काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सङ्खुवासभाको चैनपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
प्रमुख समाचार (Home), सङ्खुवासभा

सङ्खुवासभाको चैनपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

२७ फागुन, संखुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका –७ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा रुखबाट लडेर ४०  वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सूचना अधिकारी धन बहादुर राजवंशीले बताए । बुधबार दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा […]
कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा
गगनकुमार थापा, जितजंग बस्नेत, प्रमुख समाचार (Home)

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

२७ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् । विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद […]
निर्वाचन परिणाम अप्रत्याशित : सिटौला
कृष्णप्रसाद सिटौला, प्रमुख समाचार (Home)

निर्वाचन परिणाम अप्रत्याशित : सिटौला

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको टिप्पणी गरेका छन् । बुधबार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् । कांग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित […]
गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षासहित धन्यवाद ज्ञापन
ओमप्रकाश अर्याल, गृहमन्त्री, प्रमुख समाचार (Home)

गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षासहित धन्यवाद ज्ञापन

२७ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति,  प्रदेश कमाण्ड पोष्‍ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । गृहसचिव राजकुमार श्रेष्‍ठ, चार वटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट […]
युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

२७ फागुन, काठमाडौं । इरान र इजरायल–अमेरिका बीचको भीषण युद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी विश्वकप खेल्न अमेरिकामा स्वागत गरिने बताएका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रपति ट्रम्पसँगको भेटबारे जानकारी दिँदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुन […]
शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार
प्रमुख समाचार (Home), शंकर पोखरेल

शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार

२७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् । उनले पेश गरेको खर्च विवरण अनुसार, मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ […]
कांग्रेसबाट राष्ट्रिय सभामा बहालवाला र नवनिर्वाचित सदस्यहरूको अन्तरक्रिया
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), राष्ट्रिय सभा

कांग्रेसबाट राष्ट्रिय सभामा बहालवाला र नवनिर्वाचित सदस्यहरूको अन्तरक्रिया

२७ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो । गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन […]
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
थ्रेस होल्ड, प्रमुख समाचार (Home), समानुपातिक

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था […]
बन्द भए निर्वाचनसम्बन्धी इकाइहरू
निर्वाचन आयोग, प्रमुख समाचार (Home)

बन्द भए निर्वाचनसम्बन्धी इकाइहरू

२७ फागुन, काठमाडौं । मतगणना सकिएसँगै निर्वाचनसम्बन्धी इकाइहरु बन्द भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो । ती इकाइहरू बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन प्रक्रियासँग सम्बन्धित […]
समानुपातिकतर्फ दलहरूको सिट बाँडफाँट गृहकार्यमा जुट्यो निर्वाचन आयोग
प्रमुख समाचार (Home), समानुपातिक

समानुपातिकतर्फ दलहरूको सिट बाँडफाँट गृहकार्यमा जुट्यो निर्वाचन आयोग

२७ फागुन, काठमाडौं । निर्वाचन आयोग समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको सिटबाँडफाँटको गृहकार्यमा जुटेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएसँगै सिट बाँडफाँटको गृहकार्यमा लागेको जानकारी गराए । दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यस आधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका […]
Scroll to Top