खाडी मुलुक, इजरायल, जोर्डन, लेबनान, इरान र प्यालेस्टाइन जस्ता क्षेत्रमा लाखौं आप्रवासी श्रमिक कार्यरत छन्, जसमा १७ लाखभन्दा बढी नेपाली कामदार समावेश छन् ।
११ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ […]
१० चैत, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको […]
१० चैत, काठमाडौं । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो । यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । एक […]
१० चैत, काठमाडौं । अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि जारी युद्धको असरले प्रभावित हुँदै आएको विश्व बजारमा सोमबार साँझ ठूलो राहतको संकेत देखिको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनेर सोसल मिडियामा गरेको एक पोस्टले युद्ध रोकिने आशमात्र देखाएन, विश्व अर्थतन्त्रमा झिनो आशाको किरण देखिएको छ । यद्यपि इरानले अमेरिकासँग […]
नेपाल असंलग्न र शान्तिप्रिय परराष्ट्र नीति भएको मुलुक हो । न हामी युद्धमा सहभागी छौं, न त युद्ध हामीप्रति नै लक्षित छ । युद्ध हजारौं माइल पर भइरहेको छ । तर, लाखौं नेपालीले काम गर्ने, रेमिट्यान्स पठाउने र तेल आपूर्ति गर्ने देश युद्धमा परेकाले त्यसको मारमा नेपाली परेका छन् ।
९ चैत, काठमाडौं । पश्चिम एसियामा इजरायल, इरान र संयुक्त राज्य अमेरिकाबीचको द्वन्द्वका कारण सुरक्षा चिन्तासँगै साइबर ठगीका घटना पनि तीव्र रूपमा बढेका छन् । द्वन्द्वको त्रासबीच त्यहाँ रहेका नेपालीहरूलाई लक्षित गर्दै स्क्यामर सक्रिय बनेका हुन् । पछिल्ला दिनहरूमा इजरायल, कतार, यूएई लगायतका देशमा रहेका नेपालीको ह्वाट्सएप ह्याक गरेर उनीहरूकै सम्पर्क सूचीमा रहेका आफन्त तथा […]