तुलानारायण साह, निर्वाचन, मतपरिणाम, विशेष
मलाई लाग्छ, यसपटकको चुनावी राजनीतिमा जुन ध्रुवीकरण भयो, त्यो दुई प्रकारमा भयो: पहिलो- पुरानो दल भर्सेस नयाँ दल । दोस्रो- भ्रष्टाचार गर्ने भर्सेस भ्रष्टाचार नगर्ने ।
राजुनाथ पाण्डे, रास्वपा, विशेष
काठमाडौं-३ : रास्वपाका राजुनाथ पाण्डे निर्वाचित
काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् ।
कमल थापा, काठमाडौं-५, विशेष - Packaages, सस्मित पोखरेल
कमल थापाले भने- हार स्वीकार गरें
२२ फागुन, काठमाडौं । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् । उनले विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरेका छन् […]
प्रतिनिधिसभा चुनाव २०८२, मेन स्टोरी, विराजभक्त श्रेष्ठ
तेस्रो पटक विधायक बने विराजभक्त
विराजभक्त श्रेष्ठ पहिलो पटक २०७४ सालमा बागमती प्रदेश सभा सदस्य भए । त्यसबेला उनी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेश सभामा विधायक बनेका थिए ।
पाल्पा-२, राष्ट्रिय समाचार
पाल्पा-२ मा कांग्रेसलाई पछि पार्दै रास्वपा उम्मेदवारको अग्रता
२२ फागुन, बुटवल । पाल्पा क्षेत्र नम्बर- २ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार माधवबहादुर थापाले अग्रता लिएका छन् । सुरुवातमा कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठको अग्रता देखिएकोमा अहिले रास्वपाका थापाको अग्रता देखिएको हो । यस क्षेत्रमा ५ हजार ९८६ मत गणना हुँदा रास्वपा उम्मेदवार थापाले २ हजार १५३ मत सहित अग्रता लिएका हुन् । निकटतम प्रतिस्पर्धी […]
गुल्मी-२, गोकर्ण विष्ट, प्रतिनिधिसभा निर्वाचन, विशेष
गुल्मी-२ : गोकर्ण विष्टले घटाए मतान्तर
इस्मा गाउँपालिकाको मतगणना सुरु भएपछि मतगणना घटेको देखिएको छ । यो एमाले उम्मेदवार विष्टको गृहपालिका पनि हो ।
डा. राजन भट्टराई, विशेष - Packaages
काठमाडौं-४ का एमाले उम्मेदवार भट्टराईले भने- सम्मानका साथ परिणाम स्वीकार गर्दछु
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ४ बाट नेकपा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले आफ्नो हार स्वीकार गरेका छन् । भट्टराईले मतदाताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन् । उनले विजयोन्मुख उम्मेदवार तथा सम्बन्धित दललाई बधाई दिँदै निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन गर्ने पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त […]
नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, ललितपुर १, विशेष
ललितपुर-१ मा रास्वपाले उछिन्यो कांग्रेसलाई
नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर जबरा भन्दा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन ७ मतले अगाडि बढेका हुन् ।
केपी शर्मा ओली, झापा ५, प्रदेश समाचार, बालेन शाह
झापा-५ मा अग्रता बढाउँदै बालेन
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार शाहले १५ हजार १६९ मत प्राप्त गर्दा नेकपा एमालेका केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् । शाह र ओलीबीच अहिले ११ हजार ८२५ मतको फरक छ ।
एस्प्रेसो, बालेन शाह, विशेष
रवि-बालेनको विजय, ओलीको पराजय, गगनको के ?
जेनजी विद्रोहपछि भएको आम चुनाव ०८२ को प्रारम्भिक मतादेशले रास्वपा, कांग्रेस र एमालेका लागि के सन्देश दिएको छ ? एक चिरफारः

