२०७९ को चुनाव जितेर संघीय संसद् प्रवेश गर्दा योगेश सबैभन्दा कान्छा सांसद थिए । उनै युवामाथि आशा जीवित राख्दै मुस्ताङी जनताले दोस्रो पटक चुनेर पठाएका छन् ।
नयाँ सरकार र नयाँ जनप्रतिनिधिको गति र दिशा कता–कसरी अघि बढ्छ त्यो हेर्न केही समय कुर्नैपर्ने हुन्छ । त्यतिन्जेलसम्म स्वास्थ्य सावधानी अपनाउँदै वायु प्रदूषणबाट सुरक्षित रहनु आवश्यक छ ।
कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं स्थानमा सीमित भए । उनले जमानत जोगाउन सकेनन् ।
२६ फागुन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार काठमाडौं, […]
भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।
२६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि […]