काठमाडौंको सडकलाई बैजनी रङले सजाउने ज्याकाराण्डा निःसन्देह सुन्दर छ। तर, सुन्दरतासँगै यसको सही नाम, इतिहास र वानस्पतिक पहिचानलाई पनि बुझ्नु उत्तिकै आवश्यक छ।
प्रहरीले पछिल्लो समय व्यक्ति पक्राउमा आक्रामकता देखाएपनि अदालतले बारम्बार प्रश्न उठाएको छ। पहिले पक्राउ अनि पछि अनुसन्धान गर्ने शैलीले प्रहरी राजनीतिक दबाब काम गरेको हो कि भन्ने आशंका पनि बढेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा जनताको बचत ५ खर्ब २६ अर्ब छ, यति धेरै निक्षेप संरक्षणको जिम्मेबारी पाएका सीईओलाई कानुनअनुसार कर्जा असुली गर्दा समातिएपछि बैंकिङ क्षेत्र नै त्रसित छ ।
प्रतिनिधिसभाको यो अधिवेशनमा हालसम्म ८ वटा बैठक बसे । राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्दा गर्दै बैठक छाडेर हिँडेपछि निरन्तर विपक्षीले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरिरहेका छन् । तर प्रधानमन्त्री संसद्मा जान मानेका छैनन् । त्यसको विरोधमा संसद्को महत्त्वपूर्ण ऊर्जा खर्च भइरहेको छ ।
संयुक्त समितिको रिपोर्टअनुसार दीर्घरोगीहरूको नियमित औषधि सकिएको धेरै भयो । गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिका स्वास्थ्य जोखिममा छन् । सबैभन्दा बढी मारमा बालबालिका परेका छन् ।
८ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको छ भने […]
७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । उपभोक्ता अदालतका अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार ललितपुरकी प्रिति थापाको पक्षमा यस्तो फैसला सुनाएको हो […]