काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

गण्डकी प्रदेश

Auto Added by WPeMatico

भीमसेन थापा गाउँपालिकाद्वारा अक्युपञ्चर सेवा सुरु
गण्डकी प्रदेश

भीमसेन थापा गाउँपालिकाद्वारा अक्युपञ्चर सेवा सुरु

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेन थापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, “गाउँमा अक्युपञ्चर सेवाको सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएपछि उपचारका लागि अन्यत्र धाउनु पर्दैन । नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।”

जिल्लामा पहिलो पटक भीमसेन थापा गाउँपालिकाले अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र यो सेवा सुरु गरेको शाखा प्रमुख खनालको बताए । “स्थानीयस्तरमा आधुनिक चिकित्सा पद्धतिसँगै परम्परागत तथा वैकल्पिक उपचारको पहुँच विस्तार भएको छ”, उनले भने, “यसबाट अक्युपञ्चर विधिबाट उपचार गर्न चाहने जिल्लाभरका बिरामी लाभान्वित हुनेछन् ।”

स्वास्थ्य शाखा प्रमुख खनालका अनुसार विशेषगरी जीर्ण खालका जोर्नीको दुखाइ, मांसपेशीको दुखाइ तथा विभिन्न किसिमका नसा (स्नायु)सम्बन्धी समस्या भएका बिरामीका लागि यो सेवा अत्यन्तै उपयोगी हुनेछ । साथै पक्षघात (प्यारालाइसिस)जस्ता जटिल शारीरिक समस्या भएका बिरामीका लागि यो पद्धतिबाट उपचार गर्दा सहज हुने उनले बताए ।

Adblock test (Why?)

गण्डकीका योजना छनोटमा सत्तापक्षकै सांसद असन्तुष्ट
गण्डकी प्रदेश, गण्डकी सरकार, प्रमुख समाचार (Home)

गण्डकीका योजना छनोटमा सत्तापक्षकै सांसद असन्तुष्ट

छलफलमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदहरूले नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीप्रति आक्रोश पोखे ।
कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा
गण्डकी प्रदेश, नेपाली कांग्रेस, प्रदेशस्तरीय भेला, प्रमुख समाचार (Home)

कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले बिहीबार पोखरामा प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने भेला गर्न लागेको हो । भेला आज बिहान ११ बजे पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा सुरू हुने निमन्त्रण पत्रमा उल्लेख गरिएको छ । प्रतिष्ठानको २३ वैशाखमा बसेको […]
गण्डकीमा प्रकाश बराल बने कांग्रेसको प्रमुख सचेतक, एमालेबाट को ?
गण्डकी प्रदेश, नेकपा एमाले, नेपाली कांग्रेस, प्रकाश बराल, मेन स्टोरी

गण्डकीमा प्रकाश बराल बने कांग्रेसको प्रमुख सचेतक, एमालेबाट को ?

गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सचेतक बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
गण्डकीका मुख्यमन्त्रीको प्रस्ताव- एकताबद्ध र सकारात्मक सोचका साथ अघि बढौं
गण्डकी प्रदेश, मेन स्टोरी, सुरेन्द्रराज पाण्डे

गण्डकीका मुख्यमन्त्रीको प्रस्ताव- एकताबद्ध र सकारात्मक सोचका साथ अघि बढौं

गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाका कारण ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यस घटनाले सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक रूपमा गहिरो प्रभाव पारेको बताएका छन् ।
‘बालेनको साथपछि फेवातालको विवाद सल्ट्याउने बाटो बन्यो’
अन्तर्वार्ता, गण्डकी, गण्डकी प्रदेश, धनराज आचार्य, फेवाताल, बालेन, राष्ट्रिय समाचार

‘बालेनको साथपछि फेवातालको विवाद सल्ट्याउने बाटो बन्यो’

पहिलो चरणमा हामीले अस्थायी संरचना बनाएर, व्यापार गर्न भनेर जतिञ्जेल बस्न पाइन्छ बसौं भनेकाहरूलाई हटाउँछौं । कुरा गर्ने छोड्ने, अलिकति सुरु गर्ने चर्चा कमाउने फेरि चुप बस्ने भन्ने यसपटक हुँदैन ।
गण्डकीमा ६० प्रतिशत मत खस्यो, कतै आजै, कतै भोलिबाट मतगणना
गण्डकी प्रदेश, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, शान्तिपूर्ण मतदान

गण्डकीमा ६० प्रतिशत मत खस्यो, कतै आजै, कतै भोलिबाट मतगणना

स्याङ्जाले फेर्‍यो मरेका मान्छेको भोट हाल्ने बदनाम परिचय
Scroll to Top