काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

डीपी अर्याल

Auto Added by WPeMatico

unnamed 1
डीपी अर्याल, प्रमुख समाचार (Home)

कानुन निर्माणमा ३ तहका सरकारबीच सहकार्य हुनुपर्छ : सभामुख अर्याल



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सभामुख डोलप्रसाद अर्यालले तीन तहका सरकारबीच समन्वय गरेर कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।
  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद अर्यालले सङ्घीय सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेश र स्थानीय तहलाई समस्या परेको बताउनुभएको छ।
  • कैलालीको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन तथा सातवटै प्रदेशसभाका सभामुखहरू सहभागी छन्।

२३ जेठ, भजनी (कैलाली) । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् ।

अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उहाँले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रुपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताएका छन् ।

तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै सभामुखले भने, ‘तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु ।’ उनले अघि थपे, ‘सबैसँग समन्वय, सहकार्य गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु । आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ ।’

कानुन निर्माण हुँदा लक्षितवर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अर्यालले जोड दिए । कानुनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानुन निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उनले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानुन निर्माण गरिनुपर्ने बताए ।

सभामुख अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताए । ‘अझै हामीले जनतालाई दिनुपर्ने अधिकार गाउँगाउँसम्म पु¥याउन सकेका छैनौं’, उनले भने ।

यसैगरी,राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद अर्यालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै उनले संवैधानिक अधिकारसहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘सङ्घले कानुन निर्माणमा गरेको ढिलाइले प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन’, उनले भने ।

सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेशसभाका सभामुख सहभागी छन् । सम्मेलन आइतबार सम्पन्न हुनेछ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
डीपी अर्याल, प्रमुख समाचार (Home), विधेयक निर्माण

सभामुख अर्याल भन्छन्– प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनुहुन्न

‘हामी कानुन बनाइदिन्छौँ । तिमी प्रयोग गर भनेर लाद्ने कोसिस गर्छौँ । यसबाट जनताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।’
unnamed 1
डीपी अर्याल, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे, सभामुखको भूमिका

सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि

‘उहाँले संसद्‌मा उठेका कुरा सरकारसम्म पुर्‍याउनै सक्नुभएको छैन । त्यही भएकाले प्रतिपक्षमा रहेका दलहरूमा सदनभित्र असन्तोष बढिरहेको छ’
unnamed 1
आकस्मिक समय, डीपी अर्याल, प्रमुख समाचार (Home), सभामुख

सभामुखले भने – आकस्मिक समयको व्यवस्थापन गर्छु

७ जेठ, काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन् । सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे । […]
unnamed 1
डीपी अर्याल, प्रमुख समाचार (Home), संसद्‌मा पत्रकारको पहुँच

सभामुखको प्रतिबद्धता- संसद्‌मा पत्रकारको पहुँच सहज बनाउँछु

अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित हुन नसकेको भनेर पत्रकारहरूले सभामुखको ध्यानाकर्षण गरेका छन् ।
unnamed 1
डीपी अर्याल, प्रमुख समाचार (Home), सभामुख

बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछ : सभामुख

४ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताए […]
unnamed 1
ट्राफिक प्रहरी, डीपी अर्याल, राष्ट्रिय समाचार, सभामुख, सिंहदरबार

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिक प्रहरीले काट्यो चिट

२ वैशाख, काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै […]
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार

तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन

सभामुख डीपी अर्यालले सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिए ।
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Scroll to Top