अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), लाना नुसैबेह, संयुक्त अरब इमिरेट्स (युएई)
२९ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् । खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी आक्रमणलाई अत्यन्तै गम्भीर, गैरकानूनी र बिना कुनै उक्साहटमा गरिएको आक्रमण भनेकी छन् । नुसैबेहले यूएईले इरानविरुद्ध जवाफी कारबाही […]
अन्तर्राष्ट्रिय समाचार, दुबईमा हवाई आक्रमण, प्रमुख समाचार (Home), हवाई आक्रमण
हवाई आक्रमणपछि भग्नावशेष खस्दा दुबईको भवनमा क्षति
२९ फागुन, काठमाडौं । दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ। दुबई मिडिया अफिसले जनाएअनुसार, यस आक्रमणमा कोही पनि घाइते भएका छैनन्। उक्त आक्रमण क्षेप्यास्त्र वा ड्रोन केबाट भएको थियो भन्नेबारे कार्यालयले खुलाएको छैन। कतारमा साढे तीन लाखभन्दा बढी नेपाली नागरिक कार्यरत छन् । यसैबीच, संयुक्त […]
अन्तर्राष्ट्रिय समाचार, नरेन्द्र मोदी, प्रमुख समाचार (Home), मसुद पेजेश्कियान
भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच कुराकानी
२९ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् इरानका राष्ट्रपति मसुदसँग भएको कुराकानीकाबारेमा जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘क्षेत्र (मध्य पूर्व) को गम्भीर स्थितिबारे मैले इरानका राष्ट्रपति डा. मसुद पेजेश्कियानसँग कुराकानी गरेको छु ।’ अमेरिका–इजरायल र इरानबीच बढेको तनाव, […]
अन्तर्राष्ट्रिय समाचार, इरान, मोज्तबा खामेनी, राष्ट्रिय समाचार, स्ट्रेट अफ होर्मुज
तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा
काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो । अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा […]
अन्य
राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने
राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ।
अन्य
कार्यक्रम छनोटमा मन्त्रालयहरूलाई नयाँ सर्त, अधिकांश मन्त्रालयको बजेट सीमा घटाइयो
बजेटको सिलिङ पठाउँदा साथमा ‘बजेट तर्जुमा मार्गदर्शन’ पनि पठाइएको हो। उक्त मार्गदर्शनमा कार्यक्रम प्राथमिकताको लागि नयाँ सर्त राखिएको छ।
दुबई, मध्यपूर्वमा तनाव, मेन स्टोरी
दुबईको वित्तीय क्षेत्र नजिक खस्यो ड्रोन
एक ड्रोन शेख जायद रोडमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको अधिकारीहरूलाई उद्धृत गर्दै ‘मकाउ बिजनेस डटकम’ ले जनाएको छ ।
प्रमुख समाचार (Home), रिफ्युलिङ विमान, विमान दुर्घटना
अमेरिकी सेनाको रिफ्युलिङ विमान इराकमा दुर्घटनाग्रस्त
२९ फागुन, काठमाडौं । अमेरिकी सेनाको एक केसी–१३५ रिफ्युलिङ विमान इराकमा दुर्घटनामा परेको छ । अमेरिकी सेनाले पश्चिमी इराकमा विमान दुर्घटनामा परेको पुष्टि गरेको छ । सेनाले ‘मित्र देशको एयर स्पेस’ मा विमान खसेको बताएको छ । दुईवटा विमानमध्ये एउटा विमान सुरक्षित अवतरण भएको छ । रिफ्युलिङ विमान लडाकु विमानमा हावामै इन्धन भर्ने गर्दछन् । […]
केपी शर्मा ओली, प्रमुख समाचार (Home), मोहन प्रसाद ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर ओली निवास […]
जनताको अदालत, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, विचार
जनताको अदालतले किन गर्यो निर्मम फैसला ?
सम्झनुपर्छ कि नीति र नेतृत्व नदी हो, जति बग्दै गयो, जनतामा अभिसिञ्चनको शीतलता छर्दै गयो उति सङ्लो बन्छ, सुकिलिन्छ तर जति जम्यो, फोहोर भयो उति तिरस्कृत बन्दै जान्छ।

