राष्ट्रपतिले संविधानको मर्मको रक्षाका लागि भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । संविधानमा भने संघीय संसद्बाट पारित भएको विधेयक मात्र पुनर्विचार गर्न सक्ने व्यवस्था स्पष्ट छ । तर अध्यादेशको हकमा ‘पुनर्विचार’को स्पष्ट प्रबन्ध छैन ।
दलीय भागबन्डाबाट आएको भन्दै बालेन सरकारले साढे १५ सय सार्वजनिक पदाधिकारीलाई अध्यादेशबाट एकमुस्ट बिदाइ गर्यो । यति ठूलो निर्णय पारदर्शी र जवाफदेही प्रणालीका लागि हो या अर्को भागबन्डाका लागि भन्ने चाहिँ अब ती पदहरूमा हुने नयाँ नियुक्तिले प्रष्ट गर्ने छ ।
२० वैशाख, काठमाडौं । कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन् । सरकारले छ अध्यादेश ल्याएपछि कतिपयबाट आलोचना भइरहेका बेला कानुनमन्त्री गौतमले सो स्पष्टीकरण दिएकी हुन् । सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरिएको एक भिडियोमा उनले भनेकी छन्, ‘यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नका लागि […]
२० वैशाख, काठमाडौं । सरकारले शनिबार जारी गरेको अध्यादेशले नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकमा नियुक्ति भएका पदाधिकारीहरुलाई भने असर पर्नेछैन । ११० वटा कानून संशोधन हुनेगरी जारी भएको अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐन परेको छैन, जसका कारण गभर्नर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत रहनेछन् । कतिपयले राजनीतिक नियुक्ति खारेजीमा नेपाल राष्ट्र बैंकका गभर्नर पनि पदमुक्त […]