विशेष, हरिमोहन भण्डारी
२४ फागुन, बैतडी । एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए । त्यस्तै […]
रास्वपा, विशेष, समानुपातिक मत
रास्वपा दुई तिहाइ उन्मुख
प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ ।
८ मार्च, विशेष – 3column, सुशीला कार्की
असीम बधाई सुशीला कार्कीलाई
नारीहरू कमजोर हुने त दृढ नभएर, नडटेर मात्र रहेछ। खोइ हाम्रो समय र अठोट केले खाइदिएको छ र हामी यसै अल्मलिन पुग्छौँ?
कविता, विशेष – 3column, साहित्य, सुशीला कार्की
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले ‘उकालो–ओरालो गर्न सक्दिनन्’ भने। उनलाई हेर्दा उनको आत्मविश्वासलाई भन्दा बढी उनका हातका ‘चुरा देखे’ र अबला ठाने। उनलाई हेर्दा उनको आत्मनिष्ठाभन्दा बढी उनको फुलेको कपाल हेरे र असक्षम ठाने। उनीहरूले बुझेनन् आत्मविश्वास उमेरभन्दा कैयौँ गुना जवान […]
५० प्रभावशाली महिला, अन्तर्राष्ट्रिय महिला दिवस, डोल्मा माया गोले, तलबभत्ता, प्रदेश समाचार, बागमती, महांकाल गाउँपालिका
महांकाल गाउँपालिका उपाध्यक्ष गोलेले गरिन् मासिक तलबभत्ता नलिने घोषणा
काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले राज्यबाट मासिक रुपमा पाउने तलबभत्ता वापतको रकम सामाजिक सेवाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेकी छन् । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपाध्यक्ष गोलेले सो घोषणा गरेकी हुन् । अनलाइनखबर डटकमको २०८१ सालको ५० प्रभावशाली महिलामा छनौट भएकी गोलेले सामाजिक सन्जालमा लेखेकी छन्, ‘महिला […]
आशिका तामाङ, विशेष, सडकको आवाज
सडकको आवाज अब संसदमा
सडकका बेथिति र भ्रष्टाचारविरुद्ध मोबाइल क्यामेरा तेर्स्याएर भाइरल भएकी सामाजिक अभियन्ता आशिका तामाङ ३९ हजार १२८ मतसहित धादिङ-१ बाट सङ्घीय संसद्मा पुगेकी छन् । जेनजी आन्दोलनमा घाइतेहरूको मलमपट्टी गर्दै, परम्परागत राजनीतिको अभेद्य किल्ला भत्काउँदै जनमतको सानदार अनुमोदन प्राप्त गरेकी हुन्।
ऐन महर, प्रतिनिधिसभा चुनाव २०८२, बझाङ, विशेष
असन्तुष्टि चिर्दै चुनाव जितेका ऐन महर
चुनावमा होमिनुअघि पार्टीमा चरम विवाद र असन्तुष्टि थियो । असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै प्रतिस्पर्धामा उत्रिएका महरले अन्तत: अघिल्लो परिणाम उल्टाउँदै संसद्को यात्रा सुनिश्चित गरे ।
८ मार्च, नारी दिवस, विशेष – 3column
नारी दिवसमा मतपेटिकाको सन्देश
युवा पुस्ताबाट आएका केही महिलाहरूले सक्रिय रूपमा चुनावी प्रतिस्पर्धामा भाग लिँदा समाजमा नयाँ प्रेरणा सिर्जना भएको छ। यसले महिलाहरू राजनीतिमा सक्षम नेतृत्व दिन सक्छन् भन्ने विश्वासलाई बलियो बनाउँदै लगेको छ।
महिला सर्जन, हेल्थ फिचर, हेल्थ मेन स्टोरी
नारी दिवसको अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ को विशेष कार्यक्रम
२४ फागुन, काठमाडौं । नारी दिवस २०२६ को अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उपस्थित ४० भन्दा बढी महिला शल्यचिकित्सकहरूले आफ्नो अनुभव सुनाएका थिए । यो संस्थालाई संस्थागत गर्न गरेको मेहनतबारे कार्यसमिति सदस्यहरूले प्रष्ट पारेका थिए । उक्त कार्यक्रम मा केही चिकित्सकहरूले नृत्य र गायन पनि प्रस्तुत गरेका […]
गोरखा १, विशेष, सुदन गुरुङ
गोरखा-१ मा पछि परे सुधन गुरुङ
सुधनलाई कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले उछिनेका छन् । मतगणना जारी छ ।

