काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

भीष्मराज आङ्देम्बे

Auto Added by WPeMatico

unnamed 1
बालेन्द्र शाह, भीष्मराज आङ्देम्बे, विशेष

संवैधानिक परिषद्कै बैठकमा बालेनलाई आङ्देम्बेले भने- अब प्रधानमन्त्रीको हैसियतमा चिन्दिनँ



१९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संवैधानिक परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले अपनाएको कार्यशैलीको विरोध जनाएका छन् ।

संवैधानिक परिषद्का सदस्यसमेत रहेका आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् ।

उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवाद गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै सैद्धान्तिक असहमति जनाएको उनको सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्को बैठक शुक्रबार बसेको थियो । यही बैठकमा आङ्देम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने, तर नियुक्तिको प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने भनाइ राखेको उनको सचिवालयले जनाएको छ ।

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ,’ आङ्देम्बेको भनाइ उधृत गर्दै उनको सचिवालयले भन्यो, ‘तर, तपाईंको जुन खालको शैली छ, त्यसमा सैद्धान्तिक असहमति त छँदैछ । प्रमुख आयुक्तसँगै आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल गर्नुपर्थ्यो । त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ ।’

आङ्देम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दाबी गरे । ‘मैले छुट्टाछुट्टै संवाद गर्न खोजेको थिएँ । श्रीमान् (प्रधानन्यायाधीश)सँग पनि कुरा गर्न खोजेको थिएँ । तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन्,’ बालेनको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीको जवाफप्रति पुन: प्रतिक्रिया दिँदै आङ्देम्बेले त्यसो भए विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखे ।

‘प्रधानन्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईं ? प्रमुख प्रतिपक्षी नेता, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो,’ उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षका रूपमा बालेनलसँग चिनजानसम्म नभएको पनि बताए । ‘तपाईंले संवैधानिक परिषद्का सदस्यहरूबीच चिया खाएर शिष्टाचार कायम राख्दा पनि हुन्थ्यो । त्यसो भएको छैन । प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको हिसाबले हाम्रो चिनजान नै भएको छैन । व्यक्तिगत रूपमा त चिन्छु,’ उनले भने, ‘अस्ति पनि यही कुरा भनेको थिएँ, अहिले पनि अवस्था उस्तै छ । तेस्रोपटक यस्तो नहोस् ।’

यस्तै आङ्देम्बेले राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाएको स्रोतले बतायो ।

‘हामीबीच संवादहीनता छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि संवादहीनता छ । अब संवैधानिक परिषद्मा पनि त्यही अवस्था देखिन थालेको हो कि, या नियत नै त्यस्तो हो ?,’ आङ्देम्बेले सोधेको प्रश्न उधृत गर्दै उनको सचिवालयले भन्यो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
डीपी अर्याल, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे, सभामुखको भूमिका

सभामुखको भूमिकाप्रति आङ्देम्बेको असन्तुष्टि

‘उहाँले संसद्‌मा उठेका कुरा सरकारसम्म पुर्‍याउनै सक्नुभएको छैन । त्यही भएकाले प्रतिपक्षमा रहेका दलहरूमा सदनभित्र असन्तोष बढिरहेको छ’
unnamed 1
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

सरकारले संवेदनशील निकाय रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गर्‍यो : आङ्देम्बे

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विभिन्न संवेदनशील निकायहरू रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार संसदमा बोल्दै नेता आङ्देम्बेले राजनीतिक भागबण्डा र स्वार्थका आधारमा पदाधिकारीहरूलाई बर्खास्त गर्दा संक्रमणकालीन न्यायका महत्त्वपूर्ण संयन्त्रहरू ठप्प भएकोमा चिन्ता व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप […]
unnamed 1
प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन : भीष्मराज आङदेम्बे

२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सीमित गरेको उनको तर्क छ । नेता […]
unnamed 1
भीष्मराज आङ्देम्बे, मेन स्टोरी

छानबिन समितिले सुधनलाई चोख्याउने दाउमात्र नगरोस् – भीष्मराज आङ्देम्बे

१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । सरकारले गठन गरेको छानबिन समितिबारे शुक्रबार प्रतिक्रिया दिँदै उनले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् । सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास […]
unnamed 1
नेपाली कांग्रेस, प्रतिनिधिसभा, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले सदनमा राष्ट्रपतिप्रति गरेको व्यवहारले देशको शीर झुक्यो

आफ्नै सरकारको नीति कार्यक्रम संसद्‍मा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ ! यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दु:ख व्यक्त गरौं, सभामुख महोदय ?
unnamed 1
प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था समिति बैठक बस्न सकेन : आङ्देम्बे

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसकेको बताएका छन् । ‘सम्माानीय प्रधानमन्त्रीज्यूको कारणले गर्दा राज्य व्यवस्था समितिको बैठक बस्न सकिरहेको छैन,’ आङ्देम्बेले बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भने । २१ फागुनमा भएको निर्वाचनबाट आएको प्रतिनिधिसभाले २७ चैतमै संसदीय विषयगत समिति गठन गरेको […]
unnamed 1
प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य छ : भीष्मराज आङ्देम्बे

नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहप्रति इंगित गर्दै ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपरेको कटाक्ष पनि गरे ।
unnamed 1
प्रधानन्यायाधीश, बालेन शाह, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

प्रधानमन्त्रीलाई आङ्देम्बेको ७ बुँदे असहमति पत्र- ‘न्यायपालिकालाई कार्यपालिकाको छाया बनाइँदैछ’

आङ्देम्बेले यो कदमलाई न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउने उल्लेख गरेका छन् ।
unnamed 1
नेपाली कांग्रेस, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

कांग्रेस संसदीय दलका नेता भन्छन्- सरकारले सुकुमवासीमाथि ‘डोजर आतंक’ मच्चायो

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यता विपरीत रहेको बताए ।
Scroll to Top