ।

राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो । हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान किशनले ३३ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिँदा नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ तथा यश राज पुन्जाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाए ।

वैभवले १२ छक्का र ५ चौका प्रहार गरे । उनले क्रिस गेलको एकै सिजनमा सर्वाधिक छक्काको कीर्तिमान समेत तोडे । गेलले सन् २०१२ को आईपीएलमा ५९ छक्का प्रहार गरेका थिए । सूर्यवंशीको यो सिजन ६५ छक्का भइसकेको छ ।

सूर्यवंशीपछि ध्रुव जुरेलले पनि आक्रामक ब्याटिङ गर्दै २१ बलमा ५० रन बनाएर आउट भए । यशश्वी जैसवालले २९ तथा कप्तान रियान परागले २६ रन बनाए ।

हैदराबादका लागि प्रफुल हिंगेले ३ विकेट लिँदा इशान मालिङ्गा, शिवाङ्ग कुमार र नितिश रेड्डीले १-१ विकेट लिए ।

राजस्थानले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग खेल्नेछ । हैदराबाद भने बाहिरिएको छ ।

Adblock test (Why?)

१० खेलाडीमा सीमित चेल्सीमाथि सन्डरल्यान्डको जित
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, चेल्सी, फुटबल, सन्डरल्यान्ड

१० खेलाडीमा सीमित चेल्सीमाथि सन्डरल्यान्डको जित

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
  • खेलमा सन्डरल्यान्डका ट्राइ हुमले गोल गरे भने चेल्सीका मालो गस्टोले आत्मघाती गोल गर्दा कोल पाल्मरले एक गोल फर्काए ।
  • जितपछि ५४ अंक जोडेको सन्डरल्यान्ड सातौं स्थानमा रहन सफल भयो भने ५२ अंकमा सीमित चेल्सी १०औं स्थानमा रह्यो ।

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। चेल्सीका कोल पाल्मरले एक गोल गरे ।

खेलको २४औं मिनेटमा हुमले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा चेल्सीका मालो गस्टोबाट आत्मघाती गोल भएपछि सन्डरल्यान्डको अग्रता दोब्बर भयो ।

५५औं मिनेटमा पाल्मरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि पर्याप्त हुन सकेन । ६१औं मिनेटमा वेसले फोफाना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि सन्डरल्यान्ड ३८ खेलमा ५४ अंकका साथ सातौं स्थानमा रहेर सिजन सकायो । चेल्सी ५२ अंकसहित १०औं स्थानमा रह्‍यो ।

Adblock test (Why?)

प्रिमियर लिग च्याम्पियन आर्सनलले प्यालेसलाई हरायो
आर्सनल, इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल

प्रिमियर लिग च्याम्पियन आर्सनलले प्यालेसलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
  • खेलमा आर्सनलका गाब्रियल जेसस र नोनी माडुएकेले गोल गरे भने प्यालेसका जिन फिलिपे माटेटाले एक गोल फर्काए ।
  • जितसँगै आर्सनलले ३८ खेलबाट ८५ अंक जोडेको छ भने क्रिस्टल प्यालेस ४५ अंकसहित लिगको १५औं स्थानमा रहेको छ ।

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ ।

प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए ।

जितपछि आर्सनलको ३८ खेलमा ८५ अंक भयो । प्यालेस भने ४५ अंक जोडेर १५औं स्थानमा फिनिस गर्‍यो ।

Adblock test (Why?)

श्रेयसको शतकमा पन्जाबको शानदार जित, प्लेअफ सम्भावना कायमै
आईपीएल क्रिकेट, क्रिकेट, खेलकुद, खेलकुद - Home, पञ्जाब किङ्स, पन्जाब किङ्स

श्रेयसको शतकमा पन्जाबको शानदार जित, प्लेअफ सम्भावना कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • कप्तान श्रेयस अय्यरले ५१ बलमा १०१ रन बनाएर पन्जाब किङ्सलाई आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सविरुद्ध जित दिलाए।
  • पन्जाबले १९७ रनको लक्ष्य १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो र प्लेअफ सम्भावना कायम राख्यो।
  • पन्जाबले १४ खेलमा १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ र आइतबार हुने दुई खेलले प्लेअफ टुंगो लगाउनेछ।

९ जेठ, काठमाडौं । कप्तान श्रेयस अय्यरले शानदार शतक प्रहार गरेपछि पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ ।

लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे । उनी ५१ बलमा १०१ रनमा अविजित रहे ।

प्रभसिमरन सिंहले ६९ रन बनाए । कूपर कोनोलीले १८ रन बनाउँदा सुर्यांश शेड्गे ९ रनमा अविजित रहे । लखनउका मोहम्मद शामीले २ विकेट लिँदा अर्जुन तेन्दुल्करले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । ओपनर जोश इङ्लिसले सर्वाधिक ७२ रन बनाए । आयुष बदोनीले ४३ रन बनाउँदा अब्दुल समद ३७ रनमा अविजित रहे ।

पन्जाबका लागि मार्को यानसेन र युजभेन्द्र चहलले २-२ विकेट लिए भने विजयकुमार वाइशाक र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए ।

जितपछि पन्जाबको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । अब आइतबार हुने दुई खेलबाट प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।

Adblock test (Why?)

रेकर्ड गर्ल सन्तोषी : १५०० मिटरमा पनि बनाइन् नयाँ कीर्तिमान
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, रेकर्ड गल, रेकर्ड गल सन्तोषी, सन्तोषी श्रेष्ठ

रेकर्ड गर्ल सन्तोषी : १५०० मिटरमा पनि बनाइन् नयाँ कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालकी ओलम्पियन धावक सन्तोषी श्रेष्ठले १५०० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान ४ मिनेट २७:३५ सेकेण्डमा बनाएकी छिन्।
  • सन्तोषीले एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउँदै रेकर्ड गर्लको उपमा पाएकी छन्।
  • उनले भारतको झारखण्डमा आयोजित २९औं नेशनल सिनियर एथलेटिक्स फेडेरेसन कम्पिटिसन २०२६ मा प्रतिस्पर्धा गरेकी थिइन्।

९ जेठ, काठमाडौं । गोल्डेन गर्लको रुपमा चिनिँदै आएकी नेपालकी ओलम्पियन धावक सन्तोषी श्रेष्ठ पछिल्लो समय विभिन्न विधामा कीर्तिमानहरु तोड्दै रेकर्ड गर्लको रुपमा चिनिन थालेकी छन् ।

महिलातर्फ ओलम्पिकदेखि मध्यम दूरीमा कीर्तिमान बनाउँदै आएकी सन्तोषीले शनिबार १५०० मिटरमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

गोल्डेन गर्लको उपमा पाएकी सन्तोषीले भारतको झारखण्डमा आयोजित २९औं नेशनल सिनियर एथलेटिक्स फेडेरेसन कम्पिटिसन २०२६ मा महिला १५०० मिटरतर्फ शुक्रबार नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

१५०० मिटरमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै उनी एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउने कीर्तिमानी धाविका बनेकी छन् ।

एथ्लेटिक्समा सामान्यतया लामो दुरी र मध्यम दुरीमा एकै सिजनमा कीर्तिमान बनाउनु दुर्लभ मानिन्छ । तर सन्तोषीले भने आफूलाई हरेक दूरीको दौडको लागि तयार पार्दै आएकी छन् ।

सन्तोषीले १५०० मिटर दुरी ४ मिनेट २७:३५ मिनेटमा पूरा गर्दै सरस्वती भट्टराईले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा बनाएको कीर्तिमान तोडेकी हुन् । सरस्वतीले ४ मिनेट ३३:९४ मिनेटको कीर्तिमान बनाएकी थिइन् । सन्तोषीले ०६:५९ सेकेण्डले त्यो कीर्तिमान तोडेकी हुन् ।

एथलेटिक्स फेडेरेसन अफ इण्डियाको निमन्त्रणा र नेपाल एथलेटिक्स संघको सिफारिसमा सन्तोषीले यस प्रतियोगितामा प्रतिस्पर्धा गरेको सन्तोषीका दाजु केदार श्रेष्ठले जानकारी दिए ।

भारतको झारखण्डको राँचीस्थित बिर्स मुण्ड स्टडियममा शुक्रबार राति भएको उक्त उक्त स्पर्धामा सन्तोषी छैटौं भएकी थिइन् ।

यसअघि उनले २०८२ चैतको अन्तमा पोखरा खुल्ला एथलेटिक्स मिटमा महिला ३००० मिटरमा ३५ वर्षअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यस्तै गत मंसिरमा स्पेनको भ्यालेन्सिया म्याराथनमा सन्तोषीले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन (४२.२ कि.मि. पुरा गर्दै वि.सं. २०८२ कै बैशाखमा लण्डन म्याराथन (२:४२:५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी थिइन् ।

त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । २०८० साल कात्तिकमा भारतको राँचीमा भएको साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कांस्य पदक जित्दै दुई नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

सन् २०१९ मा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेकुदल (साग)मा सन्तोषीले नेपालका लागि एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडीको रुपमा इतिहास रचेकी थिइन् ।

त्यसबेला मिलिसेकेण्डले भारतीय धावकलाई पछि पार्दै ऐतिहासिक स्वर्ण जितेपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन् ।

Adblock test (Why?)

घरेलु कोर्ट र समर्थकले उत्साहित नेपाली टोली, भारतलाई फेरि हराउने लक्ष्य
काभा महिला भलिबल, काभा महिला भलिबल च्याम्पियनसिप, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, महिला लभिबल, राष्ट्रिय समाचार

घरेलु कोर्ट र समर्थकले उत्साहित नेपाली टोली, भारतलाई फेरि हराउने लक्ष्य

नेपाली भलिबलप्रेमी दर्शक अहिले यही भलिबलको अन्तर्राष्ट्रिय मेला हेर्न प्रतिक्षारत छन् भने नेपाली महिला भलिबल टोली फेरि एकपटक आफ्नै दर्शकको अगाडि खेल्दै राम्रो नतिजा ल्याउने प्रयासमा हुनेछ ।
स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

नेपाली क्रिकेटले भोगेका जित, हार, सङ्घर्ष, अविस्मरणीय क्षण र लाखौँ समर्थकहरूको अटुट साथलाई यो डकुमेन्ट्रीमा समेटिएको छ ।
ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको फेरि तीन स्थान सुधार
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी वरियता, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको फेरि तीन स्थान सुधार

६ जेठ, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि ३ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५९ भएको छ । गत साता दीपेन्द्र ३१औं स्थानबाट […]
Scroll to Top