प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण मान्य हुँदैन : एमाले

२७ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका हुन् ।
‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किन कि यो उहाँको अभिव्यक्ति नै होइन,’ उनले भने, ‘सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो । संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
एमाले, चुनावी समीक्षा कार्यदल, बादल, रामबहादुर थापा, राष्ट्रिय समाचार
एमालेको चुनावी समीक्षा गर्न बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव
गुन्डुमा आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेश भएको छ ।
एमाले, झपट रावल, राष्ट्रिय समाचार
एमालेमा केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग
नेता झपट बहादुर रावल २०८२ फागुन २१ मा आम निर्वाचन सम्पन्न भएको अढाइ महिना बित्दा समेत पार्टी पराजयको औपचारिक समीक्षा हुन नसक्नु र केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुले एमालेभित्र मात्र होइन, देशैभरिका आम नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर निराशा र आशंका पैदा गरेको बताउँछन् ।
एमाले, राष्ट्रिय समाचार, विद्या भण्डारी
पार्टी सदस्यता खोसिएकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि
पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो ।
एमाले, ऐन महर, राष्ट्रिय समाचार
एमालेले भन्यो : प्रधानमन्त्री सदनमा नआए सदनको कारबाही अघि नबढाइयोस्
नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ ।
एमाले, कर्णाली प्रदेश, कांग्रेस, राष्ट्रिय समाचार
कर्णाली मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न विश्वप्रकाश गुण्डु पुगे
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका छन् ।
एमाले, बालेन, राष्ट्रिय समाचार
प्रधानमन्त्रीले गरेको कानेखुसीको दृष्य संसदीय रेकर्डबाट हटाउन एमालेको माग
नेकपा एमालेले संसद्मा प्रधानमन्त्री बालेन शाहले गरेको कानेखुसीको दृष्य संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।
एमाले, केपी ओली, प्रमुख समाचार (Home), रामबहादुर थापा
ओलीको सन्देश सुनाउँदै बादलले भने- एक भएर चुनौती पार गर्नुपर्नेछ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको बताएका छन् ।
एमाले, मेन स्टोरी
चुनावमा नराम्रो धक्का खायौं, अब आचरण र नीति परिवर्तन गरेर जानुपर्छ : विष्णु पौडेल
नेकपा एमालेका नेता विष्णु पौडेलले पार्टीले चुनावमा भोगेको पराजय ठूलो धक्का भएको बताएका छन्





