काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

सुकुमवासी

Auto Added by WPeMatico

sukumbasi 8
नयाँ शैक्षिक सत्र, मेन स्टोरी, सुकुमवासी

‘बल्ल पाएको किताब, त्यो पनि सबै भिज्यो’



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले वैशाख १२ गते थापाथालीस्थित सुकुमवासी बस्ती खाली गराएर त्यहाँका बासिन्दालाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो।
  • गएराति कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न हुँदा सुकुमवासी बालबालिकाका नयाँ शैक्षिक सत्रका पुस्तक र कापि भिजेर नष्ट भएका छन्।
  • बस्ती र होल्डिङ सेन्टर दुवै ठाउँबाट विस्थापित भएपछि सुकुमवासीहरू पुनः उचित बासस्थानको अभावमा अन्यौलमा परेका छन्।

२७ असार, काठमाडौं ।  नयाँ शैक्षिक सत्र सुरु हुने तरखर थियो । नयाँ कक्षा, नयाँ पुस्तक र नयाँ शिक्षक पाउने आशामा अन्यत्रजस्तै सुकुमवासी बस्तीका विद्यार्थी (बालबालिका) पनि थिए ।

एकाएक सरकारले वैशाख १२ गते बिहान झिसमिसेबाटै बस्ती उठाउन थाल्यो । कलिला बालबालिकालाई केही थाहा थिएन, के हुँदैछ भनेर ।

बाबु–आमा घरी प्रहरीसँग हारगुहार गरिरहेको देख्थे त घरी बँचेकुँचेका सामान जोगाउन लागिपरेको देख्थे ।

सोही दिन थापाथाली बस्तीमा केही कारुणिक दृश्य नदेखिएका होइनन् । बच्चालाई दूध खुवाइरहेकी आमादेखि आफ्ना कापिकिताब जोगाइरहेका बालबच्चासम्मको दृश्य भावुक थियो ।

सरकारले जबरजस्ती उनीहरूलाई उठायो, बस्ती खाली गर्‍यो । खोला किनारमा आउने बाढीबाट जोगाउन उचित व्यवस्थापन हुने भन्दै सरकारले उनीहरूको स्थानान्तरण गरिने बताएको थियो ।

बस्ती खाली भएपछि लगेर राखिएको होल्डिङ सेन्टरमा पनि सुकुमवासीलाई विपत्तिले छोडेन । गएराति एकाएक होल्डिङ सेन्टर डुब्यो । मध्यराति परिवारसँग बसेका सुकुमवासीको उठीबास भयो ।

सबैभन्दा भावुक दृश्य त, बस्तीका बालबालिकाले बल्लतल्ल पाएका किताबहरू असरल्ल भिजेको देखियो ।

सोही बस्तीमा भेटिएका एक बालकले अनलाइनखबरसँग निराश हुँदै सुनाए, ‘बल्लतल्ल किताब पाइएको थियो, त्यो पनि भिज्यो ।’

अहिले कीर्तिपुरस्थित होल्डिङ सेन्टर जलमग्न छ । सोही जलमग्न भएको ठाउँ बाहिर किताबहरू पनि असरल्ल भेटिन्छन् । केहीले तिनै किताब र कापि टिपेर सुकाइरहेका छन् । सरकार भने उनीहरूलाई अर्को ठाउँमा उचित व्यवस्थापन हुने बताइरहेको छ ।

यद्यपि रात पर्नै लाग्दा ती सुकुमवासी कहाँ बस्ने र के गर्ने भन्ने अन्यौलमै छन् ।




लेखक

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
मेन स्टोरी, रवि लामिछाने, रास्वपा, सुकुमवासी

रविलाई रास्वपा सांसद मगरले सोधिन्– सुकुमवासी व्यवस्थापनमा पार्टीको धारणा के ?

८ जेठ, काठमाडौं । सत्तारूढ रास्वपा सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्तीको व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धाारणा मा गरेकी छिन् । शुक्रबार सिंहदरबारमा सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा भाग लिँदै सांसद मगरले मगरले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् । ‘प्रदेशगत समस्याहरूबारेमा सभापतिसँग छलफल […]
unnamed 1
डोजर आतंक, बस्ती, राष्ट्रिय समाचार, विचार, सुकुमवासी

बस्तीमा डोजर पस्नुअघि सरकारी ११ चरणको अपरेसन

दशकौंदेखि बसोबास गर्दै आएका सुकुम्वासी बस्तीमा राज्यले पूर्वतयारी र विकल्प विना नै डोजर चलाएको छ। सुशासनको नारा दिने सरकारले सशस्त्र प्रहरी र डोजर लगाएर ११ चरणमा कसरी एउटा गरिब बस्तीलाई बगरमा परिणत गर्‍यो ?
unnamed 1
राष्ट्रिय समाचार, संसदीय अनुगमन समिति, सुकुमवासी

होल्डिङ सेन्टरका सुकुमवासी : साँघुरो कोठामा थुनिएका छन्, ढल मिसिएको पानी खान्छन्

संयुक्त समितिको रिपोर्टअनुसार दीर्घरोगीहरूको नियमित औषधि सकिएको धेरै भयो । गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिका स्वास्थ्य जोखिममा छन् । सबैभन्दा बढी मारमा बालबालिका परेका छन् ।
unnamed 1
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), सुकुमवासी

कांग्रेस सांसद श्रेष्ठको प्रश्न– सरकारले दिने रकमले सुकुमवासीको समस्या सुल्झिन्छ ?

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले भूमिहीन सुकुमवासीले संविधान र मानवअधिकारअनुसार बाँच्न पाउने अधिकार नपाएको टिप्पणी गरेका छन् । बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनलेस्थायी समाधानबिना बस्ती हटाउनु अनुचित भएको बताए । ‘भूमिहीन सुकुमवासीहरूले मानव भएर मानव अधिकार, […]
unnamed 1
अतिक्रमण, पोखरा बसपार्क, राष्ट्रिय समाचार, सुकुमवासी

पोखरा बसपार्कको अतिक्रमण खाली गराउने तयारी, सुकुमवासीलाई तीन दिनको समय

महानगरले एक जरुरी सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार, सिफारिस, सुकुमवासी

‘१५ हजार रूपैयाँले के गर्नु ?’

‘तीन महिनापछि व्यवस्थापन गर्छु भनेको कुरा कसरी पत्याउनु ? अस्ति केही हप्तामै हुन्छ भनेको पनि त्यस्तै रहेछ । कसरी पत्याउने ?,’ सुकुमवासी बस्तीका बालकृष्ण हुमागाईंले भने ।
unnamed 1
राष्ट्रिय समाचार, विचार, सुकुमवासी

सुकुमवासीको आत्मसम्मानमा डोजर चल्दा कसैलाई किन खुशी लाग्छ ?

नेपाली मध्यम वर्ग केवल आर्थिक उपार्जनमा हराएको तर चेतनास्तरमा उक्लिन ढिला गरिरहेको छ। रूपमा मध्यम वर्ग देखिए पनि सारमा यसले तल्लो वर्गको चरित्र अँगालेको देखिन्छ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी

सुकुमवासीलाई बसोबास व्यवस्था आफैं गर्न प्रोत्साहन रकम उपलब्ध गराउने सरकारी निर्णय

५ भन्दा बढी सदस्य भएको परिवारका लागि प्रतिसदस्य २ हजारका दरले तीन महिनाका लागि सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
unnamed 1
अमरसिंह, पोखरा, राष्ट्रिय समाचार, सुकुमवासी

डोजर चल्नुअघि नै सहमतिमै हटे पोखरा अमरसिंहका टहरा, पृथ्वीचोकमा संस्था र दलनिकटले पनि छाड्दै

टहरा खाली गराउन जेठ ४ गतेसम्मको समय दिइएको थियो । सहमतिअनुसार व्यवसायीले आफैं टहरा खाली गराएपछि मंगलबार बिहान डोजर पुगेको हो ।
Scroll to Top