१९ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्य सम्पादनलाई नतिजामुखी, पारदर्शी एवम् जवाफदेही बनाउन बिहीबार दुई उच्चस्तरीय समिति गठन गरेका छन् । यी समितिले विद्युत् खरिद सम्झौता (पीपीए) तथा अनुमतिपत्र सम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिनेछ । मन्त्रालयका सहसचिव डा. राजन भट्टराईको संयोजकत्वमा गठित ६ सदस्यीय एउटा समितिले पीपीएबारे अध्ययन गर्नेछ […]
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई पूरा कार्यकालका लागि शुभकामना दिएको छ । कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नपाएको स्मरण गराउँदै नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना दिएका हुन् । उनले भने, ‘विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ […]
१९ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टीको संसदीय दलको प्रमुख सचेतक पदमा युवराज दुलाललाई नियुक्त गरेको छ । दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनलाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराउँदै पार्टीले संघीय संसद् सचिवालयलाई पत्र पनि पठाइसकेको छ ।
१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभूत छलफलमा जुटेको बताएका छन् । ६९औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे […]