प्रतिनिधिसभा निर्वाचन, म्याग्दी, राष्ट्रिय समाचार
बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ ।
जुम्ला, ज्ञानेन्द्र शाही, विशेष
जुम्लामा राप्रपाले लियो अग्रता
तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् ।
नवलपुर, निर्वाचन, राष्ट्रिय समाचार
नवलपुरमा साढे १० बजेबाट मतगणना
यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना साढे १० बजेबाट सुरु हुने भएको छ ।
मतगणना, रुपन्देही, विशेष
रुपन्देही-५ मा रास्वपाको फराकिलो अग्रता
२२ फागुन,बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । १५६२ मत गणना हुँदा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले ९२५ मत पाएको छन् । नेकपा एमालेका खिमलाल भट्टराईले २६८, नेपाली कांग्रेसबाट भरतकुमार शाहले १९८, श्रम संस्कृति पार्टीका उम्मेदवारले ९०, नेकपाका मोहम्मद वकिल मुसलमानले ३३ र राप्रपाका […]
प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, सल्यान
सल्यानमा १०:३० बजेबाट मतगणना
मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा बसेको सर्वदलीय बैठकले बिहान १०:३० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको छ ।
चुनाव, विशेष
कुन पार्टी कति स्थानमा अगाडि ?
मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने एमाले ५, कांग्रेस ३ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् ।
मतगणना, मेन स्टोरी
Live Updates : कहाँ कसको अग्रता, देशभरको मतगणना नतिजा ?
२२ फागुन, काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रहरूमा मत गणना तीव्र गतिमा भइरहेको छ, जहाँ अधिकांश स्थानमा नयाँ उम्मेदवारहरूले अग्रता लिइरहेका छन् र धेरै हेभी वेट नेताहरू निकै पछाडि परिरहेका छन् । देशभर कहाँ कहाँ भइरहेका छन् मतगणना, कसले लिइरहेको छ अग्रता ? पलपलको अपडेटका लागि हामीसँगै रहनुहोला।
मतपरिणाम, विशेष, विश्वप्रकाश शर्मा
अनुकूल मतपरिणाम नदेखिएपछि विश्वप्रकाशले भने – मतदाताको फैसला स्वीकार्य
२२ फागुन, काठमाडौं । प्रतितिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । उपसभापति शर्माले ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागत गरेको स्मरण गर्दै […]
अभिषेकप्रताप शाह, कपिलवस्तु-३, मतपरिणाम, विशेष
कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता
२२ फागुन, काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत ल्याएका छन् । शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन् ।
गोरखा, प्रमुख समाचार (Home)
गोरखामा २३ मतदान केन्द्रको मतपेटिका आउँन बाँकी, हेलिकप्टरमार्फत ल्याउने तयारी
गोरखामा २३ वटा मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

