जेनजी आन्दोलनपछि भएको निर्वाचनले संसद्मा नयाँ शक्ति समीकरण तयार भएको छ । अघिल्लो संसद्मा विपक्षी बेन्चमा चर्को सुनिने रास्वपा करिब दुई तिहाइ सिट जितेर छिरेको सभामा नरम शैलीमा प्रस्तुत भयो । अहिले प्रतिपक्षमा पनि थोरै सिटमा खुम्चिएको एमाले भने चर्को सुनियो ।
१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो । छलफलमा भएका विषयबारे जानकारी गराउँदै रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले शीर्ष नेताहरूले शुभकामना दिनेबारे पनि छलफल भएको बताए । ‘पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना […]
सांसदहरू फरक–फरक भेषभूषामा थिए । भेषभूषा जस्तै शपथमा पनि विविधता थियो । कसैले मातृभाषा त कसैले नेपाली भाषामा शपथ खाए । हिमाल, पहाड, तराई क्षेत्रको भूगोलको सुगन्ध भेषभूषा र शपथ दुवैमा झल्किन्थ्यो ।
६ चैत, काठमाडौं । प्रतिनिधि सभामा ४.३६ प्रतिशत प्रतिनिधित्व राई, लिम्बूको हुने भएको छ । २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ८ जना यो समुदायबाट निर्वाचित भएका छन् भने ४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा यो ४.३६ प्रतिशत हो । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट नरेन्द्र कुमार केरुङ, निश्कल राई, सन्तोष सुब्बा निर्वाचित […]