काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने, टेलिकमका सबै सेवा अनलाइनबाट
डेटा प्याक, नेपाल टेलिकम, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम

डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने, टेलिकमका सबै सेवा अनलाइनबाट

२४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकम प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ । सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने प्रक्रिया अघि […]
सुनचाँदीको भाउ सामान्य बढ्यो
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदीको भाउ

सुनचाँदीको भाउ सामान्य बढ्यो

२४ चैत, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता सुनको भाउ […]
सप्तरीबाट विद्युत प्राधिकरणका इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ
नेपाल विद्युत प्राधिकरण, प्रमुख समाचार (Home), सप्तरी

सप्तरीबाट विद्युत प्राधिकरणका इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन् । उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने भनेर सेवाग्राहीसँग घुस मागेको […]
गृहमन्त्री गुरुङ रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाँदै
प्रमुख समाचार (Home), बीपी राजमार्ग, सुदन गुरुङ

गृहमन्त्री गुरुङ रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाँदै

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन् । गृहमन्त्री गुरुङसहितको टिम अहिले ९ बजे काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् […]
कास्कीमा गाडीमा आगजनी गर्ने व्यक्ति पक्राउ
गाडीमा आगजनी, प्रमुख समाचार (Home)

कास्कीमा गाडीमा आगजनी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका २९ आदर्श चोकस्थित जयराम बाबा विश्वकर्मा सप्लायर्स भित्र पार्किङ गरी राखेको गाडीमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चैत २० गते राति १ बजे प्रदेश २–०३००१ च ५००० नम्बरको गाडीमा आगजनी गरेको भन्दै प्रहरीले  पोखरा महानगरपालिका वडा नं. २९ पटनेरी बस्ने २२ वर्षीय बिसान सुनारलाई गएराति पक्राउ गरेको […]
निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
प्रमुख समाचार (Home), सरकारी विज्ञापन

निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]
आजको प्रतिनिधिसभा बैठकमा सम्भावित ३ कार्यसूची
प्रतिनिधिसभा बैठक, प्रमुख समाचार (Home)

आजको प्रतिनिधिसभा बैठकमा सम्भावित ३ कार्यसूची

२४ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो । आजको बैठकमा सम्भावित तीन कार्यसूचीहरु छन् । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा
ट्होटे पर्व, प्रमुख समाचार (Home), फेदीखोला गाउँपालिका, स्याङ्जा

स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

२४ चैत, स्याङ्जा । तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द रहने गरी बिदा दिने निर्णय गरेको जनाएको छ । ट्होटे पर्व गुरूङ समुदायले हर्षोल्लासका साथ मनाउने विशेष सांस्कृतिक पर्व हो […]
पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ
प्रमुख समाचार (Home), बागमती, लागूऔषध कारोबारी

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

२४ चैत, काठमाडौं  । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। […]
Scroll to Top