३ वैशाख, काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पश्चियम एसिया (इरान) युद्धका क्रममा चीन अविश्वसनीय विश्वव्यापी साझेदार साबित भएको आरोप लगाएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसको प्रतिक्रिया दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, अर्थमन्त्री बेसेन्टले भनेका थिए, ‘चीनले मध्यपूर्व युद्धको समयमा तेलको आपूर्ति भण्डारण गरेर र केही वस्तुहरूको निर्यातलाई सीमित गरेर आफूलाई एउटा अविश्वसनीय विश्वव्यापी साझेदार […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता प्रदान गरेर अमेरिका आयात हुने चिनियाँ सामग्रीमा ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।
१ वैशाख, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भएको अमेरिका र इरानबीचको युद्धविराम वार्ता निष्कर्षविहीन बनेपछि तनाव थप चुलिएको छ। इरानले आफ्नो परमाणु परियोजना ५ वर्षका लागि रोक्ने प्रस्ताव राखे तापनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै २० वर्षको प्रतिबन्ध हुनुपर्ने अडान राखेसँगै वार्ता निष्कर्षविहीन बनेको थियो । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, इस्लामावाद वार्तामा इरानले परमाणु गतिविधि ५ वर्षका लागि […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेट अफ होर्मुजबाट हुने इरानी ढुवानीलाई रोक्ने धम्की दिएपछि इरानी सेनाले कडा प्रतिकारको चेतावनी दिएको हो ।
३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् । ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए । ट्रम्पले नेटोप्रति […]
इस्लामावादका यी २१ घण्टाले एउटा कटु तर महत्वपूर्ण सत्य उजागर गरे- शान्ति स्थापनाभन्दा युद्धारम्भ धेरै सजिलो छ। युद्ध सुरु गर्न एउटा निर्णय काफी हुन्छ तर, शान्ति स्थापना गर्न दशकौँको अविश्वास मेटाउनुपर्छ।
२८ चैत, काठमाडौं । इजरायल र लेबनानबीच जारी युद्ध रोक्न अमेरिकाको मध्यस्थतामा वार्ता हुने भएको छ । युद्धरत इजरायल र लेबनानबीच आगामी मंगलबार अमेरिकामा वार्ता हुने भएको हो । लेबनानको राष्ट्रपति कार्यालयले इजरायलसँग आगामी मंगलवार वासिङगटनमा जार्ता हुने बताएको छ । वार्ताका क्रममा इजरायल र हिज्बुल्लाहबीच युद्धविरामबारे छलफल हुने छ । राष्ट्रपति जोसेफ औनको कार्यालयले […]