उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण
२२ फागुन, गोरखा । उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए […]

