सानो भर्याङ यातायात कार्यालयबाट ७ बिचौलिया पक्राउ, ५३ थान बिलबुक बरामद
१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंगलबार सात बिचौलियालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, […]

