काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

सुनिता डंगोल

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय समाचार, सुनिता डंगोल

सुकुमवासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल



News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले सुकुमवासी समस्या समाधानका लागि जग्गाको लालपुर्जाभन्दा सुरक्षित बसोबासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताइन् ।
  • उनले महानगरले जग्गा वितरण गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै एकीकृत आवास निर्माणका लागि मात्र सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
  • डंगोलले कानूनी पहिचान नभएका स्वबासीका अधिकारलाई समेत उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

३२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले सुकुमवासी तथा अव्यवस्थित बसोवासको समस्या समाधानका लागि जग्गाको लालपुर्जा वितरण गर्नुभन्दा आवासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताएकी छिन् ।

काठमाडौं महानगरपालिका र भूमि समस्या समाधान समितिबीच आयोजित दोस्रो बैठकमा बोल्दै उनले महानगरपालिकाले जग्गा वितरण गर्ने पक्षमा नरहेको प्रष्ट पारेकी हुन् ।

कार्यवाहक प्रमुख डंगोलले सुकुमवासी समस्या समाधानका लागि भइरहेका प्रयासहरूलाई ‘टुक्रे’ योजनामा सिमित नगर्न आग्रह गर्दै एउटा स्पष्ट दृष्टिकोण (भिजन) र कार्ययोजनासहित अघि बढ्नुपर्नेमा जोड दिइन् ।

डंगोलले सुकुम्बासी र अव्यवस्थित बसोवासीको कुरा गर्दा काठमाडौंका रैथाने तर कानूनी पहिचान नभएका ‘स्वबासी’ को मुद्दालाई पनि सँगसँगै लैजानुपर्ने माग गरिन् । आन्दोलन नगर्ने र सडकमा नआउने भएकै कारण स्वबासीहरूलाई राज्यले उपेक्षा गर्न नहुने उनको तर्क छ ।

‘काठमाडौंको सन्दर्भमा सुकुमवासी र अव्यवस्थित बस्तीको विषयसँगै स्वबासी) बासिन्दाको अधिकार पनि समान रूपमा उठाउनुपर्छ । आन्दोलनमा नआउने नागरिकका समस्या पनि राज्यले उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘अभिलेखीकरण र तथ्यांक संकलनपछि के गर्ने भन्ने स्पष्ट दीर्घकालीन योजना अहिलेबाटै तयार गर्न आवश्यक छ । स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्ययोजना र संरचनागत सुधारबिना टुक्राटुक्रामा काम गर्दा समस्या दोहोरिरहन्छ र दोषारोपण मात्रै बढ्छ । महानगर, संघ र अन्य निकायबीच जिम्मेवारी स्पष्ट हुनुपर्छ ।’

बसाइँसराई गरी आएकालाई व्यवस्थापन गर्ने नाममा काठमाडौंको पहिचान बोकेका स्वबासीहरूमाथि विभेद गर्न नहुने भन्दै उहाँले यसबारे लिखित प्रतिवद्धता माग गरिन् ।

जग्गाको स्वामित्व हस्तान्तरण गर्ने हालको कानूनी परिपाटी असफल भइसकेको दाबी गर्दै उहाँले ‘राइट टु ह्याबिटेट’ (बसोबासको अधिकार) र ‘राइट टु ल्याण्ड ओनरसिप’ (जग्गाको स्वामित्वको अधिकार) फरक कुरा भएको उल्लेख गरिन् ।

‘हामीले स्थानीय बासिन्दालाई विस्थापित गरेर नयाँ बसाइँसराइका आधारमा मात्र नीति बनाउन मिल्दैन । सबै नागरिकप्रति समान व्यवहार हुनुपर्छ । मेरो मुख्य आग्रह के हो भने, समाधानको केन्द्रबिन्दु जग्गा वितरण होइन, सुरक्षित बसोवासको सुनिश्चितता हुनुपर्छ । लालपुर्जा वितरण मात्र समाधान होइन,’ उनले भनिन्, ‘धेरै अवस्थामा जग्गा पाएपछि पनि आर्थिक अभावका कारण घर बनाउन नसक्दा वा पछि जग्गा बेच्न बाध्य हुँदा उनीहरू फेरि भूमिहीन र घरविहीन हुने अवस्था सिर्जना हुन्छ । त्यसैले राज्यले जग्गाको स्वामित्व भन्दा सुरक्षित बसोबासको अधिकारसुनिश्चित गर्ने नीति लिनुपर्छ । यही दीर्घकालीन र दिगो समाधान हो ।’

महानगरपालिकाले २० वर्षअघि लुमन्तीसँगको सहकार्यमा गरेको एकीकृत बसोबासको अभ्यास सफल र उदाहरणीय रहेको स्मरण गराउँदै उनले सोही मोडललाई पछ्याउन सरकारलाई सुझाव दिइन् ।

महानगरभित्र खेतीयोग्य वा खाली सरकारी जग्गा नभएको हुनाले जग्गा उपलब्ध गराउन नसकिने तर संघीय सरकार वा अन्य निकायले जग्गा उपलब्ध गराएमा महानगरपालिका एकीकृत आवास निर्माणका लागि पूर्ण सहयोग गर्न तयार रहेको उनले बताइन् ।

कार्यवाहक प्रमुख डंगोलले वडा अध्यक्ष तथा सदस्यहरूले कार्यक्षेत्रमा भोग्नुपरेको समस्या र दबाबलाई मध्यनजर गर्दै भूमि समस्या समाधान समितिले महानगरपालिकाको क्षेत्राधिकार र जिम्मेवारीबारे स्पष्ट लिखित मेमो उपलब्ध गराउनुपर्ने माग समेत राखेकी छिन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
प्रमुख समाचार (Home), सुनिता डंगोल

काठमाडौंकी कार्यवाहक मेयर डंगोललाई कान्सका मेयरले गरे स्वागत

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन् । होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताइएको छ । काठमाडौंका लागि यो अवसर विश्व […]
unnamed 1
कान्स फिल्म फेस्टिभल, राष्ट्रिय समाचार, सुनिता डंगोल

कान्स फिल्म फेस्टिभलमा भाग लिन कार्यवाहक मेयर डंगोल फ्रान्स प्रस्थान

कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।
unnamed 1
कान्स फिल्म फेस्टिभल, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, सुनिता डंगोल

सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछिन् । उनी बेलुका फ्रान्स प्रस्थान गर्ने कार्यक्रम छ । महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार डंगोल एक्लै फेस्टिभलमा जान लागेकी हुन् । उनी त्यहाँ ४ दिन रहेर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो समेत दिनेछिन् । […]
unnamed 1
राष्ट्रिय समाचार, सुनिता डंगोल

विस्थापित बालबालिकालाई होस्टेलमा राखेर पढाउने निजी विद्यालयको अग्रसरता प्रंशसनीय : डंगोल

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कोही पनि बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताएकी छिन् । बालबालिकाको शिक्षा र आवासका लागि महानगरपालिका तथा निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एन–प्याब्सनबीच भएको समझदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । कार्यवाहक प्रमुख डंगोलले बालबालिकाहरूलाई होस्टेलमा राखेर पढाउने व्यवस्थाका […]
unnamed 1
काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनिता डंगोल

वडाबाट केन्द्र आएका फाइल ७ दिनभित्र निर्णय गर्न कार्यवहाक मेयर डंगोलको निर्देशन

२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् । महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी छिन् । वडामा […]
unnamed 1
राष्ट्रिय समाचार, सुनिता डंगोल

विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता : सुनिता डंगोल

महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिहेको उल्लेख गर्दै उनले यसको प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
unnamed 1
प्रमुख समाचार (Home), सुनिता डंगोल

नदी किनारका अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना ख्याल गरिनेछ : सुनिता डंगोल

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत महानगरपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले अभियानका क्रममा जेष्ठ नागरिक, बिरामी, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने […]
unnamed 1
काठमाडौं महानगरपालिका, खुलामञ्च, मेन स्टोरी, सुनिता डंगोल

६ तस्वीरमा खुलामञ्चको सौन्दर्य

खुलामञ्चलाई हरियाली चौरका रूपमा विकास गरी सर्वसाधारणले व्यायाम गर्ने, समय बिताउने, आराम गर्ने र खेल्ने स्थानका रूपमा विकास गर्ने महानगरले जनाएको छ ।
unnamed 1
कुमारी घर, राष्ट्रिय समाचार, सुनिता डंगोल

मनसुनअघि नै कुमारी घरको छानो जीर्णोद्धार सक्न डंगोलको निर्देशन

बिहीबार वसन्तपुरस्थित कुमारी घरको छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
Scroll to Top