निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, नेम्वाङले ९२४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सुदिप राईले ८४१ मत प्राप्त गरेका छन् ।
२२ फागुन, काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम १ हजार ८ सय ४७ मतसहित अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले ६ सय ५४ मत पाएकी छिन् । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामेश्वर राना मगरले २ सय ८५ र चौथोमा […]
२२ फागुन, जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निकटतम् प्रतिस्पर्धीभन्दा १ हजार ४ सय ५८ मतले अगाडि देखिएका छन्। कनसुन्दरी गाउँपालिकाको ५ हजार ५९ मतगणना गरिसक्दा शाहीले २ हजार ६९१ मत प्राप्त गरेका हुन्। दोस्रो स्थानमा रहेका नेकपाका नरेश भण्डारीले १ हजार २ सय ३३ मत प्राप्त गरेका छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीभन्दा १ हजार […]
२२ फागुन, गोरखा । उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए […]
२२ फागुन, बैतडी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ । ५२८ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले १७६ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ९७ र नेपाली कम्युनिष्ट पार्टीका […]