१९ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको बस दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको बस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते […]
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा अवसरमा समेत सर्वोच्च खुला रहेर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिने भएको हो ।
१९ फागुन, महेन्द्रनगर । कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु […]
१९ फागुन, काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा भएका गतिविधिलाई निगरानीमा रहेको छ । दुरुपयोग गरे सजायको भागिदार हुनुपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी भन्छन्, ‘अन्तिममा उम्मेद्वाहरुले विभिन्न हल्लाहरू पनि चलाउन सक्छन्, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपायेग पनि गर्न सक्छन् । यदी त्यस्तो दुरुपयोग भएको छ भने उम्मेदवार […]
१९ फागुन, रौतहट । प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाको सम्पूर्ण तयारी पुरा भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शान्तिपूर्ण निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी सहितको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । नेपाली सेनाले चारवटै निर्वाचन क्षेत्रमा […]
१९ फागुन, धनकुटा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री सुरक्षित रुपमा पुर्याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए । उनका अनुसार सोमबार सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मीसहित आआफ्नो केन्द्रतर्फ प्रस्थान […]
१९ फागुन, गुल्मी । गुल्मी जिल्लामा रहेका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारीहरु खटिएका छन् । जिल्लाभर कुल १४५ मतदानस्थलअन्तर्गत २८४ मतदान केन्द्र तोकिएका छन् । ती सबै केन्द्रमा आवश्यक सामग्री पुर्याइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार निर्धारित समयमै कर्मचारी र सुरक्षाकर्मी सम्बन्धित मतदान […]