४ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताए […]
४ वैशाख, काठमाडौं । त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा विद्यार्थीहरूले शुक्रबारदेखि ‘भिक्षा देही’ अभियान सुरू गरेका हुन् । उच्च शिक्षामा सरकारको लगानी तथा बजेट विनियोजन वृद्धिका लागि सरकारको ध्यानाकर्षणका लागि अभियान सुरू गरेको विद्यार्थीहरूले बताएका […]
४ वैशाख, अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उहाँका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली […]
४ वैशाख, रुकुमपूर्व । सिस्ने गाउँपालिका–६ छिप्रिदहस्थित विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण योजनाले सडक मापदण्ड उल्लंघन गरेको आरोप लागेसँग विवाद सिर्जना भएको छ । मन्दिर परिसरभित्र सटरसहितका संरचना निर्माण गर्ने तयारी भएपछि स्थानीयवासी र व्यवसायीहरूले विरोध गरेका छन् । स्थानीयका अनुसार मन्दिर वरिपरि निर्माण गरिने भनिएका सटरसहितका कोठा सडकको निर्धारित सीमाभित्र पर्छ । “सडक मापदण्ड मिचेर संरचना […]
४ वैशाख, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार […]
४ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित बाँसघारीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बटेश्वर गाउँपालिका-४ का ६० वर्षीय जगतबहदुर थापा रहेका छन् । उनको शव आज बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा फेला परेको हो । छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि उनी बेपत्ता भएका थिए । […]
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ । ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको छ। कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ । […]