काभ्रेपलाञ्चोक
+977-9863403002
१० श्रावण २०८३ आईतवार

रुकुमपूर्व

Auto Added by WPeMatico

unnamed 1
जिप दुर्घटना, रुकुमपूर्व, विशेष

रुकुमपूर्व जिप दुर्घटना अपडेट : ६ महिने शिशुसहित ५ जना घाइते



News Summary

Generated by OK AI. Editorially reviewed.

  • रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेमा जिप दुर्घटना हुँदा ६ महिनाको शिशुसहित पाँच जना घाइते भएका छन् ।
  • रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको जिप सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
  • घाइतेहरूको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार भइरहेको छ भने प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

१७ असार, रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् ।

रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु१ज २४७० नम्बरको सफारी जिप सोमबार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । जिप सिस्ने गाउँपालिका–२ किदाका २३ वर्षीय खिम्मान खड्काले चलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बि.क.का अनुसार जिपमा चालकसहित ११ जना सवार थिए ।

दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् भने अन्य ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।घाइतेहरूको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सिस्ने गाउँपालिका–४ दादिङकी २७ वर्षीया रोसनी बुढामगर, उनका ६ महिनाका छोरा सर्लास बुढामगर, २१ वर्षीया रमिता घर्ती, २३ वर्षीया धनकुमारी घर्ती तथा चालक खिम्मान खड्का रहेका छन् ।

प्रहरीका अनुसार सर्लास बुढामगरको टाउकोमा चोट लागेको छ। धनकुमारी घर्तीको छाती, ढाड र टाउकोमा गम्भीर चोट लागेको छ भने रोसनी बुढामगरको हातमा चोट लागेको छ। रमिता घर्तीको टाउकोमा चोट लागेको छ भने चालक खड्काको छाती र ढाडमा सामान्य चोट लागेको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धाउन्ने र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले उद्धार गरी घाइतेहरूलाई अस्पताल पुर्‍याएको हो ।




लेखक

बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
राष्ट्रिय समाचार, रुकुमपूर्व

रुकुमपूर्वमा सडक मिचेर बनाइएका संरचनामा चल्यो डोजर

२६ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ । पटक-पटक सूचना, आग्रह र समयसीमा दिंदा पनि अटेरी गरेपछि गाउँपालिकाले कडा सुरक्षा व्यवस्थाबीच संरचना हटाउन सुरु गरेको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र मिचेर बनाइएका घरटहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन […]
unnamed 1
प्रचण्ड, प्रमुख समाचार (Home), रुकुमपूर्व

चुनाव जितेको २ महिनापछि रुकुमपूर्व जाँदै प्रचण्ड

१७ वैशाख, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज रुकुमपूर्व आउँदैछन् । चुनाव जितेको दुई महिनापछि आज उनी रुकुमपूर्व आउन लागेका हुन् । जिल्ला पार्टी संयोजक कुमारी बरालका अनुसार प्रचण्ड बिहान १० बजे रुकुमकोट पुग्नेछन् । प्रचण्ड रुकुम पश्चिममा छन् । त्यहाँबाट आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुगेर फर्किने कार्यक्रम रहेको छ । प्रचण्डको […]
unnamed 1
गहुँबाली, प्रमुख समाचार (Home), भारी असिनापानी, रुकुमपूर्व

रुकुमपूर्वमा हावाहुरीसहित भारी असिनापानी, पाकेको गहुँबाली सोत्तर

भित्र्याउने तयारीमा रहेको गहुँबालीमा क्षति पुगेपछि किसानलाई ठूलो चिन्ता पलाएको छ ।
unnamed 1
प्रमुख समाचार (Home), रुकुमपूर्व

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

४ वैशाख, रुकुमपूर्व । सिस्ने गाउँपालिका–६ छिप्रिदहस्थित विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण योजनाले सडक मापदण्ड उल्लंघन गरेको आरोप लागेसँग विवाद सिर्जना भएको छ । मन्दिर परिसरभित्र सटरसहितका संरचना निर्माण गर्ने तयारी भएपछि स्थानीयवासी र व्यवसायीहरूले विरोध गरेका छन् । स्थानीयका अनुसार मन्दिर वरिपरि निर्माण गरिने भनिएका सटरसहितका कोठा सडकको निर्धारित सीमाभित्र पर्छ । “सडक मापदण्ड मिचेर संरचना […]
unnamed 1
अस्पताल, राष्ट्रिय समाचार, रुकुमपूर्व

अब रुकुम कोटमै अस्पताल

करिब १६ करोड रुपैयाँको लगानीमा बनेको अस्पतालले अब अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्स-रे, दन्त उपचार, फिजियोथेरापी, सुत्केरी तथा नवजात शिशु सेवा लगायत सुविधा उपलब्ध गराइरहेको छ।
unnamed 1
प्रचण्ड, मतपरिणाम, रुकुमपूर्व, विशेष

रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता

२२ फागुन, रुकुमपूर्व । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी […]
unnamed 1
रुकुमपूर्व, विशेष

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

२२ फागुन, रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ । बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको छ । राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल […]
unnamed 1
रुकुमपूर्व, विशेष

रुकुमपूर्वका मतदानस्थलमा निर्वाचन सामग्री पुर्‍याउन महाभारत

​जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका-२ पेल्मास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्न बाध्य छन् । केही कर्मचारी पुगेपनि निर्वाचन सामग्री र केही कर्मचारी बाटोमै छन् ।
unnamed 1
प्रमुख समाचार (Home), मतदान अधिकृत, रुकुमपूर्व

रुकुमपूर्वमा मतदान अधिकृतले त्यागे जिम्मेवारी

१२ फागुन, रुकुम पूर्व । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी खटनपटनलाई लिएर रुकुम पूर्वमा विवाद

Scroll to Top